ताजा अपडेट »

सियारीमा भोलीदेखि प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल

विहीबार, १६ कार्तिक २०८०, २० : ३०
6 Shares

भैरहवा । रुपन्देहिको सियारी गाउँपालिकामा भोलीदेखि प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० हुन लागेको छ । स्वास्थ्यका लागि खेल, राष्ट्र बिकासका लागि खेल भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा पालिका भित्रका खेलाडिहरुले भाग लिने छन् ।

प्रतियोगितामा सियारीका ६ वटा वडाका ११ टिमको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । वडा नम्बर ३ बाहेकका अन्य ६ बटा वडाले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र भोली दिउसो २ बजे सियारी ४ छपियाको खेल मैदानमा उद्घाटन खेल हुने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । खेल क्षेत्रको प्रबद्धनका साथै खेलका माध्ययमबाट सियारीको बिकास गर्ने तथा युवा प्रतिभाको पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उद्घाटन खेल सहित १७, १८ र १९ गतेका खेलहरु छपिया खेल मैदानमा हुने छन् भने बाँकी २१, २२ र २३ गतेका खेलहरुका सियारी ७ अमुवा स्थित खेल मैदानमा हुने प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए । उद्घाटन र समापनका दिन एउटा खेल हुने छ भने बाकि दिनमा २ वटाका दरले खेल हुने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी खिए । प्रतियोगिताका विजेताले १ लाख १ हजार रुपैया पाउने छन् भने उपबिजेताले ५१ हजार रुपैया पाउने प्रमुख प्रशाशकिय अधिकृत पन्थीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।