ताजा अपडेट »

राजनीतिक अनिष्टताको संकेत

आइतबार, १७ मंसिर २०८०, १५ : ५९
61 Shares

नेपालको राजनीति दिनप्रतिदिन गलत दिशा तर्फ उन्मुख हुँदै गईरहेको छ । वर्तमान समयमा देखिएका तमाम समस्याका कारण आम जनसमुदायमा नकरात्मक प्रभाव बढदै गईरहेका छन्। आन्दोलन र प्रर्दशनले राजकीय सत्ता, अखण्डता र सावैभौमिकता माथी समेत खतरा उत्पन्न गरेको छ । हुन त २०७२ असोज ३ गते संविधान घोषणा पश्चात केही राजनीतिक शक्ति र केही राजनीतिक व्यक्तिले समेत संविधान प्रति फरक मत दायर गरेका थिए । त्यो झिनो फरक मत बढ्दै गए जस्तो देखिन थालेको छ ।यसले राजनीतिक अनिष्टताको संकेत उद्धत गरेको छ ।

अहिले देशव्यापि रुपमा संघियलोकतान्त्रिक गणतन्त्रका बिरुद्धमा आवाज ब्यापक रुपमा उठ्न थालेका छन । राजनीति अन्यौल देखिन्छ, आर्थिक गतिविधिमा पनि मन्दी छाईरहेको छ । सामाजिक समन्वात्मक संस्कृतिमा बिचलन उत्पन्न भएको छ । प्रविधि तथा सूचना प्रवाहका क्षेत्र अराजक भएका छन् । जनतालाई सहि सुचना प्रधान गर्ने पत्रपत्रिका, अखबार, रेडियो, टेलिभिजन जस्ता श्रब्य दृश्य सामाग्रीमा उदण्डवाद हावी छ । सहि के गलत के आम नागरिकले छुट्याउन पाएका छैनन् । सरकारले नियमनको पाटोलाई प्रभावकारी बनाउन सकेको छैन्। जनता राजनीतिक प्रवृति र नेतृत्व पङ्तीको व्यवहार कार्यसम्पादनबाट सन्तुष्ट देखिदैनन् । यो अवस्थामा मुलुक कता जाँदै छ भन्ने चिन्ता सबैमा प्रगाढ भएर प्रस्तुत भएको छ ।

पछिल्लो केही समययताका घटनाक्रमहरु शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, नागरिक बचाउ आन्दोलन जस्ता आन्दोलन तपाई हाम्रा बिचमा छन् तर उनीहरुका मागहरु मध्य केही निकायका माग क्षणिक रुपमा सम्बोधन भएपनि दिर्घकालिन रुपमा सम्बोधन हुने संकेत देखिदैँन किनकी बजेटको ठुलो हिस्सा त्यहाँ खर्चहुने देखिन्छ । उत्पादनशिल क्षेत्र खस्किदै गएको अवस्थामा बिप्रेषण र दातृ सहयोगले कति दिन थेग्न सक्ला यो चिन्ताको विषय बनेको छ । यो जटिल परिस्थितीमा सरकार, राजनीतिक दल सचेत हुनुपर्नेमा सचेत र जिम्मेवार भएको देखिदैन । नागरिक बचाउँ आन्दोलनका अभियन्ता दुर्गा प्रसाईले व्यवस्था बिरुद्ध नारा घन्काईरहेका छन्। राजनीतिक बृतमा विभिन्न अवसरलाई उपभोग गर्दे विभिन्न राजनीतिक दल चाहारेका प्रसाई अहिले भने नागरिक बचाउँ आन्दोलनको नेतृत्व गर्दै ब्यबस्था बिरुद्धमा आवाज उठाईरहेका छन् ।

प्रसाईले जुन राजनीतिक बेतिथी र आर्थिक बेतिथीको विषयमा आवाज उठाईरहेका छन् यसलाई भने आम नागरिकले रुचाएका छन् । एक प्रकारले भन्ने हो भने यो सडकबाट जनअनुमोदित हुनु पर्ने विषय बनेको छ । केही राजनीतिक बृत तथा बौद्धिक व्यक्तित्वहरुले पने उक्त आन्दोलनको औचित्य माथि सहमती जाहेर गरेको देखिन्छ । यति बेला दुर्गा प्रसाई पुराना राजनीतिक दलका लागी घाँडो बनेका छन् । फिलहाल भने आन्दोलन सिथीलिकरण तर्फ उन्मुख छ । तर कुरा प्रसाईको मात्र होईन समस्या चौतर्फी उब्जीएका छन्। संविधानको वरखिलाप पुर्व प्रधानमन्त्री के.पी ओलीले संसद बिघटन गरेर विधि बिरुद्ध लाग्ने प्रयास गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदमै संवैधानिक राजसंस्थाको विकल्प खोजिनु पर्ने विषय बारम्बार उठाईरहेका छन् ।

संघियता खारेजीको विषय राष्ट्रिय जनमोर्चाले उठाइरहेको छ । सडकमा हिन्दु अधिराज्यको एजेण्डा स्थापित हुनुपर्ने मागसहित विभिन्नसमुह सक्रिय छन् । पुर्व तर्फका राईहरुको पहिचानको आन्दोलन उस्तै छ । केही महिना अघि नेपालगंजमा हिन्दु मुस्लिम बिचको झगडा निम्ताउने प्रयास पनि नभएको होइन । यो अर्थमा मुलुक सहि दिशा तर्फ गईरहेको छैन भन्ने कुरा प्रष्ट हुन्छ ।
जनताका अधिकारको संरक्षण गर्ने विधी संसद भएपनि संसद मिलीजुली खाने प्रपन्चको गठजोड बाहेक केही अर्को विकल्प देखिदैन ।

नयाँ रंग भरेर आएका केही झुण्डहरु जनताका उचित माग संग जोडिनु पर्नेमा सत्ताको भागबन्डा कसरी हत्याउन सकिन्छ भनेर लागी परेका छन् । यस अर्थमा अहिले राजनीतिक अवस्थाले तमाम देखिएका समस्या न त सडक देखि न त सदनदेखि सुल्झाउने अवस्था छ । कसरी मुलुक अघि जाला ? यो यक्ष प्रश्न आजका आम नेपाली जनताको प्रश्न बनेको छ । चौतर्फी रुपमा राज्यका संयमित अंग र नागरिक वर्गमा उत्तेजना र आवेग पैदा गरेको छ । नागरिक नेतृत्वमाआवेग छ विवेक छैन, अभिमान छ स्वाभीमान छैन यसले राष्ट्रियता र सार्वभौमिकता खतरामा पारेको छ।

निष्कर्षमा देखिएका तमाम समस्याहरुलाई हल गर्न एक उच्चस्तरिय सर्वसहमतिय गठजोड वा संयन्त्र आवश्यक छ । जसमा बौद्धिक समाज, राजनीतिक दल, संचारक्रमी, सुरक्षा संयन्त्रकाका उच्च पदस्थ कर्मचारी, अभियन्ता, परराष्ट्रविद, अर्थविद, लेखक, इतिहासकार, नागरिक समुह, संस्कृतिविद आदी ईत्यादीहरु । जसले नेपालको वर्तमान र भविष्यलाई मार्ग दर्शन गर्न सकोस् । विद्यमान समस्यालाई हल गर्ने योजना बुन्न सकोस् ।

नेपालमा कस्तो शासन प्रणाली निर्माण गर्ने, नेपालको भू–जटिलता, उत्पादनमुलक अर्थतन्त्र कसरी बढ्वा गर्ने, नेपालको परराष्ट्रनीति कस्तो बनाउने, यान्त्रिकरण र औधौकिरणका आन्तरिक संभावना कसरी बृद्धि गर्ने, रोजगार पर्वदन कसरी गर्ने, राष्ट्रप्रेम र देशभक्त नेतृत्व को बिकास कसरी गर्ने जस्ता रणनितीक उदेश्य सहितको संयन्त्र निर्माण गर्न सके मात्र मुलुकले स्थिरता र स्थायीत्व कायम गर्न सक्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।