१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरु एक हौं’- भन्ने नारासहित बुटवलमा नेवार समुदायहरुले नेपाल सम्वत् ११४४ मनाएका छन् । बुटवलका १५ वटा नेवा समितिहरुको संयुक्त आयोजनामा मँगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरि दिवस मनाएका हुन् ।

कुमारी, पंचकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित विशाल र्याली बुटवल-११ माझगाउँबाट सुरु भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक, देविनगर हुँदै पुन नेवा सेवा समितिको सचिवालय माझगाउँमै पुगेर समापन गरिएको थियो । नेवा सेवा: समिति माझगाउँका अध्यक्ष  चिरञ्जीवी श्रेष्ठले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जगेर्ना गर्दे उद्देश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । यसैगरी सचिव डिल्लीराम श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवार समुदायहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । 

र्यालीमा नेवा सेवा समिति, श्री नेवा पुच नेवा विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, नेवा मिसादवु बुटवल, नेवा समाज अर्घाँची रुपन्देही, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल ११, भिद्य नेवा समाज रानीगञ्ज, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल, गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर र भिन्धो नेवा पुचको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै