१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो ।

Advertisement

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे । अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो । शिविरबाट झण्डै ६०० विरामी सेवा लिएको स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य सुनील श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले आफूहरुको चाहना जनतालाई स्वास्थ्यप्रति सचेत गराउने उपचारको पहुँचमा ल्याउने रहेको बताए ।सो अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।

सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य कमलेश यादव, उपसचिव हितराज पन्थी, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बिनोदकुमार श्रीवास्तव लगायतले बोलेका थिए । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टीका नेता र जनताको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा