ताजा अपडेट »

नागरिक हस्तक्षेपको माध्यमबाट राजनीति सफा गरौँ

सोमबार, २५ मंसिर २०८०, १३ : २६
62 Shares

सायद २०४६ साल तिरकै कुरा हो, त्यो ताका म भारतको नयाँ दिल्ली स्थित ओखलामा रहेको नेकपा (मसाल) समर्थित रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयमा बस्ने एकजना साथीको डेरामा बास बसेको थिएँ। त्यो स्थान नयाँदिल्लीको सबैभन्दा ठुलो इन्डष्टिज एरिया हो । त्यो दिन बेलुकी/राति , हामी बास बसेको नजिकै दुई बटा गुटहरुको बीचमा एउटा ठुलै झडप भयो ।

तर , त्यस राति हामी बाहिर निस्केर हेर्ने वा सुन्ने गरेनौ । किनकि बाहिर निस्किएर हेर्दा वा सुन्दा अनावश्यक बिबादमा फस्ने खतरा संङ्गसङ्गै थियो । फेरि मेरो निम्ति त्यो ठाउँ बिल्कुलै नयाँ थियो । त्यस कारण पनि हामीले त्यो दिनको घटनामा बाहिर निस्केर अनावश्यक हेर्ने ,सुन्ने र रमिते बन्ने झन्झट उठाउन आबस्यक नै ठानेनौँ । दोहोरो भिडन्त र झडप हरु राति अबेर सम्म चलिरहेको थियो । राति नै घटना स्थलमा दिल्ली प्रहरी आइपुग्यो र दुबै पक्षलाई तितरबितर पारेको थियो । त्यस पछि हामी सुत्यौँ।

बिहान हामी चिया पिउन ओखलाका झोपडपट्टी तर्फ लाग्यौ । रातिको घटनाले गर्दा त्यो क्षेत्र पुरै तनाब ग्रसित थियो । अघिल्लो दिन बेलुकी सम्म हसिला खुसिला देखिने नेपाली कामदार मानिसहरुका चेहरामा डर, त्रास , भय र आतंकको कालो बादल स्पष्टै देखिन्थ्यो । मानिसहरु इसारामा मात्रै आपसमा कानेखुसी गरिरहेका थिए । हामी ,एउटा पसलमा पसेर दुईवटा चिया बनाउन भन्यौ । चिया पिइ सके पछि पनि मेरो मन शान्त भएन किनकि म मा हिजो बेलुकी घटेको त्यो घटनाको बारेमा जान्ने तिब्र इच्छा थियो । मैले केही हिम्मत जुटाएर चिया शाहु लाई सोधे: हिजो राति निकै हो हल्ला थियो रु के भएको हो र रु चिया शाहुले लामो शाँस फेर्दै भने लामो कहानी छ सर १ मैले फेरि सोधे केही बताउन मिल्ने भए भन्नुस रु चिया शाहुले पनि केही हिम्मत जुटाउदै , त्यस रातको घटनाको सम्पुर्ण फेहरिस्त सुनाए ।

असलमा कहाँनी यस्तो रहेछ स्– दिल्ली ,मुम्बै,कलकत्ता ,मन्द्रास जस्ता ठुला सहरहरुमा भारतीय उप महादीपका प्रायः धनी मानिसहरुको बसाइँसराइ रहेको पाइन्छ । भारत भित्र र भारत बाहिर बाट पनि मानिसहरु प्रायःजसो कामकाजको खोजिमा ,ब्यापार र ब्याबसायको निम्ति यिनै सहरहरुमा जान मन पराउछन । यस्ता ठुला सहरहरूमा दुनियाँका प्रायःजसो मानिसहरु पुग्दछन । ठिक त्यसै गरि भिखारी,मगन्ते र जोगिजन्तरी मात्रै होइन , आफ्नो भबिश्यको कुनै ठेगान नभए पनि मानिसको भबिस्यबाणीको ठेक्का लिएका प्रायःजसो पुरोहितहरु पनि यिनै सहरहरुमा भेटिन्छन् । अपराध पनि प्रायःजसो यिनै सहरहरूमा बढी हुने गर्दछन ।

त्यो दिनको बेलुकी नयाँदिल्ली स्थित ओखलामा भएको भिडन्त बा झडप नयाँदिल्लीमा रहेका दुईवटा जोगि जन्तरीहरुको बीचमा भएको रहेछ । त्यस प्रकारको भिडन्तमा केही मानिसहरुको ज्यान गएको र केही दर्जन मानिसहरु घाइते भएका रहेछन । केही मानिसहरुलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको रहेछ । त्यो लडाइँको मुख्य उदेश्य स् – एउटा जोगिको इलाकामा अर्को नयाँ जोगि पहिलो जोगिको इजाजतबिना प्रबेश गर्ने र भिक्षा माग्ने गरेकाले दुबै पक्षको बीचमा झडप भएको रहेछ । भारतको विभिन्न प्रान्त बाट बसाइँसराइ गरि नयाँदिल्लीमा पहिल्यैदेखि बसोबास गर्दै आएका पुराना जोगि जन्तरीहरुले नयाँदिल्ली र पुरानो दिल्लीमा कार्य बिभाजन गरेर मात्रै भिक्षा उठाउदै आएका रहेछन ।

कुनै नयाँ जोगि थपिएमा उसले त्यस क्षेत्रमा कति क्षेत्रमा भिक्षा उठाउने हो त्यसका लागि अघोषित रुपमा त्यो क्षेत्र किन्नुपर्ने रहेछ । त्यसरी आफुले किनेको क्षेत्रफल भित्र उनीहरुले शनिबारको दिन , त्यहाँका नागरिकहरुले आफ्नो ग्रहदशा कटाउने उदेश्यले तोरीको तेल, माशको दाल ,नगदका अलावा कैयौं मुल्बान लत्ताकपडा दिदा रहेछन । यहाँ सम्म कि त्यहाँका हिन्दु धर्म प्रति आस्था राख्ने भारतीय महिला हरुले महंगो गाडी र बहुमुल्य बस्तुहरु समेत दान गर्दा रहेछन। त्यहाँ , हजार ,लाखौंको कुरा होइन करोडौको बिजनेस हुदो रहेछ । त्यस प्रकारको बिजनेस भारतका अरु पनि कैयौं प्रान्तहरुमा सदियौ देखि घोषित ÷ अघोषित रुपमा चल्दै आएको आम कुरा हो ।

त्यस प्रकारका जोगि जन्तरी मात्रै होइन भिखारी वा मगन्तेहरुले पनि आफ्नो शक्तिको आधारमा आ– आफ्ना इलाकाहरु बाँडफाँड गरि घोषित ÷ अघोषित रुपमा कब्जा गरि आफ्नो साम्राज्य कायम राखेका छन । त्यस प्रकारका साम्राज्यहरुमा धन्दा चलाउदा उनी एक अर्कोको इलाकामा घोषित/अघोषित रुपमा जादैनन । कथमकदाचित गई हाले उनी हरुको बीचमा रक्तपातपुर्ण संघर्ष बा भिडन्त भइहाल्छ । तर , यश प्रश्नमा कुनै बिबाद नहुदा सम्म बेलुकी को डिनर प्रायःजसो उनीहरुको संङ्गै हुन्छ । त्यस प्रकारका जोगि जन्तरी साधुु सन्त , मगन्ते र भिखारीहरु मात्र होइन लागू ओषध ओसारपसार गर्ने र देहव्यपारको धन्दा गर्ने हरु सकेसम्म एक अर्कोको इलाकामा जादैनन र गई हाले पनि एकले अर्को लाई धेरै डिस्टर्ब गर्दैनन् । त्यस प्रकारका मानिसहरु माथि कहीँ न कहीँ शाषक बर्गको समेत अघोषित रुपमा हात हुने गर्दछ भन्ने कुरा सुनेको थिएँ । त्यो कुरा नेपालका राजनैतिक दल र तिनको मुल नेतृत्व र तल सम्मका कार्यकर्ताहरुमा पनि कहीँ न कहीँ यहि कुरा हुबहु लागू हुन्छ ।

