ताजा अपडेट »

रुपन्देहीको ओमसतियाबाट २ लाख बराबरको अवैध मिठाई बरामद

आइतबार, २६ कार्तिक २०८०, २१ : ५०
54 Shares
आइतबार, २६ कार्तिक २०८०
54 Shares

बुटवल । भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको हो ।

भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५२ कार्टुन चकलेट तथा मिठाई बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । अन्दाजी मुल्य १ लाख ९० हजार बढीको मिठाइजन्य खाद्य पदार्थ आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।