ताजा अपडेट »

युद्धको बिभिषिकामा: इजरायल–प्यालेस्टाइन

विहीबार, २५ असोज २०८०, १४ : ३८
110 Shares

मध्य पूर्वको भु–मध्य सागरको पूर्वि तटको दक्षिण तट क्षेत्रमा रहेको, इशा पूर्व १२ औँ सताब्दीमा तत्कालीन फिलिस्टाइन (प्यालेस्टाइन) जसलाई हालको इजरायल भनिन्छ ,यो नै बास्तबमा प्यालेस्टाइन हो । यस भुमिमा रक्तपातपुर्ण संघर्षको धेरै लामो इतिहास रहि आएको छ ।

यस धर्तिमा विश्वका धेरै देशहरुले बारम्बार युद्ध र आक्रमण गरेर कब्जा गरे र कैयौं वर्ष राजपाठ समेत गरे । यस भुमिमा इतिहासमा भएका युद्ध, आक्रमण, कब्जा र राजपाठको समयमा बिश्वका धेरै मानिसहरुले आफ्नो अनावश्यक प्राण उत्सर्ग गरे । बेपत्ता भए वा बन्धक बनाइए, घाइते ,अपाङ भए वा मारिए । युद्धको भयानक बिभिषिकाको कथा बोकेको यो भुमिले सामान्यता बितेको १२ औँ शताब्दी यता बिशेषत बितेको पचहत्तर बर्षदेखि यता बेलाबेलामा दुई देश बीचमा हुने आपसी तनाव र मनमुटाव कै कारण विश्व कै ध्यान तान्ने गरेको छ ।

गत शनिबार बिहानको झिसमिसेमा नेपाली समय अनुसार करिब बिहानको साढे ६ बजे प्यालेस्टाइन राज्यमा रहेको हमासको नेतृत्वमा, इजरायली सुरक्षा एक्सपोर्टहरुलाई सर्पराइजमुलक, आश्चर्यजनक र भयानक इजरायलको राजधानी जेरुसेलम र त्यस आसपासका क्षेत्रमा अहिलेसम्मकै ठुलो हबाइ हमला गरे पछि पुरै विश्वको ध्यान त्यस तर्फ बनिरहेको मात्रै छैन ,पुरै दुनियाँ माथि चिन्ता र तनाबको मात्रा बढाइ दिएको छ ।

यो लेख तयार पार्दासम्म इजरायली सेना र सर्वसाधारण गरि सात सय भन्दा बढी मानिसहरुको ज्यान गइसकेको र हजारौं मानिसहरु घाइते, त्यही पैमानामा बेपत्ता, अङ्गभङ्ग र हमास बिद्रोहीद्वारा इजरायली सर्बसाधारणलाई बन्दी बनाइएका र अर्बौंका भौतिक पूर्वाधार नष्ट भएको, त्यहाँको जनजीवन पुरै तहसनहस भएका समाचारहरु प्रकाशित भएका छन ।

त्यसै गरि आइतबार बिहानैदेखि इजरायलद्वारा गरिएको जवाफी फौजी कार्बाहीमा बिद्रोही हमास र प्यालेस्टाइन तर्फ पनि धेरै ठुलो पैमानामा मानवीय क्षति भएका समाचार प्रकाशित भएका छन । आक्रमण, प्रत्याआक्रमण वा युद्ध जे भनिए पनि यसलाई अमेरिका, ब्रिटेन, फ्रान्स, भारत, अष्टेलिया र जर्मनी जस्ता मुलुकहरु इजरायलको पक्षमा दृढता पुर्बक उभिने र सबै प्रकारको सहयोग गर्ने जनाएका छन भने प्यालेस्टाइनको पक्षमा अरबलिगका २२ वटा देशहरु, आइएसआईका ५१ वटा मुस्लिम देशहरुका अलावा दुनियाभरिमा रहेका इस्लामिक मुलुकहरु घोषित वा अघोषित रुपमा उभिएको देखिएको छ ।

अरु पनि कैयौं देशहरुमा बस्ने प्यालेस्टाइनी नागरिक वा गैर प्यालेस्टाइनीहरुको समर्थनमा सडकमै निस्केर नाराबाजी गरिरहेका परिदृश्यहरु टेलिभिजनका पर्दामा आइरहेका छन । यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिद्रोही हमासले शनिबार एका बिहानै गरेको इजरायल माथिको आक्रमणलाई युद्धको संज्ञा दिएका छन र उनले यो घटनालाई इतिहासकै सबै भन्दा ठुलो आक्रमण भएकोे बताएका छन । कुरा यही सिमित छैन । उनले प्यालेस्टाइन र बिद्रोही हमाससँग यो अन्तिम युद्ध हुने पनि अग्रिम घोषणा गरेका छन । यस आक्रमण र प्रत्याक्रमण वा युद्धमा विश्व दुई धुर्वमा उभिने स्पष्ट लक्षणहरु अहिले देखि नै देखिन थालेका छन ।

