ताजा अपडेट »

हाम्रा चार्डवाडहरुको महत्त्व

मंगलबार, ३० असोज २०८०, ११ : २३
22 Shares

शरद ऋितुको आगमनसँगै नेपाली जनताको आँगनमा महान चार्ड वडा दशैँ ,शुभ दिपावली र छर्ठ जस्ता ठुला चार्डवाडहरु प्रबेश गर्न गहिरहेका छन् । सत्य र उज्यालोको प्रतिकको रुपमा मनाउने गरिएका हाम्रा चार्डवाडहरुले घर परिवार, समाज र समग्र मुलुक वासीको बीचमा प्रेम,दया, माया, परोपकार, आपसी सद्भाव, भाइचारा र बिश्व बन्धुत्बको संस्थागत बिकाश र प्रबर्द्धनमा प्रेरक बन्दै आएका छन् ।

हाम्रा धार्मिक वा सांस्कृतिक चार्डवाडहरुले हामी नेपालहरुको जीवनमा एउटा छुट्टै उमङ्ग, जोश जाँगर र उत्सहा भर्नुका साथै हाम्रो मष्तिष्कमा एउटा छुट्टै नयाँ उर्देलन र तरङ्ग पैदा गर्ने गर्दछन । हाम्रा प्रायः सबै जसो चार्डवाडहरुले सिर्फ घरपरिवार, समाज र देशलाई भावनात्मक हिसाबले जोडने काममा सिमित गर्दैनन् बरु त्यस प्रकारका चार्डवाडहरुले पञ्च तत्वका अलावा पशुपंक्षि र चराचुरुङ्गीहरुलाई समेत सम्बोधन गर्ने गर्दछन । देशमा रहेका विभिन्न जातजाति ,भाषाभाषीका विभिन्न धर्म र सम्प्रदायहरुका मानिस बेग्लाबेग्लै चार्डवाड भएकोले हाम्रा बजारहरु प्रायः बार्है महिना चलायमान र गतिशील भइरहन्छन् । यस्ता चार्डवाडहरुमा राष्ट्रिय पुंजिपति वर्ग मात्रै होइन मध्यम र साना खुद्रा पसलेहरु पनि गतिशील र चलायमान हुनुका साथै आर्थिक दृष्टिकोणले पनि लाभान्वित भइरहेका हुन्छन् ।

चार्डवाडको समयमा बिदेशमा रहेका युवा युवतीहरुको स्वदेश फिर्तीसँगै देशका प्रत्येक गाउँ टोल हरुमा एउटा छुट्टै रोनक र खुसियाली छाउने गर्दछ । युवाहरु आफ्नो युग र समाजको आवश्यकता, त्यसका लागि आवश्यक पर्ने राजनीति ,अर्थतन्त्र ,समाज र सांस्कृतिक चेतनाको स्तर समग्रमा समाजको मनोदशा र मनोबिज्ञानका बारेमा बहुआयामिक ढङ्गले विश्लेषण र शष्लेशण गर्न र बहुसंख्यक जनसमुदायको युगिन परिवर्तनको धड्कन छाम्न र दुनियाँलाई स्वयम् बदल्न सक्ने क्षमता राख्दछन । त्यस कारणले पनि नयाँ जमानाका युवा युवतीहरुलार्इ घरपरिवार, समाज र देशले आसाको नजरले हेरिरहेको हुन्छ ।
ऋितुमा भएको परिवर्तन सँगै अब मनशुन करिब करिब सकिएको छ । देशका प्रायः सबै जसो गाउँ टोलहरु यतिबेला प्रकृतिक सुन्दरता र सौन्दर्यले मनोरम बनिरहेका छन् ।

तराई र मधेसका किसानहरु नयाँ धानबाली भित्र्याउने र नयाँ बालि लगाउने बिषयमा चोक, चौराह र चिया पसलमा बसेर सल्लाह मिलाउँदै छन । तराई र मधेसमा गत वर्ष भन्दा धानबाली अझै राम्रो हुने भएकोले किसानहरु फुरुङ्ग छन् र उनीहरुको चेहरामा एउटा छुट्टै मुस्कान देखिएको छ । ऋितु परिवर्तन सँगैमनशुन सकिने र त्यस पछि चार्डवाड सुरु हुँदा साथ जनताको घर आँगनमा र बगैचाँ हरुमा विभिन्न प्रजातिका फुलहरु यतिबेला फुलिरहेका। झुलिरहेका मात्रै छैनन् , प्रत्येक मानिसका मन मष्तिष्कमा एउटा छुट्टै तरङ्गको प्रबाह गर्नुका साथै सुगन्धित र मगमगाउदो बाशना छरिरहेका छन ।

