ताजा अपडेट »

सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षामा समस्या

मंगलबार, २१ कार्तिक २०८०, १० : ५५
44 Shares

नेपालका सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न अत्यन्तै धेरै चुनौती रहेको छ ।ग्रामीण क्षेत्रमा त झन पुर्वाधारको अभावले सामुदायिक विद्यालयहरुले धेरै नै चुनौती भोग्नु परिरहेको छ।ग्रामीण क्षेत्रका बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न गार्‍हो छ,सुरक्षित बाटोघाटो छैन खोलाखोल्सीमा पुलपुलेसा बनेका छैनन,जनतन लड्दै घिर्सिदै विद्यालय पुगिहाले भने पनि शुद्ध खानेपानी, सरसफाइ,शौचालय आदि धेरै आधारभूत सुविधाहरु उपलब्ध छैनन यसदेखी बाहेक विद्यालयमा कर्मचारीको कमि छ,योग्य शिक्षकको अभाव छ।

पछिल्लो वर्षहरुमा सामुदायिक विद्यालयहरुको लागि सरकारी अनुदानमा वृद्धि,शिक्षक कोटामा थप, शिक्षकहरुलाइ तालिम,प्रशिक्षण आदि जस्ता कार्यक्रममा वृद्धि गरेर शिक्षा प्रणालीलाई सुधार गर्ने प्रयास त गरिएको पाइन्छ तर सामुदायिक विद्यालयहरुमा अझै धेरै चुनौतीहरु विद्यमान छन् ।यसका साथै  कोभिड-१९ को विश्वव्यापी महामारीले नेपालको शिक्षा प्रणालीलाई थप ध्वस्त बनायो।कोभिड-१९ को समयावधिमा लामो समय विद्यालय बन्द भए,विद्यालय बन्द रहदा धेरै विद्यार्थीहरु अध्ययनबाट बंचित भए। हुन त महामारीले नेपालमा डिजिटल प्रविधिलाई परिचित गराएको थियो।तर न्यून आय भएका गरिव परिवारका धेरै विद्यार्थीहरु ईन्टरनेट र डिजिटल उपकरणको अभावले अनलाइन कक्षामा सहभागी हुन सकिरहेका थिएनन।

शैक्षिक प्रणालीमा सुधार ल्याउन सरकारद्वारा गरिएको प्रयासका बाबजुद पनि धेरै सामुदायिक  विद्यालयहरु राम्रो,गुणस्तरीय र आकर्षक शिक्षा प्रदान गर्न सकिरहेका छैनन।जनतन चलाइएको शिक्षण सिकाइ प्रक्रियाबाट विद्यार्थीहरुको शैक्षिक उपलब्धि कम्जोर हुन्छ।कम्जोर शिक्षण सिकाइ क्रियाकलापबाट  प्राप्त डिग्रीले भविस्यमा सकारात्मक प्रतिफल दिदैन।

सरकारले शिक्षा प्रणालीमा सुधार ल्याउने उदेश्यले शिक्षा सम्बन्धि थुप्रै नीति तथा कार्यक्रमहरु लागू गरेको छ। नेपालमा कार्यरत गैरसरकारी संघ संस्थाहरुले पनि विद्यालय तथा विद्यार्थीहरुलाइ सहयोग पुर्‍याइरहेकाछन।विद्यालय भन्दा माथिल्लो तह उच्च शिक्षामा छात्रवृत्ति तथा निशुल्कबृत्ती प्राप्त गर्न पनि सामुदायिक विद्यालयहरुबाटै विद्यालय तहको कक्षा उतिर्ण हुनुपर्ने प्रावधानले विद्यार्थीको आकर्षण त बढेको छ त्यस्तै संस्थागत विद्यालयहरुले विभिन्न शीर्षकमा विद्यार्थीहरुबाट चर्को शुल्क असुल्न थालेकोले चर्को शुल्क तिर्न नसक्ने अभिभावकहरुले बाध्य भएर आफ्ना बालबच्चाहरुलाइ सामुदायिक विद्यालयहरुमा लैजान थालेको पाइन्छ। यी कारणले गर्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना संख्या त बढेको छ। तर केही केहि सामुदायिक विद्यालयहरुले त आकर्षक शिक्षा प्रदान गरिरहेको पनि पाइन्छ, यी विद्यालयहरुले शिक्षकहरुलाइ प्रोत्साहन बापत केही थप सुविधा दिएर मनोबल बढाएर कडा मिहिनेत पनि गराइरहेको पाइन्छ।शिक्षण सिकाइ पद्धतिमा उल्लेख्य सुधार ल्याएका पनि छन।तर पनि अधिकांश सामुदायिक विद्यालयहरुले आकर्षक शिक्षा उपलब्ध गराउन सकिरहेका छैनन।व्यवस्थापन पक्ष पनि कम्जोर छ,अधिकांश सामुदायिक विद्यालय लथालिङ्ग अवस्थामा जनतन संचालनमा छन।

समग्रमा भन्दा नेपालको शिक्षा प्रणालीमा केही सुधारका प्रयासहरु नभएका होइनन, निरन्तरको लगानी, सहयोग, अनुगमन र निगरानीले नेपालको शिक्षा प्रणालीलाई सुधार त ल्याएको छ तर आशा गरेर अनुसार प्रर्याप्त परिणाम दिने गरि सुधार हुन सकिरहेको छैन। सुधार हुने गति अत्यन्तै झिनो छ । शिक्षामा सुधार ल्याउने प्रयास नगण्य रूपमा  सफल पनि भएको छ।तरपनि नेपालका अधिकांश सामुदायिक विद्यालयहरुले थुप्रै चुनौतीहरुको सामना गरिरहनु परेको छ।

यसै सन्दर्भमा यस लेखमा  बुटवल उपमहानगर पालिका भित्र संचालित सामुदायिक विद्यालयहरुको  अवस्थाबारे छोटो अध्ययन गर्ने प्रयास गरिएको छ।बुटवल उपमहानगरपालिका भित्र ३९ वटा सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन।यी सबै सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था एक नासको छैन।सरकारद्वारा प्रदान गरिने अनुदान, तालीम,प्रशिक्षण,साधनस्रोतको विनियोजनमा  भिन्नता,शिक्षक दरबन्दी, सरुवा,पदस्थापना आदिमा गरिएको विभेदको कारणले शैक्षिक गुणस्तरमा पनि व्यापक भिन्नता पाइन्छ।

बुटवल उपमहानगर पालिकाभित्र एकदम थोरै विद्यालयहरुको शैक्षिक अवस्था राम्रो देखिन्छ ।बुटवल नगरभित्रका सामुदायिक विद्यालयहरुमा कालिका मानव ज्ञान मा वि, कान्ति मा वि र नवीन औद्योगिक मा विको शैक्षिक अवस्था राम्रो मानिन्छ।ती विद्यालयहरुमा विद्यार्थीको भर्ना चाप उच्च छ,नेपाल भरीका सामुदायिक विद्यालयहरुको विद्यार्थी भर्ना संख्यालाई आधार बनाउने हो भने कालिका मानव ज्ञान मा वी पहिलो स्थानमा छ भने चौथो कान्ति मा वि र पांचौ नवीन औद्योगिक मा वि रहेको छ।

बुटवल उपमहानगरपालिका अन्तर्गत  सामुदायिक विद्यालयहरुको कुल विद्यार्थी संख्या ३०,१३७ जना मध्ये यी तीन विद्यालयहरुमा विद्यार्थीहरुको भर्ना संख्या  १८,०८१ जना रहेको छ।यो संख्या कुल विद्यार्थी संख्याको झन्डै दुई तिहाई हुन आउँछ।,बांकी रहेका ३६ वटा सामुदायिक विद्यालयहरुमा १२,०५६ जना मात्र विद्यार्थी भर्ना भएको छन।विद्यार्थी संख्या धेरै भएका ती तीन विद्यालयहरुमा विद्यार्थी भर्ना पाउन मुस्किल पर्द्छ,नयाँ विद्यार्थी भर्ना गर्नुपरे सोर्सफोर्स नै लगाउनुपर्छ ।यी विद्यालयहरुको शैक्षिक,भौतिक,आर्थिक अवस्था राम्रो छ,प्रशासनिक व्यवस्थापन कुशल छ।यी विद्यालयहरुबाट विद्यालय तहको कक्षा उतिर्ण भै निस्किएका विद्यार्थीहरुले एमविस, इन्जिनियरिङ, नर्सिङ अध्ययन गर्न छात्रवृत्ति प्राप्त गर्न सफल भइरहेका छन,विदेशी विश्वविद्यालयहरुमा समेत छात्रवृत्ति प्राप्त गरि अध्ययन गर्न अवसर पाएका छन।  बुटवल-५ मा अवस्थित ज्ञानोदय मा विले पनि आफ्नो भैतिक, प्रशासनिक र शैक्षिक अवस्था विस्तारै सुधार्दै लगिरहेकोले विद्यार्थी आकर्षण त बढ्दो छ तर यस विद्यालयले शैक्षिक गुणस्तर बढाउन अझ धेरै मिहिनेत गर्नुपर्ने छ साथै उत्कृष्ट तीन विद्यालयहरुको दांजोमा पुग्न अझ धेरै मिहिनेत परिश्रम र त्याग  गर्नुपर्नेछ।

बुटवल उपमहानगरपालिका अन्तर्गत संचालित ३९ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन बाहेक  बांकी रहेका ३६ वटा विद्यालयहरु मध्ये कतिपय विद्यालयहरुमा त विद्यार्थी भर्ना संख्याअत्यन्तै न्यून छ,यी विद्यालयहरुले आफुसंग भएको शैक्षिक जनशक्ति र भौतिक क्षमता उपयोग गर्न पाइरहेका छैनन।तसर्थ विद्यार्थी संख्या न्यून भएका, विद्यार्थीहरुको आकर्षण कम भएका, शैक्षिक गुणस्तर ,प्रशानिक कुशलता र व्यवस्थापन पक्ष कम्जोर भएका सामुदायिक विद्यालयहरुलाई सुधार गर्न नितान्त जरुरी छ,यस्ता विद्यालयहरुको शैक्षिकअवस्था सुधार गर्न सकेको खण्डमा घरबाट नजिकै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ, शैक्षिक गुणस्तरमा सुधार गर्न सकेमा राम्रो र गुणस्तरीय शिक्षा प्राप्तिका लागि घर भन्दा टाढा बस वा अन्य सवारी साधन प्रयोग गर्नुपर्दैन यसबाट समयको बचत हुन्छ,सवारी साधनको चापमा कमि आउछ्, पेट्रोलियम पदार्थको खपतमा कमि आइ प्रदुषण तथा दुर्घटनामा न्यूनीकरण हुन्छ यसदेखी बाहेक विभिन्न प्रत्यक्ष एवं परोक्ष फाइदाहरु प्राप्त गर्न सकिन्छ।तसर्थ बुटवल नगरभित्रका मात्रै नभइ नेपालका सम्पुर्ण सामुदायिक विद्यालयहरुको क्षमता अभिबृद्वी गरि गुणस्तरीय शिक्षा प्रदान गर्न नितान्त जरुरी छ।तर यसो गर्न किन सकिरहेको छैन ?यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण  किन गइरहेको छैन ? चासो किन भइरहेको छैन? सबै भन्दा गहन र महत्त्वपूर्ण सवाल यो हो किनकि राज्यको प्राथमिकतामा शिक्षा पर्न सकेन । शिक्षाकर्मिहरु माथी सरकारद्वारा अत्यन्तै धेरै विभेद गरिएको छ।शिक्षकहरुलाइ दोस्रो दर्जाको नागरिकको रूपमा व्यबहार गरिएको छ।

नेपालका सामुदायिक विद्यालयहरुमा धेरै समस्याहरु विद्द्यमान छ्न। सामुदायिक विद्यालयहरुले सामना गरिरहुनुपरेका ती समस्या / चुनौतिहरु अर्थात सामुदायिक विद्यालयहरुले गुणस्तरीय र आकर्षक शिक्षा प्रदान गरि अभिभावक र विद्यार्थीहरुको आकर्षण थलो बनाउन नसक्नुको प्रमुख कारक तत्वहरु निम्न छन।

१)योग्य,कुशल, क्षमतावान र प्रविधिमैत्री शिक्षक/शिक्षिकाको व्यवस्था गर्न नसक्नु।

२विद्यालयमा साधनस्रोत र पुर्वाधारको अभाव हुनु।

३ संस्थागत विद्यालयहरु सरह अङ्ग्रेजी माध्यमद्वारा कक्षा संचालन गर्न नसक्नु। 

४)कुशल,योग्य,शैक्षिक छविको प्रशासक/प्र अ (व्यवस्थापक)को नियुक्ति गर्न नसक्नु ।

५ )विषयगत शिक्षक तालिम तथा प्रशिक्षणको कमि।

६)शिक्षक/शिक्षिका नियुक्ति,पदस्थपना र सरुवामा निष्पक्षताको कमि ।(आर्थिक र राजनीतिक चलखेल बढ्तै हुनु।)

७)विषयगत शिक्षकको दरबन्दि नहुनु।

८)स्वरोजगारमुलक व्यवसायिक तथा प्राविधिकधारको  कक्षा संचालन गर्न नसक्नु।

९) शैक्षिक सामाग्रीको अभाव हुनु।

१०)चरम राजनीतिक हस्तक्षेप हुनु।

११) दण्ड तथा पुरस्कारको व्यवस्था कार्यान्वयन गर्न नसक्नु।

१३) शिक्षकहरुलाइ उत्प्रेणा,प्रोत्साहन वा मनोबल बढाउन  नसक्नु।

१४)आकर्षक विद्यालय परिसर,भवन र कक्षाकोठाको व्यवस्था गर्न नसक्नु।

१५)सामुदायको चासो कम देखिनु।

१६) विद्यालयमा आवश्यक मात्रामा कर्मचारीको व्यवस्था गर्न नसक्नु।

१७)पुस्तकालय,प्रयोगशाला ,शुद्ध पिउने पानी सरसफाइ,शौचालय आदिको व्यवस्था नहुनु।

१८) व्यबहारिक र बजार माग अनुसारको शिक्षा प्रणाली लागू गर्न नसक्नु।

१९) निरन्तर शिक्षक,विद्यार्थी ,अभिभावक र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम संचालनमा नआउनु।

२०) शिक्षकहरु माथी गरिने सरकारी विभेदको अन्त्य  गर्न नसक्नु।

२१)शिक्षण सिकाइ क्रियाकलापलाई प्रभाकारी, आकर्षक र रोचक बनाउने वातावरण सिर्जनाको लागि अतिरिक्त क्रियाकलाप संचालन गर्न नसक्नु।

२२)अन्तर सामुदायिक विद्यालयहरुबीच शिक्षण सिकाइ लगायतका गतिविधिमा सहकार्य नहुन ।

२३)शिक्षण सिकाइ पद्धतिमा युगानुकुल परिवर्तन गरी प्रविधिमैत्री बनाउन नसक्नु।

उल्लेखित समस्या/चुनौतीहरुलाइ क्रमिक रूपमा  समाधान गर्दै जाने हो भने शैक्षिक प्रणालीमा सुधार हुदै जान्छ ।।सुधारिएको शैक्षिक प्रणालीले प्रतिफल पनि राम्रो दिन्छ, फलस्वरूप  विद्यार्थीको  उतिर्ण दर बढ्दै जाने, प्राप्तांक उच्च हुने जसबाट  विद्यार्थीहरुले भविस्यमा प्राप्त गर्ने प्रतिफल सकारात्मक हुँदै जान्छ,यसबाट विद्यार्थी आकर्षण बढ्छ, विद्यार्थी तथा अभिभावकको आकर्षण हुन थालेपछि विद्यार्थीको भर्ना संख्या बढछ,विद्यार्थी भर्ना संख्या बढ्न थालेपछि विद्यालयको आर्यआर्जनको स्रोत  बढ्ने, प्रयाप्त आय आर्जन भएमा राम्रो,योग्य र कुशल अध्यापक राख्न सकिन्छ।

अध्ययकहरुलाइ थप सेवा सुविधा दिएर मनोबल बढाउन सकिन्छ,मनोबल बढाइएका र योग्य कुशल अध्यापकबाट अध्यापन हुने थालेपछि विद्यार्थीको भर्ना संख्या अझ बढ्दैजान्छ, ड्रपआउट दर घटछ,विद्यालय हरेक दृष्टिबाट सफल र आकर्षक हुदै जान्छ,विद्यालय स्थापित हुन्छ,आकर्षक शिक्षा र स्थापित विद्यालयबाट शैक्षिक गुणस्तरमा अभिबृद्वी हुने निश्चित छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।