दुःखको कुरा ! यी दुई देशको बीचमा भएको आक्रमण वा प्रत्याक्रमण वा युद्ध जे सुकै भए पनि नेपालबाट इजरायलमा अध्यनका लागि देशका विभिन्न भु– भागबाट गएका दश जना नेपाली युवाहरु उक्त आक्रमणमा परी अनावश्यक ज्यान गुमाउन पुगेका छन भने अहिलेसम्म दुई जना नेपाली युवाहरु इजरायल स्थित सरकारी हस्पिटलमा गंभिर घाइते भएका कारण उपचार भइरहेको कुरा नेपाल स्थित परराष्ट्र मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।

आज भन्दा दुई दशक पहिले इराकमा काम गर्न गएका नेपाली कामदार १६ जना युवाहरुको त्यहाँ स्थित आतंकबादी समुहले लामो समयसम्म उनीहरुलाई बन्धक बनाइ विभत्स प्रकारले सामुहिक रुपमा गरेको हत्यालाई नेपाली समाजले अहिलेसम्म बिर्सन सकेको छैन । इजरायलमा घटेको यो दुःखद घटनाले आज साराका सारा देश शोकमा डुबेको छ र यस्तो त्रासदी पुर्ण घटनाको बदला लिने कानुनी, भोतिक र नैतिक ताकत हामी संङ्ग नभए पनि बचेका नेपाली कामदार हरुको जीवनको रक्षा गर्नु राज्यको दाइत्ब हो भन्ने कुरा भुल्नु प्रतिपादक हुनेछ ।

इतिहास तर्फ एक नजर मारौँ
इजरायल प्यालेस्टाइन बीचको आठ दशक लामो रक्तपातसहितको राजनितिलाई ठीकसँग बुझ्नका लागि हामीले इतिहासमा घटेका केही प्रतिनिधिमुलक राजनितिक घटनाक्रमहरुलाई ठिक सँग बुझ्ना जारुरी हुने छ र यस सन्दर्भमा सर्वप्रथम हामी विश्व राजनितिक रंगमञ्चमा इतिहासमा घटेका केही राजनितिक घटनाक्रम तर्फ एक नजर मारौँ । विश्वमा कुनै बेला अग्रेज शासक ज्यादै शक्तिशाली थिए । उनीहरु सँग एकातिर राजनैतिक दबदबा थियो भने अर्कोतिर फौजी शक्ति सन् १९४४ मा भएको दोश्रो विश्व युद्धमा दुनियाँ दुई भागमा बाँडियो ।

संयुक्त राज्य अमेरिका भोगौलिक कारण देखाउँदै त्यस प्रकारको दोश्रो विश्व युद्धमा तटस्थ बसेको थियो । शोभियत युनियन रसियमा रहेको स्टालिनको रेडगार्डले जर्मन हिटलरलाई धुलो चटाइ दिए पछि गोला, बारुद र बमको धुबाँले अत्तालिएका इंङ्गल्याण्ड, जापान ,जर्मन फ्रान्स जस्ता मुलुकहरुले अब आफूहरु अमेरिकी छाता मुनि ओत लागेर नै आफ्नो कल्याण हुने र यदी समयमै त्यसो गर्न नसक्दा हिटलर जर्मनीसँगै आफ्नो पनि सर्बनाश हुने देखे र त्यसै गरे पछि दोश्रो विश्व युद्धको अन्त्य भयो ।

युद्धमा भाग लिएका कैयौं देशहरुले युद्धको अन्त्यसम्म आउदा धेरै ठुलो, फौजी र राजनैतिक दबदबा मात्रै गुमाएनन्, आर्थिक, भौतिक र मानबिय तबाहीको सामना गर्नु प¥यो । यद्धमा पराजित भएपछि आफूलाई सम्हाल्न असमर्थ हँुदै गएकै कारण आफुले पहिले देखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राख्दै आएका मुलुकहरु बाध्यता र विवशतावश छोडनु परेको थियो । ठिक यही परिस्थितिमा दुनियाँका अरु पनि कैयौं मुलुक हरु स्वतन्त्र हँुदै गए ।

यही परिस्थितिको फाइदा उठाउँदै संयुक्त राज्य अमेरिका पुंजिवादी कम्पाउण्डबाट बाहिर निस्केर दुनियाँ भरी नै आफ्नो एकछत्र साम्राज्य कायम गर्न सफल भयो । माथि पहिला नै भनियो –विश्बको भागबण्डाका निम्ति युद्धमा निस्केका जर्मन तानाशाह हिटलरका नाजि फौजहरुलाई स्टालिनको रेड गार्डबाट हार खानु परेको थियो । ठिक यही परिस्थितिमा शोभियत युनियन रुसले पोलेण्ड, हंङ्गेरी, बुल्गेरिया, रोमानिया, चेकस्लोबाकिया, पुर्बि जर्मनी आदि मुलुकहरु पनि हिटलरको कब्जा बाट मुक्त हुँदै गए ।

