ताजा अपडेट »

संयुक्त राष्ट्रसंघको स्वतन्त्र भूमिका खोई ?

बुधबार, ०१ कार्तिक २०८०, १५ : ४९
8 Shares

अहिले केही हप्ता अघिदेखि मात्र मध्यपुर्व क्षेत्रमा युद्ध चलिरहेको छ । दर्जनौं मान्छे मरिरहेका छन भने, सयौं मान्छे हताहात भएका छन् । दर्जनौ मान्छे हमासको नियन्त्रणमा छन् भने गाजा पट्टी क्षेत्र बम बारुदले अस्तब्यस्त भएको छ । दुःखको कुरा एक दर्जन भन्दा बढी नेपाली नागरिक पनि हमासको आक्रमणबाट देहान्त भएका छन् । अन्य देशका नागरिकको पनि हालत त्यस्तै छ । एक अर्थमा भन्ने हो भने ईजरायली क्षेत्रमा डर र भयको बिकराल परिस्थितीले आम नागरिकको निदरा हराम भएको छ । आखिर आम निर्दोष नागरिकले यो संकटबाट कहिले उन्मुक्ति पाउने हुन सबैको चासोको विषय बनेको छ ।

रोमन साम्राज्य, अटोमन साम्राज्य र १९३० पछि जसरी यहुदी जाती माथि बर्बर आक्रमणका प्रयास धार्मिक, जातिय र सांस्कृतिक रुपमा भए त्यसैको उपज १९४८ पछि अब्रहामिक शभ्यताको पवित्र भुमि ईजरायल यहुदीहरुको पहिचानको भुमिको रुपमा बिकशित हुन गयो । अब्रहामिक शभ्यतामा खास गरी ईस्लाम , ईसाइ र जियुज पर्ने गर्दछन । एउटै शभ्यताका तीन सम्प्रदाय बिच अस्तित्व र पहिचानको भगडा बारम्बार निम्तीरह्यो । धार्मिक पुस्तकहरु का अभिलेख अनुसार ईजरायल क्षेत्रमा यहुदीहरुको सदियौदेखिको बसोबास देखिन्छ तर भुभाग र जनसंङख्याको हिसावले १९४८ अघि पेलेस्टाइन को भुमि भएको कुरा सर्बविदितै छ । संयुक्त राष्ट्रसंघको मादत्तमा रहेको जेरुसेलेम क्षेत्र नै तीन सम्प्रादयको विवादको प्रमुुख कारण लिन सकिन्छ।

पि.एल.ओ अर्थात प्लासटाईन लिब्रेसन अर्गोनाईजेसन र “हमास” जसलाई आतंककारी समुहको रुपमा लिने गरिन्छ खासमा एक अर्काका बिरुद्ध काउन्टर एटेकको रुपमा जन्माईएका शक्ति थिए पछि स्वतन्त्र ईजरायलका बिरुद्ध आकर्षित भएको महसुश भने गर्न सकिन्छ । उता १९४८ पछिको ईजरायल ग्रेट ब्रिटेन र अमेरिकाको सहयोगमा मध्यपुर्वको हस्ति राष्ट्रकोको रुपमा विकास भयो । ईजरायलको चमत्कारिक परिवर्तनले ईस्लाम समर्थित मध्यपुर्वका ईस्लाम मुलुक ईजरायलको विपक्षमा उत्रिएको अवस्था सजिलै अन्दाज गर्न सकिन्छ । टर्की, जोर्डन, लेबनान, ईरान, सिरिया प्लासटाईनको पक्षमा उभिएको स्थिती देखा पर्यो भने फ्रान्स, अमेरिका, बेलायत ईजारायलको पक्षमा । यसले मध्यपुर्वको राजनीतिलाई दुई धुर्वमा विभाजित गरेको प्रष्ट बुझ्न सकिन्छ ।

हिटलरको नाजिवादले मानव नठानेका यहुदीजातीहरु आर्थिक, भौतिक र सामाजिक परिपाटीबाट बिलक्षण प्रतिभायुक्त व्यक्ति आजको युगमा कहलिएका छन्। ईजरायल भन्दा पर द्धयम विश्वमा यिनीहरुको हैसियत धेरै माथि छ । ईजरायलमा उपस्थिती नेटिभ वैैज्ञानिक वा ईजरायलको खुफिया एजेन्सी संसारभर तारिफ योग्य छन् । अहिले एउटा बहस आम संचार जगत मा बोझिलो रुपमा प्रस्तुत छ त्यो के हो भने “मोसाद” जस्तो खुफिया गुप्तचर भएको मुलुकमा हमासले कसरी आक्रमण गर्न सफल भयो ? यसका दुई कारण हुन सक्छन् पहिलो ईजरायल प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कै कारण दोस्रो सत्ता ईतरका शक्तिहरुको नेतान्याहु बिरुद्धको षडयन्त्र। जे होस मानवताका लागि द्धन्द्ध रोकिनु पर्दछ ।

संयुक्त राष्ट्रसंघले ईजरायल संकटलाई मध्यस्थता गर्दै शान्तिको बाटोमा दुबै पक्षलाई ल्याउन प्रयत्न गर्नुपर्दछ । अन्र्तराष्ट्रिय मानव अधिकार क्षेत्रमा वकालत गर्ने निकायहरु शान्तिको सद्धभाव बहस सृजना गर्नु पर्दछ । मध्यपुर्वमा देखिएको मानव नरसंहारका बिरुद्ध आम नागरिकले बहस छेड्नु पर्दछ । शान्ति उद्धघोषका लागि आम नागरिक एकरुप हुनु पर्दछ । संयुक्त राष्ट्रसंघ दोस्रो विश्वयुद्ध बिजेताको बिरहरुका पछि कुदिरहेको छ । यसले जगतलाई भलो गर्न सक्दैन । विश्वलाई सबै मानव जातीको एउटै आँगनको रुपमा परिभाषा र आत्मबोध गर्न सक्नुपर्दछ । हाल ईजरायल घटनालाई निरिक्षण गर्न संयुक्त राष्ट्रसंघका प्रतिनिधी ईजरायल पुगेका छन् तर बैचारिक रुपमा संयुक्त राष्ट्रसंघले द्धन्दरत शक्तिहरुलाई स्वतन्त्र रुपले शान्तिको बाटोमा उभ्याउन सक्नुपर्दछ ।

श्रीलंङका, अफ्गानिस्तान, नेपाल लगायत क्षेत्रमा शान्तिका लागि संयुक्त राष्ट्रसंघले खेलेको भुमिका सरहनिय छ तर कथित जातीवाद, नष्लवाद, धर्मवाद, आतंकवादका नाममा संसारभर भैरहेका घटनालाई निस्तेज पार्न संयुक्त राष्ट्रसंघ प्रतिबद्ध हुनुपर्दछ । संयुक्त राष्ट्रसंघको भुमिका काम र कर्तव्य संसारका लागि एकरुपता हुनुपर्दछ । फिलहाल ईजरायलमा शान्ति स्थापनाका लागि वार्ता संवादद्वारा उपयुक्त कदम राष्ट्रसंघले चाल्नु पर्दछ । आतंकवाद संसारको नयाँ चुनौती हो यसले बहुसंख्यक ईस्लाम माथी अन्याय गरिरहेको छ सँग सँगै मानवजाती माथि खतरा उत्पन्न गरेको छ । यो अवस्थामा संयुक्त राष्ट्रसंघ ईजरायल घटना प्रति र संसारका मानवजाती माथि संवेदनशिल हुन जरुरी छ ।

                                                           
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।