Nov 30, 2023
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका ७ भुजेलखर्कका चेतमान चुदरा पाँच दिनदेखि वेपत्ता भएका छ्न । ६२ वर्षीय चेतमान मङ्सिर १ गते साझदेखि घरबाट वेपत्ता भएको परिवारले बताएको छ ।
जताततै खोजतलास गर्दा पनि फेला नपरेपछि परिवारले संचार माध्यमको सहार लिन आएको परिवारका सदस्यहरुले बताए । फेला जो कसैले नजिकको प्रहरी कार्यालय वा निजको छोरा टीका रसाइलीको नम्बर ९८४७४३२२५८ मा जानकारी गराइँदिन परिवारले आग्रह गरेको हो ।
प्रतिकृया दिनुहोस्