ताजा अपडेट »

टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग कारण माग

मंगलबार, ०५ मंसिर २०८०, १७ : ३२
28 Shares

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएन ।

गत २७ गते बसेकाे  मन्त्रिपरिषद्को बैठकको निर्णयबाट भिडिओ‌ प्लाटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा  दर्जन बढी रिट परेकाे थियाे । सबै रिट खारेज गर्दै  अदालतले यस्ताे  आदेश जारी  गरेकाे हाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।