१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

सेडरोट । योसी लान्डाउले इजरायलमा लाशहरू सङ्कलन गर्न दशकौं बिताएका छन् । तर गाजामा प्यालेस्टाइनी अतिबादी समुहले देशमा सबैभन्दा घातक आक्रमणमा मारिएका मानिसहरूको शव सङ्कलन गर्दा उनी आफ्नो ‘ब्रेकिंग प्वाइन्ट’मा पुगेका छन्। पहिला झै लान्डौ शनिबार साइरनको आवाजसँगै ब्युँझिए, यस्तो पलको उनलाई बानी नै परिसकेको छ ।

Advertisement

उनले पछि थाहा पाए कि यो साइरन पहिला झै थिएन, यो निकै फरक र डरलाग्दो थियो, जुन उनले आफनो जीवनकालमा कहिल्यै देखेका थिएनन, । उनी भन्छन, ‘केवल प्रतिक्रिया मात्र थिएनन, यो त शहरको मुख्य भागमा हमास आतंककारीहरूले गरेको आक्रमण’ थियो । जसले गाजा सीमा पार गरेर अनुमानित १२ सय व्यक्तिको हत्या गरेका थिए ।

गाजाको उत्तरमा रहेको तटीय सहर अशदोडमा रहेको आफ्नो घरबाट उनले घटनास्थलमा पुग्दा आफूले देखेको ‘डरलाग्दो अवस्था’ सम्झे। ‘मैले कारहरू पल्टिएको देखें, सडकमा मानिसहरू मरेको देखें,’ लान्डौले भने। उनका अनुसार दुई देशको सीमा नजिकैको एउटा सहर, जहाँ धेरै बासिन्दा मारिएको पनि उनले देखे । 

उनी अप्राकृतिक मृत्यु भएका व्यक्तिको शव निकाल्ने संस्था जाकाका लागि ३३ वर्षदेखि काम गर्दै आएका छन्। तर, जब प्यालेस्टिनी लडाकु र इजरायली सेनाहरू बीच गोली चल्यो, ल्यान्डोले आफूले पहिले कहिल्यै नदेखेको हिंसा देखेको बताए।

उनले जीवनमा यस्तो भयावह दृश्य कहिल्यै नदेखेको बताए । ‘१५ मिनेट लाग्ने सडक पार गर्न हामीलाई ११ घण्टा लाग्यो किनभने हामीले गएर सबै शव उठायौं, झोलामा राख्यौं,’ उनले भने । दर्जनौं शवलाई फ्रिज राखिएको ट्रकमा लोड गरेर लान्डौ र सह स्वयंसेवकहरू बिरीसम्म लगेको थिए ।

घरभित्र पसेपछि पहिलो पटक मृत महिलालाई देखेपछि उनले सम्झिए ।  ‘म मात्र होइन, मेरो सम्पूर्ण दल नै खसेको महसुस भयो । उनको पेट च्यातिएको थियो, त्यहाँ एउटा बच्चा थियो, अझै पनि नाभीसँग जोडिएको थियो, जसलाई छुरा प्रहार गरिएको थियो,’ ल्यान्डोले भने।

जानका स्वयंसेवकले भने कि उनले लगभग २०  बालबालिकासहित धेरै नागरिकहरू देखेका थिए, जसका हातहरू गोली हान्नु अघि पीठ पछाडि बाँधिएको थियो। उनका अनुसार सबैलाई बाँधेर पछि गोली हानेर मारिएको थियो । 

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