यस्ता चार्डवाडहरुको दौरानमा घरपरिवारका सदस्य ,दाजुभाइ दिदीबहिनी र इष्ट मित्रहरूको उपस्थिति ,जमघट र भेटघाट र अन्तरघुलनले पारिवारिक सम्बन्धहरुको नविकरणका अलावा ज्यादै प्रगाढ र सुमधुर बनाउन कारगर हुने गरेका छन् । यस प्रकारका भेटघाट, शुभकामना आदानप्रदानबाट एकले अर्को लाई ठिक सँग बुझ्न र एक अर्कोको सहयोगी बन्न प्रेरक बन्ने गर्दछन् ।चार्डवाडको बेलामा घरपरिवारका सल्लाहहरु सँगै बसेर एक छाक मिठो मसिनो खाने ,एक जोर नयाँ लुगा फेर्ने प्रत्येक मानिसको इच्छा र चाहाना भए पनि हाम्रा चार्डबाड हरु धेरै महङ्गो र खर्चिलो भड्किलो बन्दै गएकाले आम मानिसको जीवनमा चिन्ता ,निराशा र पिडाको मात्रा बढाइ दिने गरेका छन । हामीले सके सम्म अत्यन्तै कम खर्चमा ,आफ्नो हैसियत अनुसार चार्डबाड हरु लाई मनाउने गर्नु पर्छ ।

२०७२ बैशाख १२ गते देशमा आएको महाबिनाशकारी भुकम्प ,२०७६ फाल्गुनदेखि सुरु भएको कोभिड महामारी ,२०८८ सालमा किसानहरुले धानबाली भित्र्याउने बेलामा किसानहरुको जीवनमा आएको अप्रत्याशित बिनाशकारी मनशुन ,२०७९ सालको प्रारम्भ मै सुरु भएको रुस युक्रेन युद्ध ,गत हप्तादेखि सुरु भएको इजरायल–प्यालेस्टाइन युद्ध , देशको बिग्रदो अन्तराष्ट्रिय सम्बन्ध,ओरालो लाग्दै गरेको देशको अर्थतन्त्र , तिब्र बिघठनको दिशामा रहेको आम समाज , राजनैतिक अस्थिरता ,चरम भष्टचार र बेथितिहरुलाई समेत छिचोल्दै हाम्रा चार्डवाडहरुको आगमन हुँदै छ । बरु त्यस प्रकारका घटनाक्रमले अनावश्यक क्षति ,अभाव ,निराशा र चिन्ताको मात्रा बढाइ दिएका थिए ।

ठिक त्यसै गरि ८० को दशक, सुखद बन्ने अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । यद्यपि चराचर जगत र मानव समाजमा घटने यस प्रकारका घटनाक्रमहरुले हाम्रो चालू जीवन केही दुख ,अभाव र चिन्ताको मात्रा बढार्इ दिएको भएता पनि त्यस प्रकारका घटनाक्रमहरुले केही न केही नयाँ जीवन उपयोगी गुणात्मक शिक्षामुलुक सन्देश र प्रेरणा दिएर गएका छन् । जुन शिक्षा हाम्रो पुस्ताको निम्ति अत्यन्तै नयाँ र आवश्यक नै रहेको थियो । हुनत , मानिसहरुको जीवनमा घटने प्रत्येक घटनाहरुले क्षति र नोक्सानको मात्रै प्रतिनिधित्व गरिरहेका हुदैनन् । बरु जगत र मानव समाजको सार्थक जीवनको निम्ति नयाँ नयाँ ज्ञान संसारको ढोका खोलिरहेका हुन्छन ।

तर ,त्यस प्रकारको ज्ञान संसारको ढोका भित्र रहेको जीवन उपयोगी शिक्षाहरुलाई ग्रहण गर्ने अधिकारी दार्शनिक हुनु पर्छ। त्यसरी दार्शनिक अधिकारी बन्नुको अर्थ हो । कुनै पनि चीजबीज वा घटनालाई एकाङ्गीक ढङ्गले नहेरी त्यसलाई बहुआयामिक ढङ्गले हेर्नु , बुझ्नु ,विश्लेषण र शष्लेषण गर्नुका साथै नयाँ परिस्थितिमा नयाँ ढङ्गले जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर योजना तर्जुमा र कार्यान्वयन गर्नु । तर , हामी कहाँ देशको प्रमुख शासक वर्ग नै अत्यन्तै आत्मकेन्द्रित, व्याक्तिवनदी, व्याक्तिगत स्वार्थमा केन्द्रित हचुवा अधिकारी हुने गरेकोले जनाएको जीवनमा सुख, शान्ति र सम्बृद्धिकोको स्थानमा गरिबी , दुःख, कष्ट, अभाव र चिन्ताको मात्रा थपिने गरेको छ ।

यी सबै कुराहरुको पृष्ठभूमिमा हाम्रो घर आँगनमा तीन ठुला चार्डवाडहरुले प्रबेश गर्ने जमर्को गरिरहेका छन् । हामी सबैले त्यसको स्वागत गरौँ। हाम्रा प्रत्येक चार्डवाडहरुले असत्यको स्थानमा सत्यको ,अध्यारोको स्थानमा उज्यालोको ,अन्यायको स्थानमा न्यायको पुरानोको स्थानमा नयाँको पैरवी गर्दै आएकोेले यस प्रकारका चार्डवाडहरुलाई नयाँ पिँढीले पछ्याउँदै र त्यसको संरक्षण ,सम्बर्द्धन र प्रबर्द्धनका निम्ति जोड दिदै आएको पाइन्छ । यसर्थ यस वर्षका प्रायः सबै जसो चार्डवाडहरुले हामीलाई केही जीवन उपयोगी शिक्षा , केही मनोरन्जन र केही नयाँ राष्ट्रिय संकल्प गर्न अवस्य प्रेरित गरेर बिदा हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।