ताजा अपडेट »

मौलिक पन्चेबाजा गित ‘पारिजातको बोट’ सार्वजनिक (भिडियोसहित)

बुधबार, ०६ मंसिर २०८०, १४ : ००
92 Shares

बुटवल । नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको ‘पारिजातको बोट’ बोलको गीत सार्वजनिक भएको छ ।

पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन भएको गीतमा खिमानन्द खरेल को शब्द र लय रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । गाउँघरमा गुन्जिने पञ्चेबाजाको स्वादमा तयार भएको यस गीतमा ईश्वर सिंह र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तीको यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ ।

सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई रेभेन्स म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=7sK3XIdNPfg
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।