ताजा अपडेट »

मिसन ८४ प्रति मेर‍ो प्रश्न

शुक्रबार, २२ मंसिर २०८०, ११ : ०१
48 Shares

चलचित्रको नाम हो मिसन ८४ ? कि जनताको औषत आयु हो मिसन ८४ ? कि राजा दरबारमा आसिन हुने योजना हो मिसन ८४ ?, २०७९ को निर्वाचनबाट निर्वाचित भएर केही गर्न नसकेको स्विकारोक्ति हो मिसन ८४ ?

विमानस्थलमा भेटिएको सुनमा कसको कसको सहभागिता छ भन्ने छानविन गर्न प्रहरीलाई लाग्ने समयावधि हो मिसन ८४ ? ललितानिवास जग्गाको किनबेच भईसकेपछि कसले उक्त जग्गामा घर बनाउन्छ भन्ने प्रतीक्षा गरेको योजना हो मिसन ८४? खासमा के हो मिसन ८४ ? जनताको उमेर ८४ पुगेपछि गरिने सस्कारको खर्च बेहोर्ने रणनिति त होईन मिसन ८४ ? वडाका प्रदेशमा,प्रदेशका संघमा लड्ने योजना त होईन मिसन ८४ ?कुन कुन क्षेत्रमा के कस्तो मिसन ८४ हो?

राजनीतिक क्षेत्रमा मिसन ८४

संघियताको शसक्त अवलम्वन, संविधानको पुर्ण कार्यान्वयन, विधिको शासन , शुन्यमा भ्रष्टाचार, जनताप्रति उत्तरदायी र जिम्मेवारी संस्कार, जनतालाई केन्द्रमा राखेर गरिने नेतृत्वको योजना हो मिसन ८४ ? गुमेको सिमा र पिलर फिर्ता गर्ने योजना हो मिसन ८४?

सामाजिक क्षेत्रमा मिसन ८४

रोजगारीको सिर्जना,वैदेशिक रोजगारलाई नियन्त्रण, गरिबी निवारण योजना,स्वतन्त्र र सक्षम न्याय,निष्पक्ष वा समानताको व्यवहार,शिक्षा र स्वास्थ्यलाई सर्वशुलभ रुपमा शत प्रतिशत विस्तार,सन्तुलित र समन्वायिक समाजको निर्माणको योजना हो मिसन ८४? जाजरकोटमा जोखिममा रहेका गर्भवती महिला तथा बालबालिकाहरुको उद्वार गर्ने,निर्मलाले न्याय पाउने,जाजरकोटमा राहत पुग्ने वर्ष हो मिसन ८४ ?

आर्थिक क्षेत्रमा मिसन ८४

आर्थिक वृद्वि ,नागरिकको जिवनस्तरमा सुधार, समान, न्यायोचित, वैज्ञानिक,सन्तुलित, गुणस्तरीय बिकासको निर्माण ,नागरिकको खुशि, समृद्वि, प्रतिष्ठा, इज्जत, आत्मसम्मानको सिर्जना र निरन्तरता ,कृषि,उद्दोग,पर्यटन,व्यापार,जनशक्ति,यातायात,सन्चार विद्दुत जस्ता भौतिक विकासका पुर्वाधारहरुको संख्यात्मक र गुणात्मक सुधार गर्ने नीति हो मिसन ८४? चामल, चिनि, पेट्रोल, डिजल र सुनको मूल्य घट्ने, एनसेलको खरिदप्रक्रिया बुझ्ने, बजेटको पुर्ण कार्यान्वयन गर्ने वर्ष हो मिसन ८४?

सास्कृतिक क्षेत्रमा मिसन ८४

धर्मनिरपेक्षता हुने वा हिन्दु राज्य हुने अवधारणा हो मिसन ८४?, सास्कृतिक एकता भित्रको विविधता ,सास्कृतिक सन्तुलनको सोचको निर्माण हो मिसन ८४?

अन्तराष्ट्रिय क्षेत्रमा मिसन ८४

विदेशी नागरिकलाई रोजगारीको व्यवस्था गर्ने, चन्द्रमा, मंगलमा यान, अन्टार्टिका महादेशमा अनुसन्धानका लागि जाने योजना,अमेरिका,रुस जस्ता शक्तिशाली राष्ट्रसग एउटै टेबलमा बसी योजना बनाउने वर्ष हो मिसन ८४? ,बेचिएका चेलीको उद्वार गर्ने ,जेलिएका समस्याहरु समाधान गर्ने, लास आउने नभए सास आउने वर्ष हो मिसन ८४ ?

खासमा के हो मिसन ८४ ? सायद मिसन ८४ जनता सामु बाडिएको त्यो लोभ्याउने ललिपप हो । मेरो लागि त मिसन ८४ केही होईन ,८४ भने ८१,८२,८३ पछि आउने क्रमिक संख्या मात्र हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।