१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरि बेचबिखन गरेको भन्दै नेकपा एमाले बुटवल नगर कमिटीले ध्यानाकर्षण गरएको छ । त्यस्ता गतिविधिहरु गरेका प्रयाप्त आधारहरु भेटिएको बताउँदै दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

विगतमा व्यक्तिले हकभोग गरेको जग्गाहरु समेत मिलेमतोको आधारमा अर्को व्यक्तिको नाममा नामसारी गरि जग्गा बेचबिखन भईरहेको एमालेको आरोप छ । नेकपा एमाले बुटवल नगरकमिटीले विभिन्न १५ बुँदे ध्यानकर्षणसहित मालपोत कार्यालय बुटवललाई विहिबार ज्ञापनपत्र बुझाएको हो । नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालय बुटवलका प्रमुख दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको थियो ।
बुटवल उपमहानगर वडा नम्बर १२ र १३ लगायतका वडाहरुमा अव्यवस्थित बसोबास गरिरहेकाहरु मध्ये हालै वितरण गरिएको जग्गाधनी प्रमाण पूर्जाहरु अवैध देखिएको अध्यक्ष ज्ञवालीले बताए । उक्त घटनाले वर्षौदेखि बसोबास गरिरहेकाहरु पीडित बनिरहेको बताए ।
यसैगरी मालपोत र नापीकार्यालय एकै ठाउँमा राखेर सेवालाई सहज बनाउनु पर्ने, जग्गा श्रेस्तालाई पूर्णरुपमा डिजिटल प्रणालीमा लैजानु पर्ने, सफ्टवेयर प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने, बुटवलमा रहेका सार्वजनिकजग्गाको एकिन गरेर त्यसको संरक्षणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने लगायतका मागसहित ध्यानाकर्षण गराइएको छ ।
एमाले बुटवल नगर कमिटीले भूमिसुधार मन्त्रालयबाट भएको कित्ताकाट सम्बन्धी निर्णयलाई आम सर्वसाधारण जनताले सजिलोसँग सेवा पाउने गरि कार्यान्वयन गर्नुपर्ने, राजस्व संकलन गर्ने समय बिहान १० देखि साझ ४ बजे सम्म हुनुपर्ने तथा उपमहानगर भित्र जग्गाको हालसाबिक र लगत कट्टाको काम तत्काल सम्पन्न गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मालोपत कार्यालय बुटवलका प्रमुख भण्डारीले आवश्यक जानकारी र बुझेपछि आफूले कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे । सेवाग्राहीलाई सहज सुविधा उपलब्ध गराउनु नै आफ्नो प्रमुख र पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिवद्धता गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने