१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । बुद्व सामुदायिक वन उपभाेक्ता समूह देवदहकाे १२ ओैं वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ । वार्षिक साधारणसभामा समूहका अध्यक्ष टेकबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षकाे याेजना तथा कार्यक्रम पेस गरेका थिए ।

Advertisement

समूहकी सचिव राधिका कुमारी अर्यालले गत आर्थिक वर्षकाे आर्थिक प्रगति प्रतिवेद र  यस वर्षका लागि करिव डेढ कराेड बराबरकाे अनुमानित वजेट पेश गरेकी थिईन । सभाकी प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङले बुद्व सामुदायिक वनले देवदहलाई देश र विदेशसम्म चिन्ने गरि पर्यापर्यटन विकासका लागि राष्ट्रिय गाैतमबुद्व उद्यान बनाएकाेमा खुसी प्रकट गरिन् । समृद्ध नगर, सुखी नगरबासी बनाउने अभियानमा बुद्व सामुदायिक वनकाे याेगदान अतुलनीय रहेकाे उल्लेख गर्दै फाेहाेर व्यवस्थापन,वातावरणीय सरसरफाइ,आयमुखी क्रियाकलापमा जाेड दिएकाेमा वनप्रति आभार प्रकट गरिन् ।

सभाका विशिष्ट अतिथि एवम् नगर प्रवक्ता गणेश डुम्रेले वनका ढलापडा कुहिएर जाने तर स्थानीयले प्रयाेग गर्न ऐन बाधक रहेका समस्याले देवदह नगरले छिट्टै स्थानीय वन ऐन, कानून,नियमावली ल्याउन थालेकाे बताए । साथै वनले वनउद्यममा ध्यान पुराउनु पर्ने बताए ।

उक्त सभामा वडा नं. ६ का वडाध्यक्ष खेमबहादुर थापाले वनलाई आर्थिक उपार्जनकाे बाटाे बनाउनु पर्नेमा चर्चा गरे । साे सभामा विशिष्ट अतिथिका रुपमा रहेका सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले वनप्रतिकाे निर्भरता घटाउँदै हरिया वनबाट हरिया नाेट आम्दानी गर्न सकिने वैधानिक उपाय र बाटाका बारेमा जानकारी गराए । स्थानीय वनलाई उद्यमसँग जाेड्न सीपमूलक काममा वन लाग्नु पर्ने सुझाए । उक्त सभामा देवदह सब डिभिजनल वनका अधिकृत मुसाफिर भगत,खेमनारायण अधिकारी,यमलाल तिवारी,सन्ताेष भट्टराई,थमनसिंह गुरुङ लगायतले बुद्व सामुदायिक वनका काम प्रशंसनीय र प्रभावकारी रहेकाे बताए ।

वार्षिक साधारणसभाका अवसरमा समूहले ८० नाँघेका आफ्ना ज्येष्ठ उपभाेक्ताहरुलाई दाेसल्ला तथा नगदले सम्मान गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर