१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेपाल सम्वत ११४४ को पुर्वसन्ध्यामा सोमबार बुटवलमा वृहत सचेतनामुलक मोटरसाइकल रयाली निकालिएको छ । पुचको सचिवालय भवन रहेको शङ्खधर शाख्वाको मुर्तिमा पुजाआजा र माल्यापर्ण गरि सगुन र टिका लगाएर बाजागाजा, ब्यानरसहित निकालिएको रयाली ट्राफिकचोक, जलबिनायक, जितगढी, तामनगर, बुद्धनगर, योगीकुटी, रामनगर, दीपनगर, अमरपथ हुदै पुनः पुचको सचिवालयमा समापन गरिएको थियो ।

Advertisement

‘भाषा संस्कृति झिगु पौरख, नेपा सम्वत राष्ट्रिय गौरव’ नारा बोकेर साझा उदेश्यका साथ यहा रहेका १३ वटा नेवा समाज, खल, पुचका प्रतिनिधिहरु सम्बद्ध संस्थाहरुलाई एकतावद्ध गरि सहकार्यमा कार्यक्रमको शुरुवात भएको नेवा पुच नेवा विकास समितिका अध्यक्ष काजीमान श्रेष्ठले बताए । यसैगरि मुल दिवसको दिन मंगलबार पंचकन्या, कुमारी, बाजागाजा, झाकी, ब्यानरसहित विशाल रयाली निकालिने र शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार चिरञ्जीवी जोशीले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जग्रेना गर्दे उदेश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । भिमसेन नेवा गुठीका अध्यक्ष सहदेव श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवारहरु एकतामा जोड दिदै आएको पुर्खाको ईतिहास रहेको भन्दै रुपन्देहीमा नया शुरुवात भएको बताए ।

पुचका सचिव लक्ष्मी श्रेष्ठले कला, संस्कृति र संस्कारलाई जोगाउदै नया पुस्तामा सिकाउने रुपमा सामुहिक प्रयास गर्नुपर्ने बताईन । श्री नेवा पुच, नेवा समाज विकास परिषद, भिमसेन नेवा समाज, तिलोत्तमा नेवा मयजू खल, हुमिन नेवा पुच, नेवा पुच दिपनगर, नेवा पुच तामनगर, नेवा पुच बुटवल ११, भिद्य नेवा पुच, बुटवल नेवा समाज, नेवा सेवा समिति बुटवल,गणेश नेवा समाज मझगाउ, नेवा संस्कृति संरक्षण समिति देवीनगर, भिद्य नेवा समाज बुटवलको सहकार्यमा यो वर्ष सामुहिक दुई दिने कार्यक्रम गर्ने भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री