ताजा अपडेट »

नागरिक पहिलो अभियान: स्बभिमान र सम्बृद्धिको महायज्ञ

मंगलबार, १९ मंसिर २०८०, १४ : १२
126 Shares

भुमिका
ऐतिहासिक,बहुआयामिक ,दुरगामी महत्व बोकेको, बहुप्रतिक्षित नागरिक पहिलो अभियान नेपालले यही मङ्गसिर ११–१२ गतेका दिन काठमाडौंमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनका ख्यातिप्राप्त बिद्धान,विभिन्न बिषयका बिषयगत बिज्ञ,नयाँ बैकल्पिक राजनीति को पक्षमा बिगत डेढ दशक देखि एडभोकेशि गर्दै आउनु भएका सयौं अभियान्ताहरु राष्ट्रिय जीवनका कलाकार ,बुद्धिजीवी ,संचारकर्मिका अलावा सयौं नयाँ उत्साहित युवाहरुको उत्सााहजनक उपस्थितिमा एउटा भब्य समारोहबीच नागरिक पहिलो घोषणा सभा भएको छ ।

त्यस प्रकारको घोषणा सभाले देशकै इतिहासमा यसरी आमनागरिक तर्फ फर्केर नागरिक पहिलो अभियान ,नेपालको घोषणा भए पछि यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा एउटाठुलै स्केलको भुकम्प नै ल्याइदिएको छ भने यसको स्थापना ,घोषणाले नेपाली समाजमा आसंका, भ्रम ,अफबाह,उपहासका अलावा बिरोधीहरुका सबै प्रकारका पागल प्रलापहरु लाई चिर्दै सिमित साधन श्रोतका बाबजुत दृढ निश्चयैका साथ अगाडि बढे पछि कतिपय देशीविदेशी शक्तिहरुले आश्चर्यजनक ढङ्गले पश्चताप गर्दै हामीलाई स्बागत र समर्थन गर्न आइपुगेका छन ।

यो कुरा हाम्रो अभियानको निम्ति ,दुनियाँ भरीका नयाँ बैकल्पिक राजनैतिक शक्ति र अभियान्ता हरुका निम्ति ,देश भित्र परिवर्तनको तिब्र चाहाना सहित संघिय लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनमा फुरुङ्ग हुदै , सबै प्रकारको दुख,कष्ट,त्याग, तपस्या , बलिदान ,जेलनेल ,भुमिगत जीवन , सर्बाेस्बहरण,हजारौं हजार प्रहरी दमन र आफ्नो प्राण समेत उत्शर्ग गर्नु हुने ती तमाम वीर बीरङ्गनाका परिबार , बेपत्ता परिबार , घाइते अपांग परिबारका निम्ति ज्यादै खुसी र गौरबको बिषय हो ।

यसरी यति छोटो समयमै , अत्यन्तै सिमित साधन श्रोत भएको र राष्ट्रिय राजनीतिमा कहिल्यै पनि प्रमुख भुमिकामा नरहेको यस अभियानको केन्द्रीय नेतृत्वको टिमको वरिपरि यति ठुलो पैमानामा नागरिक पहिलो अभियान ,नेपालको घोषणा हुनुमा मुलतः धेरै अनुभवी नेतृत्व ,बौद्धिक,भिजनरी,दुरदर्शि,नैतिकबान, इमानदार ,निस्बार्थि देश र जनता प्रतिको जिम्मेवारीको मुल्यबोध भएको ,सन्तुलित र परिपक्वता जस्ता बिशेषता ,चरित्र तथा गुर्ण हरुको कारणले नै संभब भएको हो भन्दा धेरै अतियुक्ति हुने छैन । यसरी हामीले नागरिक पहिलो नेपालको घोषणा गर्नुका पछाडि हाम्रो कुनै मनोगत लहड, व्यक्तिगत सनक वा नेता भइहाल्ने व्यक्तिगत इच्छा र तमन्ना भएका कारणले होइन की राष्ट्रिय जीवनमा देखा परेका समस्याहरुलाई विवेकसम्मत ढंगले हल गर्ने पवित्र उद्देश्य र अभिप्रायसहित नै यस प्रकारको अभियानको नेतृत्व गर्नुपरेको कुरा जगजाहेर नै छ ।

नागरिक पहिलो , नेपालको घोषणामा– “सबैको स्बभिमान र सबैको सम्बृद्धि” आम जनसमुदायको सामुहिक नेतृत्वमा मात्रै संभब हुन सक्ने कुरामा जोड दिएको छ । त्यसको अर्थ के हो भने स्वाभिमान र समृद्धी मानव जातीको प्रथम आकांक्षा हो । यो आकांक्षा परिपूर्तीका दुई आधार छन् –स्वशासन र शुसासन । जसरी स्वाभिमान बिना समृद्धी र समृद्धी बिना स्वाभिमान सम्भव हुँदैन, स्वशासन बिना सुशासन र सुशासन बिना स्वशासन सम्भव हुँदैन ।

यो कुरा हाँसिल गर्ने प्रश्नमा हाम्रा दुई अवधारणाहरु मुख्य रहेका छन् –ः प्रगतिशिलता र लोकतान्त्रिक । लोकतन्त्र बिनाको प्रगतिशिलता र प्रगतिशिलता बिनाको लोकतन्त्रले परिणाम दिन सक्दैन । क्रान्तिको अर्थ लोकतन्त्र बिनाको सामाजिक आर्थिक प्रगति होइन, न त लोकतन्त्र बिनाको अरु कुनै राजनितिक परिवर्तन नै हो । त्यसैले प्रगतिशिलता र लोकतान्त्रिकताले स्वशासन र शुसासन प्रताभूति गर्दछन् । स्वशासन र शुसासनले स्वाभिमान र समृद्धी ल्याउन सक्दछन । नागरिक पहिलो अभियानको मूल स्प्रीट र मर्म यही हो ।

स्वाभिमान र समृद्धीको सिद्धान्त बारे
नेपालको सन्दर्भमा आम सर्वसाधारण नागरिकको तह बाट नागरिक पहिलो उभयउभि ाष्चकत को सारतत्व सहितको नयाँ भाष्य निर्माण गर्दै “सबैको स्बभिमान र सबैको सम्बृद्धिको निम्ति युगिन कार्यभार पुरा गर्ने महानायक वास्तवमा मुठ्ठीभर शाषकवर्ग नभएर नयाँ इतिहासका रचनाकार बहुसंख्यक श्रर्मजिवी मेहनतकश ,शोषित ,पिडित उत्पिडित जनसमुदाय नै हुने भएकोले “दलतन्त्र, सिन्डिकेटतन्त्र,गुटतन्त्र, नेतातन्त्र,परिवारतन्त्र र लुटतन्त्रबाट माथि उठेर आमनागरिक संङ्ग हातेमालो गर्दै “उत्पादनशिल अर्थब्यबस्था, उन्नत भौतिक पुर्वाधार ,तीब्र आर्थिक वृद्धि,समन्यायिक बितरण,समतामूलक सम्बृद्धि,सामाजिक न्याय सहितको समावेशी राज्य निर्माण , आत्मसम्मान सहितको स्वाधिन राज्य निर्माण” का अन्तरबस्तु तथा अन्तरसम्बन्धका सबालमा सडक देखि सदन सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यापक बहस ,छलफल ,अन्तरक्रिया ,बिचार गोष्ठी ,सेमिनार र जनपरिचालन र आबश्यक परे चरणबद्ध संघर्षका कार्यक्रमहरु मार्फत व्यापक जनमत श्रृर्जना गर्ने , भौतिक शक्ति तयार पार्ने, घनिभुत बैचारिक संघर्ष गर्नुका अलावा नागरिक पहिलो नयाँ भाष्य लाई पुर्णता दिदै जानुका साथै अन्तरिम कालिन अबस्थाको बिशेषता ,चरित्र गुर्ण बोकेका संङ्गठात्मक संरचनाहरुको समेत बिकास गर्दै जानुपर्ने कुरामा जोड दिएको छ ।
प्रस्तुत लेखमा आज हामी नागरिक पहिलो अभियान, नेपालको स्थापनाको प्रारम्भिक वैचारिकी पक्षमा सामान्य विमर्श गर्ने प्रस्तुत लेखमा प्रयत्न गरिने छ ।

पृष्ठभुमि
सत्तरीको दशकको सबैभन्दा ठुलो कथा
बितेको सत्तरीको दशकको सबैभन्दा ठुलो कथा के हो भने देशमा आठ दशक लामो लोकतान्त्रिक क्रान्तिका राजनैतिक उपलब्धिहरु केही सिमा समस्याहरु सहित २०७२ असोज ३ गते संबिधान सभा बाट संस्थागत भए सङ्गै मुलुक हमेशाका लागि सामन्तवादी युग र समाजबाट मुक्त भएर पुंजिबादी युग र समाजमा प्रबेश गरेको थियो भने समाजबादी समाजमा प्रबेश गर्नका निम्ति मार्ग प्रशस्त भएको थियो । राजनैतिक परिवर्तनका दृष्टिकोणले केही सिमा समस्या तथा कमजोरीहरु रहेको भए पनि त्यो एउटा युगान्तकारी राजनैतिक परिवर्तनको परिघटना थियो ।

यही बिन्दु बाट हामी नेपालीहरु वास्तवमा स्वाभिमान ,सुशासन र सम्बृद्धिको नयाँ दौर वा युगमा प्रवेश गरेका थियौँ । त्यस प्रकारको नयाँ परिस्थितिले पैदा गरेका राजनैतिक ,आर्थिक ,सामाजिक र सांस्कृतिक समस्याहरुको समाधान गरी मुलुकको अग्रगामी रुपान्तरण गर्नका लागि नयाँ बहस प्रारम्भ भएको थियो । त्यस प्रकारको बहसको परिणामस्वरूप डा. बाबुराम भट्टराईले आफ्नो जीवनको चार दशक लामो तर कडा प्रकारको संघर्षबाट प्राप्त गरको कम्युनिष्ट नेतृत्वको पदाधिकारी तथा साधारण सदस्य समेत परित्याग गर्नु र नयाँ परिस्थितिमा नयाँ ढंगले, एउटा प्रगतिशिल लोकतान्त्रिक विकल्पलाई पहल गर्नु र नयाँ शक्ति पार्टी नेपालको गठन र घोषणा गर्नु , यता उज्ज्वल थापा नेतृत्वको बिबेकशिल पार्टी नेपाल को गठन र घोषणा हुनु , रबिन्द्र मिश्र नेतृत्वको साझा पार्टी नेपालको गठन र घोषणा हुनु यसका अलावा देशमा अरु पनि कैयौं दल , समूह र स्वतन्त्र मानिसहरुले बैकल्पिक राजनीतिको पक्षमा अभियान चलाउदै , प्रचारप्रसार गर्दै यसको ओचित्यता , आबस्यकता र प्रसंङ्गका सबालमा व्यापक बिमर्श गर्दै निर्वाचनमा समेत भाग लिनुका साथै पपुलर मत प्राप्त गर्ने सम्मका परिघटनाहरु सत्तरीका दशका सबैभन्दा ठुला राजनैतिक परिघटना हरु थिए ।

यी सबै प्रकारका राजनीतिको क्षेत्रमा भइरहेका बैकल्पिक पहल र प्रयत्नहरु लाई नेपाली जनताले नजिकैबाट एउटा आसाको नजरले हेरिरहेका थिए।जनतामा बास्तबमा देशमा कृर्याशिल परम्पराबादी राजनैतिक दल हरु मात्रै होइन यिनी हरुको पनि बिकल्प छ है भन्ने गहिरो बिश्बास पैदा हुदै गहिरहेको थियो । तर , बिडम्बना नै भन्नुपर्छ त्यसरी नयाँ परिस्थितिमा नयाँ युग र कार्यभार लाई पुरा गर्ने ऐतिहासिक कार्यभार बोकेका भनिएका दलहरु नै अनावश्यक एकता र बिभाजनको सिकार भए ।
यश अभियानको गत बर्ष बसेको एउटा समिक्षा बैठकमा त्यस प्रकारका नयाँ भनिएका दल हरु बारे हामीले भनेका थियौ – “बैकल्पिक राजनीतिको बितेको एक दशकको अभ्यास र परिणाम हेर्दा यस्तो शक्तिको सार्थक संकेन्द्रण हुन सकेन ।यश अभियान भित्र कतै दक्षिणपन्थी त कतै बामपंथी अबसरबादको उदय भयो ।कतै मार्ग परिवर्तन त कतै समाजबादी केन्द्र जस्ता लफ्फाजि हरु देखा परे । त्यस लाई प्ररास्त गर्न बैचारिक संघर्ष अनिवार्य थियो । तर ,त्यस प्रकारको संघर्ष लाई धान्न सक्ने गरि ती दल हरु परिपक्व भइसकेका थिएनन् ।यसर्थ ती दलहरुको अस्तित्व नै संकटमा पुग्यो ।ती दलहरु अनावश्यक एकता र बिभाजनको सिकार समेत भए ।

सत्तरीको दशकको बैकल्पिक राजनीतिको कथा यही सकिदैन किनकि देशमा नयाँ बैकल्पिक राजनीतिको बीउ ज्यादै सचेत प्रकारले र बिबेक सम्मत ढङ्गले रोपिएकै थियो । त्यसको परिणाम २०७९ को स्थानीय ,प्रदेश र संघको निर्वाचनको दौरानमा नयाँ र बैकल्पिक दाबी गर्दै अरु पनि कैयौं नयाँ दल र स्वतन्त्र मानिसहरु अगाडि आए । त्यसरी उदाएका नयाँ दल र स्वतन्त्र मानिस हरु लाई हामीले त्यो बेला केही आर्थिक ,भौतिक र नैतिक सहयोग गरेको भए पनि त्यस प्रकारका दल, अभियान वा स्वतन्त्र ब्याक्ती विशेष बारे पनि स्पष्ट गर्दै हामीले भनेका थियौँ –“ बैकल्पिक राजनीति र नयाँ भन्ने दाबी र सतही अभियानले मात्रै बैकल्पिक राजनीतिको मुल स्प्रिट ,मर्म र भावना लाई न्याय गर्न सक्दैन । नयाँ दल बा स्वतन्त्र उम्मेदवारहरुको लहर लोकतान्त्रिक गतिरोधको तत्कालीन उपाए हुन सक्ने भए पनि दृर्घकालिन समाधान हुन सक्दैन ।देश बनाउन एकआध ब्याक्ति र त्यसको लोकप्रियता प्रयाप्त हुदैन ।

त्यसका लागि एउटा स्पष्ट सोच,अल्पकालीन ,मध्यकालीन र दृर्घकालिन निति तथा कार्यक्रम सहितको राजनैतिक शक्ति नै चाहिन्छ ।यसर्थ बैकल्पिक राजनीति लाई हल्का सतही बा लोकरन्जनबादी तरिकाले मात्रै ग्रहण गर्नु सही हुने छैन ।“
यस अबधिमा हामीले बैकल्पिक राजनीतिको नाममा भए गरेका सबै प्रकारका प्रयास र पहलहरु लाई नयाँ परिस्थितिमा नयाँ ढङ्गले एउटा सेटमा ,श्रृङखलामा र संङ्गतिपुर्ण गति र आकार दिने प्रश्नमा सहजीकरण गर्न कुनै कसर बाकी राखेनौ । तर , नयाँ र बैकल्पिक भनिएका दल, समूह र ब्याक्तिका अन्तर्यमा यान्त्रिकताबाद ,परम्परावाद र रुढीबाद का अलावा हिरोइज्म ,पपुलिज्म ,रोमान्सबाद,प्रियताबाद र चरम क्यारिरिष्ट सोचाइ ,बिशुद्ध जातिबाद बा क्षेत्रीयबाद जस्ता विकृत चिन्तन प्रणालीहरु रहेकै कारण बैकल्पिक राजनीतिको धुर्बिकरण हुन सकिरहेको छैन ।

त्यसका बावजुद पनि हामीले बितेको एक दशकको दौरानमा कैयौँ दल, समुह,व्यक्तिहरुलाई लिएर नागरिक पहिलो बनाउन सक्नु एउटा ठूलो उपलब्धि नै मान्नुपर्दछ । बैकल्पिक राजनीतिलाई हामीले दक्षिणपन्थी बा बामपंथी क्रिडा स्थल बनाउने उदेश्य र अभिप्रेरित सोच बिल्कुलै होइन यो एउटा सुबिचारित प्रगतिशील अग्रगामी लोकतान्त्रिक शक्तिको स्थापना गर्ने मिशन थियो भन्ने कुरा स्पष्ट नै छ र निकट भबिश्यमा एउटा यस्तो प्रगतिशील सोच भएको बेबस्थित संस्था बिना सामन्यतया स्बभिमान सहितको सम्बृद्धि हाशिल गर्न र बिशेषत सबैको स्बभिमान सबैको सम्बृद्धि हाशिल गर्न संभब हुने छैन । तर तत्काल प्रश्न यो हो कि : देशमा के पुराना के नयाँ सबै राजनैतिक दलहरु “ लोकतन्त्र लाई बलात: दलतन्त्र,सिन्डिकेट तन्त्र, गुटतन्त्र, नेता तन्त्र, परिबारतन्त्र र लुटतन्त्रमा परिणत गरि जनताको स्बभिमान र सम्बृद्धिको सदियौ पुरानो उत्कट चाहाना माथि सामुहिक बलात्कार गरिरहेको बेला पुराना वा नयाँ दलको बीचको भेद किलियर गर्दै बस्ने कि ?

दलको माथिल्लो नेताले कुनै राजनितिक पद/नियुक्ती दिई हाल्छ की भनेर कुकुरले हड्डी कुरेर बसेझै बस्ने की ? वाआफ्नो दासत्वको कारणले पार्टी र नेताको अझै पनि झोले हुने ? कि त्यो भन्दा माथि उठेर आम सर्बसाधारण नागरिकको तह बाट सचेत प्रकारको पहल लिदै बिधमान राज्य शत्ता र त्यसका हिमायती हरुका बिरुद्ध बैचारिक संघर्षको बिगुल फुक्ने र नयाँ युग र समाजले पैदा गरेका सबै प्रकारका चुनौतिहरुको बिबेक सम्मत ढंगले समाधान खोज्ने ?र देशका आम निराश भएका मानिसहरुलाई उत्साहित बनाउने र अगाडी बढ्ने ?आज मुलुकका अगाडि खडा भएको यक्ष प्रश्न यही हो ।

पार्टी बनाउन किन नसकेको ?
हामीलाई यश बीचमा कैयौं साथीहरूले होइन, तिमीहरू नयाँ कुनै नयाँ दलमा मिसिने बा त्यो नसक्ने भए नयाँ दल बनाउन छोडेर फेरि यो नागरिक पहिलो के भनेको बा के भन्न खोजेको भनेर प्रश्न गर्नु भएको छ । यस्तो कुराको मैले सिर्फ: दुई बटा कुरा गरेर छोटकरीमा उत्तर दिनु सही हुनेछ: जहाँ सम्म उहाँहरुकै शब्दमा “ तिमीहरू कुनै नयाँ दलमा मिसिने गरे हुने बा नयाँ दल खोले हुने भन्ने प्रश्नको जबाब माथि नै दिइसकेको छु ।

तैपनि नयाँ दल खोले हुन्न भन्ने प्रश्न छ , त्यस बिषयमा हाम्रो स्पष्ट मत के छ भने अहिलेको देशको संघिय संसदमा रहेका परम्पराबादी संसदबादी राजनैतिक शक्तिहरु प्रायः सबै जसो सबै राज्यशत्ताको सामुहिक बलात्कारमा उत्रिएको र उनको प्रतिवाद गर्ने त्यस प्रकारको भरपर्दाे संस्था देशभित्र नरहेको अवस्था, यसले आम जनतामा इतिहासकै अभुतपुर्ब र असाधारण निराशा थपेको , राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुमा देखिएको बैचारिक सुन्यता , प्रगतिशील शक्तिको देशको कार्यपालिका ,न्यायपालिका , बेबस्थापिकाका अलावा देशको शैक्षिक क्षेत्र, विकास निर्माणका अड्डाहरु, सामुदायिक वन, समाजका स्थानीय स्तरमा रहेका संघसंस्थाहरु प्राय सबै क्षेत्रमा देखिएको वैचारिक रिक्तता, सामाजिक तथा धार्मिक सद्भाव बिग्रदै गएको र निर्वाचन आयोगमा सबासय भन्दा बढी दलहरु दर्ता भइ देशका विभिन्न भागमा पसल खोलेर आम नागरिकको जीवनमा थप निराशा सिबाय अरु केही डेलिभरी गर्न नसकेको यस्तो अवस्थामा मार्केटमा थप एक थान राजनैतिक पसल खोल्नु कुनै पनि अर्थमा बुद्धिमानी काम हुदैन र अहिले त्यसको आबस्यकता पनि होइन ।

र , इतिहासको रथ हाम्रो मनोगत लहड , ब्याक्तिगत शनक बा नेता बन्ने रहरले मात्रै अगाडि बढदैन त्यसका निम्ति आत्मगत ,बस्तुगत परिस्थितिको बीचमा उचित प्रकारको तालमेल र तादम्यता मिल्नु प्रर्दछ । माथि पहिला नै भनियो – यतिबेला नेपाली समाजमा देखा परेका राजनैतिक ,सामाजिक ,आर्थिक , सांस्कृतिक मात्रै होइन , मनोबिज्ञान र मनोदशा लगाएतका सबै प्रकारका समस्याहरुको निकास हिजोका हाम्रा विभिन्न राजनैतिक दल, सामाजिक संघसंस्था बा पेशा ब्याबसाय बा स्कुल ,कलेज बा देश बिदेशमा रहेका युनिभर्सिटीमा विभिन्न समयमा आर्जन गरेको पुरानो ज्ञान र हिजोका लिगेशीको त्यान्द्रो समातेर हल हुन सक्दैनन् । त्यस प्रकारको ज्ञान बास्तबमा: डेट एक्पाएर ज्ञान हो ।

आज , हाम्रो परिबार वा वरिपरिको छरछिमेक समाज, र देशमा बर्गेल्ति जम्मा भएका समस्याहरुको हल गर्न का निम्ति हामीलाई आजकै ताजा तर डेटाबेश ज्ञानको आबस्यकता हुनेछ । यसर्थ यतिबेला हामी हाम्रा पुराना सबै प्रकारका लिगेशी र बुग्राहरु भत्काएर आगो लगाएर मात्रै होइन , पहिले आफै आमनागरिक बनेर बहुसंख्यक आम नागरिकका बीचमा जाने इतिहासकै एउटा कठोर निर्णय गरेका हौ । तर ,यसको मतलब यो होइनकि हामीले कहिल्यै पनि राजनैतिक दल बनाउने छैनौ र स्वतन्त्र नागरिक जीवन नै बिताउने छौ । राजनैतिक दलको गठन र घोषणा का निम्ति हामीले हाम्रो अभियानको घोषणा पत्रमा स्पष्ट भनेका छौ: – “ आजका सबै खाले संकट र समस्या समाधानका लागि पहिलो सर्त हो: राजनीतिक पुनः गठन ।बिधमान राजनीति ,राजनैतिक दल ,बिचार ,ऐजेण्डा ,नेतृत्व ,राजनीति संस्कार र सांस्कृतिकमा परिवर्तन नगरी हामी अगाडि जान सक्ने देखिदैन ।

जगजाहेर छ, राजनीति पद,प्रतिष्ठा र अबसरको आकासे खेती होइन ,यो एक निष्ठा ,सेबा र साधना हो ।राजनीति , राजनीति कर्मि हरुको करियर र बृत्तिबिकाश संङ्ग होइन,जनताको जीवन र राष्टको कार्यभार संङ्ग जोडिएको हुनु प्रर्दछ ।अतः हामी राजनीति लाई बिचार ,निष्ठा र मूल्य मान्यता सहितको एक संकल्प , एक प्रतिबद्धता र एक अभियान मान्दछौ ।हामी राजनीतिको केन्द्रमा नागरिक ,नागरिक अधिकार ,नागरिकका सपना र सन्तानको भबिश्य हुनुपर्छ भन्ने ठान्दछौ ।अर्थात नागरिक केन्द्रित राज्य,नागरिक केन्द्रित अर्थब्यबस्था ,नागरिक केन्द्रित सामाजिक – सांस्कृतिक र नागरिक केन्द्रित बिदेश समन्ध हाम्रो अभियानको दृष्टि बिन्दु हो ।

अहिलेसम्म राजनीति र राज्यको केन्द्रमा सिर्फ: नेता ,गुट र अमुक दलहरु रहदै आएका छन । शत्ता प्राप्ति नै राजनीतिको केन्द्र बन्यो ।त्यसैले नागरिक सधै किनारमा परे । अत: हामी राजनीतिको केन्द्रमा नागरिकलाई देख्न चाहान्छौ । हामी राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने ठान्दछौ र यो सिद्धान्त लाई स्थापित गरेर मात्रै समस्याको निदान संभब छ भन्ने कुरामा बिश्बास गर्दछौ । “ भनिएको छ ।

नागरिक अभियान: राज्यबाद विरुद्ध एनटी स्टाटेजी परियोजना

इतिहासमा राज्यशत्ताको प्रादुर्भाव संङ्गै राज्य र नागरिक एक अर्को संङ्ग अन्तरसम्बन्धित र अन्तरबिरोधी रहदै आएका छन । नागरिकले आफ्नो काम आफै गर्न नभ्याउने भएकोले नै राज्यशत्ता खडा गरेको हो ।नागरिकको समस्या हरुको बेबस्थापन गर्ने कमिन्टमेन्ट गरेर बनेको राज्य शत्ता कालान्तरमा प्रकारान्तरले एउटा निश्चित बर्गको पक्षमा खडा हुन पुग्यो ।त्यही बिन्दु बाट दुनियाँ भरी नै सामाजिक विभेद र भेदभाव मात्रै अन्याय ,अत्याचार र शोषण र दमनको श्रृङखला सुरु भएको हो ।

त्यसरी जनताले आफ्नो निम्ति खडा गरेको राज्यशत्ताले।श्रर्म गर्ने मेहनतकश बर्ग लाई शोषित र श्रर्म नगर्ने कामचोर बर्ग लाई शाषक बनाउदै लग्यो , ठिक यही बिन्दु बाट नागरिक र राज्य शत्ता लाई एक अर्को संङ्ग अलग थलग बनायो ।जबजब , नागरिकले राजनैतिक ,आर्थिक ,सामाजिक बा सांस्कृतिक अधिकारीका लागि संघर्ष गरे तबतब राज्य शत्ता बाट हुने दमनले नागरिक र राज्य शत्ता लाई एक अर्को बाट धेरै टाढा पुर्यायो । राज्य र नागरिक एक अर्को संङ्ग अन्तरसम्बन्धित हुदाहुदै पनि नागरिक र राज्य बीचको अन्तरबिरोध अहिले उत्कर्षमा रहेको छ । त्यसको प्रतिफल स्बरुप ः समाज , दास युग र समाजबाट सामन्तवादी युग र समाजमा ,सामन्तवादी युग र समाजबाट पुंजिबादी युग र समाजमा , पुंजिबादी युग र समाजबादी युग र समाजमा प्रबेश गर्नका लागि लालायित रहेको छ । बितेका सबै प्रकारका युग र समाज हरुमा राज्य शत्ताको सम्पूर्ण चरित्र बर्गिय सोच सहितको रहदै आएको छ ।

यसको मुख्य श्रोत समाजको साझा पुंजिमा ब्याक्तिगत अधिकार हुनु हो ।राज्यको साझा पुंजि ब्याक्तिगत स्बार्थमा प्रयोग हुदा त्यस प्रकारको परिस्थितिमा नागरिक चुप लागेर बस्दैन ,त्यहाँ भिडन्त हुन्छ । मानव समाजको प्रथम चरणमा राज्य शत्ताले प्राथमिकता पाएको थियन ।जस लाई हामीले आदिम साम्यवादी युग र समाज बा ढुङ्गे युग भन्ने गर्दछौं ।आदिम साम्यवादी बा ढुङ्गे युग लाई छोडेर बाकी सबै प्रकारका युग र समाज हरुमा शत्ताको सोच र चरित्र हमेशा बर्गिय रहदै आएको छ ।मानव समाजको प्रारम्भिक चरणमा समाजको पुंजिमा ब्याक्तिगत स्वामित्व थियन ।समाजको साझा पुंजिमा ब्याक्तिगत स्वामित्व नभएकोले त्यस प्रकारको समाजमा राज्य शत्ताको आबस्यकता रहन गएन ।

राज्य शत्ता नै नभए पछि त्यस प्रकारको समाजमा कुनै राजनैतिक दल, नागरिक समाज, मानव अधिकारबादी संङ्गठनको आबस्यकता नै परेन ।राज्य शत्ताको मुलआधार: राज्यको उपरी संरचना र आर्थिक बेबस्था हरु नै नभए पछि त्यस प्रकारको समाजमा शान्ति ,मानव अधिकार बा स्बभिमान बा समृद्धि को प्रश्न नै हुने कुरा भएन । त्यो बेलाका मानिस हरुले प्रकृति माथि आस्था राख्दथे । त्यस्तो समाजमा प्राकृतिक प्रकोब, भबितब्य बा जैबिक प्रकोप जस्ता समस्या हरु नै मानव जाति माथि आइपर्ने बिपत्ति हरु थिय । त्यस प्रकारका घटनाक्रम हरु लाई उनी हरु प्रकृतिको उपज ठान्दथे । आदिम बा ढुङ्गे युग र समाजमा कृषि , ब्यापार ,बस्ती बिकाश ,धर्म र जातिपाति जस्ता विभेद हरु थियनन ।

मानिस मानिस बीचको सहकार्य धेरै सजिलो थियो ।खासमा श्रर्म बिभाजनको प्रक्रिया संङ्गै शत्ताको भुर्णले मौलाउने मौका पाएको हो । आगोको अबिष्कारले मानिसले हथियार परिमार्जन गर्याे । मानिसले पकाएर खान थाल्यो । आबाशको प्रबन्ध हुन थाल्यो ।कबिलाइ समाजमा नियमितरूपमा आपसी संघर्ष बेबस्थापन का निम्ति सुरक्षा बेबस्थापनको प्रबन्ध गर्न थालियो ।प्राकृतिक प्रकोप संङ्गै हिंसक जङ्गलि जनाबर हरु बाट वचन ÷ जोगिनका निम्ति मानिस हरु गुफा बाट बस्तीमा बसाइँसराइ गर्न थाले । कृषि , ब्यापार र ब्याबसाय को बढदो प्रगति संङ्गै त्यसको संतुलन कायम राख्न सामाजिक नियम र संयन्त्र हरु बन्न थाले ।

ठिक त्यसै गरि लागू गर्ने गराउने संयन्त्र हरुको पनि बिकाश भयो । त्यही संयन्त्रको परिचालक कालान्तरमा शाषक भयो । आदेश पालक बास्तबमा शोषितमा दर्ज भयो ।जबजब आदेश पालक बा आम नागरिकले शाषनमा आफ्नो अधिकार खोज्यो , तबतब , त्यहाँ युद्ध भयो । लाखौं करोडौं मानिस हरु मारिए । त्यसको जबलन्त उदाहरण हो: देबासुर सग्राम , धार्मिक युद्ध हरु , आधुनिक युग र समाजमा भएका प्रथम र दोश्रो युद्ध मात्रै होइन ,अहिले भइरहेका रुस युक्राइन बा इजरायल प्यालेस्टाइन जनयुद्ध हरु । इतिहास बा बर्तमानमा भएका बा भइरहेका सबै प्रकारका युद्ध बा संघर्ष हरुमा बिजयपक्षका इतिहास लेखिन्छन । स्तुतिगान गाइन्छ ।धार्मिक गरन्थ हरु बन्छन । पराजित हरु लाई दास बनाइन्छ ।केही लाई युद्धमा मारिन्छ । केही लाख मानिस हरु लाई नोकर बनाइन्छ । बचेखुचेका बिरोधी पक्षलाई राक्षसले परिभाषित गरिन्छ ।

त्यसरी मानिस द्रारा मानिस माथि हुने शोषण ,दमन , अन्याय बा अत्याचार लाई पहिले धर्म,पछि बिस्तारै न्याय , राष्ट्रियता र मानव अधिकारको दुहाइ दिन थालिएको भए पनि बितेको पाँच हजार बर्ष यताको सम्पुर्ण इतिहास शाषक बर्गको इतिहास हो । यसमा नागरिकको इतिहास कहीँ पनि जोडिएको पाइदैन । नागरिक हरु लाइ पहिले दास, रैती ,प्रजा र लोकतन्त्रमा सिर्फ: मतदाताको स्तरमा सिमित गरिएको पाइन्छ।

निष्कर्ष

उपरोक्त प्रकारको देशको राजनैतिक ,आर्थिक , सामाजिक र सांस्कृतिक पृष्ठभूमिमा हाम्रो अभियानको केन्द्रीय घोषणा – पत्र का अलावा प्रेस बिज्ञप्ति मार्फत पनि धेरै कुरा सार्बजनिक भइ सकेको सन्धर्बमा यहाँ धेरै कुरा नगरीकन म यश लेखलाई यही बिट मार्नु अगाडि यति कुरा राख्नु सान्दर्भिक नै ठान्छु कि: बिश्व प्रसिद्ध भारतीय लेखक शिव खेडाले भने जस्तै – “ दुनियाँका कुनै पनि मानिस हरु कुनै नयाँ काम गरेर सफल भएका होइनन/हुदैनन् , बरु उनी हरु केही नयाँ तरिकाले काम गर्दछन र सफल हुन्छन् । “ भन्ने तरिका लाई आत्मसात गर्दै हामी यतिबेला आम नेपाली जनता लाई ,पथ भष्ट राज्य शत्ताका बिरुद्ध पथ तर , स्बभिमान र सम्बृद्धि को प्राप्तिको निम्ति बिद्रोह को अपिल गर्न बिबश छौ । -(लेखक खनाल नागरिक पहिलो (People Frist) नेपालका केन्द्रीय कार्यदलका सदस्य हुन् ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।