नेपालका प्रमुख राजनैतिक दल नेपाली काङ्गेस कम्युनिस्ट पार्टीको नेतृत्वले यश बितेको साढे तीन दशकको दौरानमा आलोपालो शासन गर्दै आएका छन् । यस अबधिमा गरेको राज्य शत्ताको अभ्यास र त्यो दौरानमा मुलुक र राजनीतिमा भएको क्षयिकरण लाई उनीहरुको जीवन ,ब्याहबार आचरणको कोर्ण बाट समिक्षा गरेर नियालेर हेर्यौ भने यी दुबै शक्तिहरुले अबलम्बन गरेको सिद्धान्त र निति तथा कार्यक्रम सिर्फ देखाबटी र कागजी मात्रै भएको पाउने छौ । सबाल, देशमा अहिलेसम्म बनेका संबिधान ,दलहरुले अबलम्बन गरेको राजनीति के र कार्यक्रममा के छ,भन्ने कुरा प्रमुख होइन, जबजब हामी राज्य,राजनैतिक दल र उनको नेतृत्वको जीवन ,ब्याहबार र आचरण र सत्यताको नजिक पुग्दछौ ,तबतब हाम्रो अगाडि सिर्फ स् ढोङ्ग ,पाखण्ड, झुट, बेइमानी र जालझेल ,तिकडम र निरीह नागरिक अबस्था मात्रै भेटाउने छौ ।

हामीले देशका सामन्यतया दुई ठुला राजनैतिक दल ,जस मध्ये नेपाली काङ्गेस र कम्युनिस्टहरू बिशेषत सबै सानातिना दलहरुले इतिहासमा खेलेको भुमिका र उनीहरुको त्यस प्रकारको भुमिकाले देशको राजनीति ,अर्थतन्त्र, समाज र सांस्कृति र स्वयम् उनीहरुकै चरित्र र जीवनमा भएको क्षयीकरण र त्यसले देशको बिकाशमा पारेको दुरगामी नकारात्मक असर लाई ठिक संङ्ग बुझ्नका निम्ति हामीले इतिहासमा घटेका केही प्रतिनिधि मुलुक घटनाक्रम हरुको आधारमा सही धारणा बनाउने प्रयत्न गरौ।

२०४६ साल देखि २०५९ साल सम्मको अवधिमा देशमा घटेका घटनाहरु

देशमा , माथि पहिला भनियो – २०४६ सालको राजनैतिक परिवर्तन पछि यताको बितेको साढे तीन दशक , बिशेषत संबिधानसभा बाट नयाँ संबिधान जारी भए पछि पनि मुख्यतः यी दुबै दल हरुले आलोपालो शत्ताको बागडोर संभाल्दै आएका छन । यी दुबै पार्टीको इतिहास बास्तबमा सात दशक लामो रहि आएको छ । इतिहासमा देशको लोकतान्त्रिक आन्दोलनमा यी दुबै दलको भुमिका उल्लेखनीय रहे पनि यी दुबै पार्टीहरु शीतयुद्ध कालिन विश्व बिचारका प्रतिनिधि पार्टी हरु नै हुन । बिश्बका धेरै अल्पबिकशित देशहरु यसै अबधिमा तेस्रो विश्व बाट पहिलो बिश्बका देशको रुपमा आफूलाई बिकशित गरि सकेका छन । एउटा देशको इतिहासमा राजिनितिक, आर्थिक सामाजिक वा सांस्कृतिक परिवर्तनलाई अन्तराष्ट्रिय अनुभव, आयाम र सन्दर्भसँग समेत जोडेर हेरिने गरिन्छ ।

तर , यी दुबै पार्टीहरु अहिले पनि देशको कार्यपालिका ,बेबस्थापिका,न्यायपालिका ,बिदेश स्थित कुटनैतिक नियोगहरु ,संबैधानिक आयोगहरु , सेना ,प्रहरी ,झ्यालखाना ,बिश्व बिद्यालय मात्रै होइन, प्रादेशिक सरकार ,स्थानीय सरकारका सबै अङ्गहरु, देशमा रहेका प्राकृतिक साधन र श्रोतहरु ,यहाँ सम्म कि बन समिति ,बाटो समिति ,कुलो समिति , टोल बिकास समिति ,मन्दिर ,मस्जिद र गुम्बा समिति मात्रै होइन सुचना संचार ,कला,साहित्य ,बौद्धिक ,प्राज्ञिक सबै क्षेत्र बलात कब्जा गर्नु ,आफ्नो नियन्त्रणमा राख्नु ,त्यसको आडमा शत्ता कब्जा गर्नु,शत्तामा रहनु र शत्ताको आयु लम्ब्याउनका निम्ति मानिस हरु खरिदबिक्री को धन्दा चलाउनु ,आफू र आफ्ना आसेपासे पोस्न सक्नु लाई नै राजनैतिक सफलता ठान्ने गरेका छन् । एउटाको इलाकामा अर्को जादैन र कथंमकदाचित गई हाले माथि पहिला नै भनियो ,एकले अर्को शक्ति लाई क्षति पुग्ने गरि डिस्टर्ब गर्दैनन् ।

त्यो प्रयोजनका लागि उनीहरुले यश अबधिमा दलतन्त्र लाई सिन्डिकेटतन्त्रमा,सिन्डिकेटतन्त्र लाई गुटतन्त्रमा, गुटतन्त्र लाई नेतातन्त्रमा,नेतातन्त्र लाई परिबारतन्त्रमा ,परिबारतन्त्र लाई लुटपाटतन्त्रमा बिकाश गरे । त्यसको परिणामस्वरूप जनताको सदियो पुरानो ,स्बभिमान ,सुशासन र आर्थिक दृष्टिकोणले समबृद्ध हुने आसा अपेक्षा र उत्कट चाहानाहरु सबै हाबामा बिलाउदै गए र गहिरहेका छन र जनताले इतिहासमा रगत संङ्ग साटेर प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै यतीबले औँला उठाउन थालेका छन । देशमा २०४६ सालको राजनैतिक परिबर्तन पछि नेपाली काङ्गेस र नेकपा (एमाले )ले २०४७ देखि २०५९ सम्मको समय अबधिमा गरेको भष्टाचार , सांसद खरिदबिक्री ,पजेरो काण्ड ,राज्य आतंक , राजनैतिक अस्थिरता, देश भित्र भएका उद्योग धन्दा र कलकारखाना हरु बिदेशी हरुलाई एकएक गरि कौडिको मुल्यमा बेच्ने र नेपाली कामदार हरु लाई बिदेश पलायन बनाउने षड्यन्त्र यसै अबधिमा नै भएको हो ।

सुरासुन्दरी काण्ड , धमिजा काण्ड , लाउडा विमान खरिद गर्दा गरेको भष्टाचार, महिलाहरुले सुत्केरी हुदा प्रयोग गर्ने सुत्केरी बट्टा माथि पुरुष सांसदहरूले नै कृर्तिम बिल बनाएर गरेको भष्टचार, बढ्दो महंगी, कालाबजारी, कमिसनतन्त्र, कृत्रिम अभाव, सृङ्खनालबद्ध भएको नागरिक हत्यालाई सामन्य मान्ने वा पुरै बिर्सिदिने हो भने पनि भारत संङ्ग गरेको राष्टघाति महाकाली संन्धि र पहिला गिरिजाप्रसाद कोइराला र पछि हालका सेरबहादुर देउवाले , नेपाली जनताले इतिहासमा अत्यन्तै कडा प्रकारको बलिदान गरेर प्राप्त गरेको राजनैतिक अधिकारसंङ्ग शत्ता स्बार्थका लागि शिशु लोकतन्त्र संङ्ग गरेको भद्दा मजाक ,खेलबाड र लोकतन्त्रलाई सामन्तवादको नाइके राजतन्त्रको पाउमा सुम्पने जस्ता परिघटनाहरु इतिहासमै कुनै पनि माइनेमा शाषक बर्ग लाई क्षमा दिन योग्य घटनाहरु होइनन्र थिएनन ।

२०६२/०६३ यता देशमा घटेका घटनाक्रमहरु
२०६२र०६३ को जनक्रान्ति पछिका दिनमा सबैलाई लागेको थियो स् सायद अब नेतृत्व रुपान्तरण हुन्छ र देश लाई नयाँ युग र समाज तिर प्रबेश गराउनेछ र मुलुक स्बभिमान र सुशासन सहितको आर्थिक समबृद्धिको दौर र युगमा प्रबेश गर्नेछ ।

हामीले २०६२ र०६३ देखि २०७२ सम्मको अबधि लाई संबिधान निर्माण गर्ने र जारी गर्ने समय अबधि मा संसदबादी राजनैतिक दल र माओवादी समेतको शत्ता स्बार्थ को कारणले भएको राजनैतिक अस्थिरता र त्यो दौरानमा भएकोे भष्टचार ,कुशासन र बिथिति हरु लाई समेत एक छिन लाई बिर्सिदिने हो भने पनि त्यस यताका दिनमा ब्याक्तिगत शत्ता स्बार्थका लागि ज्यादै डरलाग्दा भष्टचार, कुशासन, तीन देखि छ महिनामा प्रधानमन्त्रि र मन्त्रीहरुका हेरफेर, गठन र पुर्नगठनका शासकवर्गले गरेको शृङ्खलाबद्ध हर्कतहरु कुनैपनि माइनेमा सन्तोषजनक मान्न सकिन्न ।

सत्तरीको दशक स् भष्टचार र कुशासनको पराकाष्टाको दशक

सत्तरी को दशक बास्तबमा नेपाल र नेपाली जनताको निम्ति भष्टचार, कुशासन र बेथितिको परकाष्टाको दशक बन्यो । नेपाली काङ्गेस ,कम्युनिस्ट पार्टीका अलाबा मधेसबादी दलहरु समेत यसमा सामेल हुन आइपुगे । यस अबधिमा सरकार बन्ने भत्किने र पुनः बन्ने यहाँ सम्म की दुई दुई पटक सम्म संघिय संसदको बिघठन गर्ने ,लोकतन्त्रकै हत्या गर्ने र मुलुक लाई अनिश्चितकालका लागि राजनैतिक अस्थिरताको भुमरीमा धकेल्ने सम्मका हर्कत गर्नेहरु लाई किमार्थ स्बिकार गर्न र क्षमा दिन सकिन्न ।

यसरी राज्यशत्ताको सामुहिक बलात्कार र लुटपाट गर्ने प्रक्रिया उत्कर्षमा रहेको देखिन्छ । यश अबधिमा शाषक बर्गले समेत थेग्न नसकेर नेपाली समाजले सुन्ने र देख्ने गरि एक्सपोज भएका सबैभन्दा ठुला भष्टाचार र कुशासन का घटनाहरु मध्य पहिलो हो । १) एनशिएल कर छलि प्रकरण । २) नेपाली हरु लाई भुटानी सरणार्थी बनाउने मोटो रकम लिएर बिदेश पठाउने प्रकरण । ३) प्रिन्ट्रिङ्ग प्रेस खरिद प्रकरण । ४) ललिता निबाशको जग्गा बेचबिखन प्रकरण । ५) बाइडबडी बिमान खरिद प्रकरण । ६) बुढी गण्डकी परियोजनामा भएको भष्टाचार । ७) १३३ केजी सुन घोटाला समन्धि प्रकरण । ८) एति , ओम्नि र पुर्बमा चिया बगानको जमिन खरिदबिक्री प्रकरण । ९) देशको सार्वजनिक यातायातमा गठन गरिएको जनबिरोधी सिन्डिकेट । १०) देशको राजनैतिक नेतृत्व र सैनिक नेतृत्व बीचमा कतिपय राष्ट्रिय गौरबका चालू योजना हरुमा भेरिएसन रकम अनावश्यक बढाइएका सुचनाहरु समेत एक्सपोज भएका थिए ।

यश बाहेक अरु पनि दुई दर्जनभन्दा बढी भष्टाचार र कुशासनको चाङ्गमुनी मुलुक पुरिदै गहिरहेको छ । माथि उल्लेखित सबै परिघटनाहरु शत्ता पक्ष र प्रतिपक्ष दुबैको रजामन्दीले भएका हुन यदी एकआध घटनाहरु आ– आफ्नो स्बार्थ अनुसार बेग्लाबेग्लै समय र बेग्लाबेग्लै नेतृत्वको कार्यकालमा भएको भए पनि ती सबै परिघटनाहरुमा संङलग्न मुख्य दोषी उम्कने र सर्बसाधारण कर्मचारी र नागरिकहरु बलिको बोको बन्ने सर्बत्र अनुमानहरु भइरहेकै छन ।

समकालिन विश्वमा नेपालको स्थान
देश आज, गरिबीको रेखामुनि तडपि तडपि बाच्न बिबश छ । आर्थिक तथ्यांक हरु नै भन्छन् २०५ जनता गरिबी र ३०५ जनता बहुआयामिक गरिबीको दौर बाट गुज्रिरहेका छन । निर्यात भन्दा आयात १८ गुर्णा सम्म बढी देखिन्छ । कृषि क्षेत्रले आफ्नो अर्थतन्त्रको पुरै चरित्र गुमाउदै गएर बिप्रेशण प्रधान बन्न पुगेको छ । दैनिक १७ हजार भन्दा बढी युबा ÷ युवतीहरु बिदेश पलायन हुने गरेका छन । अर्थतन्त्र पुरै आयात मुखि बन्दै गएको छ । आवास,शिक्षा , स्बास्थ सार्बजनिक यातायात जस्ता सेवा सुबिधाहरु आम जनताको पहुँच बाहिर छन ।

देशको आन्तरिक राजस्व संकलनले देशको चालू खर्च धान्न सकिरहेको छैन । जनताको जिबन संङ्ग जोडिएका प्रायः सबै जसो राज्यका अङ्गहरु चरम दलियकरणको सिकार बनाइएका छन । अन्तरास्ट्रिय समन्ध एक प्रकारले लथालिङ्ग र भताभुङ्ग पारिएको छ । राजनैतिक अस्थिरताको कालो बादलले कती बेला जनताको अनुहारको बचेखुचेको खुसी अपहरण गर्ने हो कुनै अत्तोपत्तो छैन । सिर्फ ः देशको अभिजात र केही कुलीन परिबारको हितार्थ बनाइएको निर्वाचन निति कै कारण धेरै मानिसहरुको राजनीति बाट मोह भङ्ग हुने प्रक्रिया तिब्र छ । देशको समाजिक बिबिधताका सबाल अलपत्र छन । देशमा नयाँ संबिधान जारी भएकै समय देखि असन्तुष्ट रहदै आएका जाति ,क्षेत्र ,लिङ्ग, र प्रादेशिक र उपेक्षित क्षेत्र र समुदायका समस्याहरु दिन प्रतिदिन मुखरित भएर बिष्फोट बन्दै जान थालेका छन ।

हिमाल – पहाड मा बित्तिय संस्था, तराई – मधेसमा मिटर ब्याजि , सहरी क्षेत्रमा स्थानीय सहकारी संस्था हरुले जनताको ढाडै सेक्ने गरि चर्को ब्याज असुलीरहेका छन । मानिसहरुको अत्यन्तै न्यून आय र आकासिदो बजार मुल्यका कारण जनताको जीवन कष्टकर बन्दै गएको छ । व्यापक ब्यापार घाटा ,शिक्षा र स्बास्थको निजीकरणका कारणले नागरिक जीवन झन पछि झन बिकराल हुदै गएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको भए पनि देशको मुख्य शाषक बर्ग एक वा अर्को प्रकारले विभिन्न बहानामा केन्द्रिकृर्त शासन गर्ने मनो बिज्ञान र मनोदशा बाट ग्रसित देखिन्छ । कुशासन ,भष्टाचार बेथिति र अनियमिताले जनताले बिगत आठ दशक लामो बलिदानिपुण संघर्षबाट प्राप्त राजनैतिक अधिकारका सबै प्रकारका प्रखाल हरु लाई भत्काउदै निर्लज्ज ढङ्गले शासक वर्ग अगाडी बढिरहेको छ ।

जनताको स्बभिमान ,सुशासन र आर्थिक सम्बृद्धिको युगिन कार्यभार यतिबेला बेबारिसे छ । देशका मौजुदा राजनैतिक दलहरुले आफ्नो औचित्यता ,प्रसंङ्ग र आबस्यकता गुमाउँदै गएर यतिबेला जनताको निम्ति एउटा बोझ बनेका छन । यस शैक्षिक सत्रमा ४२ प्रतिशत विद्यार्थीहरुले विद्यालय र क्याम्पसहरुमा भर्ना नै नलिएको तथ्याङ्क शिक्षा मन्त्रालयको वेवसाइटले सार्वजनिक गरेको छ । ठीक यही बेला देशका ५२ प्रतिशत उद्योगी व्यापारीहरुले आफ्नो पसल बन्द गरेर विदेश पलायन भइरहेका समाचार देशका बिग मिडियाहरुबाट सार्वजनिक भइरहेका छन् ।

देश एक प्रकारले एकादसय बृद्धतन्त्र नेताहरुको दुस्चर्कमा कैद भएको छ भने सारा का सारा देश बृद्धाआश्रममा परिणत हुदैँ गइरहेको छ । नेपाली कांग्रेसले आफूलाई राष्ट्रियतावादी, प्रजातन्त्रवादी र समाजवादी भनेपनि कम्युनिष्टहरुले आफूलाई क्रान्तिकारी, सर्वहारावादी, गरिबवादी, जनवादी, समाजवादी र साम्यवादी आदि इत्यादि भन्ने गरेको भए पनि दुबैको उद्धेश्य एउटै देखियो । त्यो होः व्यक्तिगत समृद्धी ।

उपरोक्त कारण का कारणले मुलुकमा यतिबेला इतिहासै अभुतपुर्ब र असाधारण निराशा ,पलायन र अराजकता उत्कर्षमा पुगेको छ । देशको यश प्रकारको विषम परिस्थितिमा कुनै पनि राजनैतिक दल र राज्य जनता तर्फ फर्केने मुडमा कोही देखिदैनन् । पुरानो शक्तिको धुवांधार बिरोध गरेर आफू लाई नयाँ र बैकल्पिक दाबी गर्दै उदाएका दल हरु पनि पुरानो शत्ताको भागबन्डामा सहभागी हुन पाउँदा फुरुङ्ग देखिन्छन् । देशका राजा वा राजाबादी तत्वहरु ठिक परिस्थितिमा जनता लाई इमोशनल ब्यालेकमेलिङ्ग गरेर तथाकथित हिन्दुराज्यको कभरमा एउटा गजेडी र ब्यापारी राजा लाई ल्याउने आश्वासन दिएर राजनीतिको रोटी सेक्न सडकमा ताण्डब नृत्य गरिरहेका छन ।

देशका के पुराना के नयाँ प्रायः सबै जसो दलका दोश्रो तहका नेता र तिनका गुटहरु ,आफ्नो बादसाह माथि नियन्त्रण स्थापित गर्न उद्धत्त छ । उसले पनि आफ्नो लक्ष र उदेश्य प्राप्त गर्नका निम्ति हतियार उठाउन तप्पर देखिन्छ । कुनै पनि दलमा रहेको दोश्रो श्रेर्णीमा रहेको नेता आफैमा एउटा गुटको थुप्रो हो । त्यस प्रकारका गुटहरुले आफ्नो पार्टीको दर्शन ,सिद्धान्त ,बिचार ,राजनिती र संङ्गठनात्मक मूल्य र मान्यता हरु लाई धेरै पहिल्यै नै परित्याग गरिसकेका छन ।दल भित्र रहेका त्यस प्रकारका गुटहरु न त कुनै धर्म, बंश र राष्ट्रिय माथि आधारित हुन । उनीहरुको सिद्धान्त सिर्फ ः यत्ति हो कि दल भित्रको प्रमुख बादसाह लाई आफ्नो नियन्त्रणमा लिने ,ब्याक्तिगत स्बार्थसिद्धीका निम्ति शाषनमा जाने र ब्याक्तिगत समृद्धि हाशिल गर्नु नै बनेको छ । कसैलाई पनि आफ्नो लक्ष र उदेश्य प्राप्त गर्नका लागि उचित र अनुचित रजायज र नजाएज हथियार उठाउन तयार नै देखिन्छन् । यो बाटो , देश र जनताको निम्ति बिनाशको बाटो हो ।

देशको संसदीय बेबस्थामा एउटा अतिरिक्त खेलाडीको रुपमा देखा परेको माओवादीको जङ्गि अड्डाका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र उनको नेतृत्वको सरकारलाई माथि उल्लेखित यी याबत बिषय संङ्ग कुनै चासो ,रुचि र सरोकार भएकोे पाइदैन । उनी यसरी प्रस्तुत भएको पाइन्छ – मानौ , देशमा केही भएको छैन । सबै कुरा ठिक ठाकै छ । उनी मात्रै होइन संसद भित्र र बाहिर रहेका प्रायः सबै जसो राजनैतिक दल आफ्नो दल र राज्य शत्ताको समय सापेक्ष सर्बिसिङ्ग गर्नुपर्ने आबस्यकता नै ठान्दैनन । उनी प्रायःजसो सबै दलको एउटै उद्देश हो ः आफ्नो बचस्ब र धम्कीको आडमा आ– आफ्ना इलाका कब्जा र सुरक्षा बनाइ राख्ने , त्यसको आडमा शत्तामा टिकिरहने , शत्ताको आयु लम्ब्याउन प्रयत्न गर्ने , नसके घोषित ÷ अघोषित रुपमा राज्य शत्ताको मिलिजुली लुटपाट जारी राख्ने र आफ्ना आसेपासे कार्यकर्ता र परिबारजनका लागि अथाह सम्पत्ति जोडजाम गर्नु नै हो भन्ने कुरा जगजाहेर छ ।

निष्कर्श
इतिहासको यस कठिन घडीमा निराश हुने, पलायन हुने वा अराजक गतिविधि गर्ने रु वा विवेकसम्मत ढङ्गले देशमा देखा परेका यी यावत प्रकारका समस्याहरुलाई समयमा पहिचान गर्ने र त्यसको निकासका लागि सचेत पूर्वक पहल कदमी लिँदै देश र जनताको पक्षमा दृढतापुर्वक उभिने रु आज देश र जनतासामु खडा भएको यक्ष प्रश्न यही हो ।

आजको आवश्यकता यो हो की, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा घटेका राजनैतिक ,आर्थिक ,सामाजिक ,सांस्कृतिक र प्रशासनिक घटनाक्रमहरु लाई अत्यन्तै नजिकै बाट हेर्ने , विश्लेषण गर्ने र तथ्यको आधारमा सत्यको अन्वेषण गरि बिबेक सम्मत ढङ्गले तर सन्तुलित र परिपक्व तरिकाले देश भित्र देखा परेका सबै प्रकारका समस्याको निरुपण गर्ने सामर्थ्य जुटाउन जब जब देशमा राजनितिक दल र तिनको नेतृत्व असफल हुन्छ तब तब इतिहासका निर्माता बहुसंख्यक जनसमुदायसँग हातेमालो गरेर राजनिति अर्थतन्त्र, समाज, संस्कृतिको पुर्नसंरचनाको अपिल गर्दै अगाडी बढ्नु शिवाय हाम्रो अगाडी अर्को कुनै राम्रो विकल्प छैन ।-(लेखक खनाल नागरिक पहिलो अभियान नेपालका केन्द्रिय कार्यदलका सदस्य हुन।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।