ती सबै राज्यहरु शोभियत युनियन रुसले आफ्नो अधिनमा ल्याउन सफल भएको थियो । यसरी पुर्ब पुंजिबादी र साम्राज्यवादी मुलुक हरु एसियादेखि अफ्रिका हुँदै जर्मनीसम्मको धर्तिमा कम्युनिस्टहरुकै राजनैतिक र फौजि दबदबा बन्न सफल भयो । यता चीन पनि जनवादी गणतन्त्र चीन बनिसकेको बिश्व परिबेशमा युद्धका पक्षधर मुलुकहरु संयुक्त राज्य अमेरिकाको छहारी मुनि चुपचाप बस्नुमा नै आफ्नो सर्वाेत्तम हित देखे ।

सन १९८० को हाराहारीमा दुनियाँ स्तरमै तीन बटा संङ्गठनहरु पनि अत्यन्तै मजबुत देखिन्थे र ती हुन १) गुट निरलेप लहर । २) अफ्रिकी एकता संङ्गठन । ३) अरब देशको एकता संङ्गठन । यी तीन बाटै संङ्गठनहरुको पनि मुख्य उदेश्य: साम्राज्यवादको बिरुद्ध गर्नु नै रहेको थियो । अमेरिकी शासकहरुको नजरमा यी संङ्गठनहरु बास्तबमा आँखाको कसिङ्गर बनिसकेका थिए । तेस्रो विश्व युद्धलाई रोक्न, न्याय बेबस्थालाई प्रोत्साहित गर्नका लागि सन् १९४५ मा बनाइएको संयुक्त राष्ट संघमा अमेरिकाको इजाजत बिना इंङ्गल्याण्ड र फ्रान्स पनि भाग लिन सक्ने अवस्था थिएन ।

प्यालेस्टाइन र दक्षिणी अफ्रिकाको स्वतन्त्रताको सवालमा पनि अमेरिका सँगै कैयौं पटक कुरा उठेको भए पनि अमेरिका, इंङ्गल्याण्ड र इजरायलका अगाडि यस प्रश्नमा छलफल गर्ने हिम्मत कुनै पनि देशले कहिल्यै गरेनन् । पूर्विय युरोप र शाभियत संङ्गठनको बिघठन सँगै माथि उल्लेख गरिएका तीन बटै संङ्गठनहरुले पनि आफ्नो औचित्यता, प्रसंङ्ग र आवश्यकता गुमाउँदै गएको पाइन्छ । उनीहरुको आवश्यकता यो थियो की बदलिएको नयाँ परिवेश र नयाँ तरिकाले अगाडी आउनु पर्दथ्यो तर उनीहरु अमिरिकी दबदबा सुरु भएपछि उनीहरुले संघर्षको झनझट उठाउन चाहेनन् । इराक र कुबेत माथिको कब्जा पछि प्रायः सबै जसो इराक बिरोधी मुलुकहरुले संयुक्त राज्य अमेरिकालाई सहयोग र समर्थन गर्न पुगे । राजनैतिक र फौजि दबदबा हुदाँहुँदै पनि इराक आफनै गल्तीको कारण चौतर्फी संङ्कटको घेरामा प¥र्याै ।

संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष कमाण्डमा मात्रै होइन ,हस्तक्षेपमा गराइएको इजरायल–प्यालेस्टाइन सम्झौताले पनि संयुक्त राज्य अमेरिकालाई अरब देशका तेल भण्डार कब्जा गरेर रातारात मालामाल हुने ढोका खोल्यो । बितेको यस साढे सात दशकको दौरानमा लिबिया र इराकलाई छोडेर अमेरिका तर्फ ओला ठड्याउने हिम्मत आजसम्म दुनियाँको कुनै मुलुकले गर्न सकेको देखिन्न् ।

इजरायल –प्यालेस्टाइन रक्तपात पुर्ण संघर्षको चुरो कारण के हो ?
माथि पहिला नै भनियो – इशा पूर्व १२ औँ सताब्दी अघि मध्य पूर्वको भु–मध्य सागरको पूर्वि तटको दक्षिणी तट क्षेत्र फिलिस्टाइन (प्यालेस्टाइन) जसलाई अहिले इजरायल भनिन्छ ,यो नै बास्तबमा प्यालेस्टाइनी जनताको भुमि हो । यस भुमिलाई कब्जा गर्ने ,आफ्नो नियन्त्रणमा राख्ने र राजपाठ गर्नका निम्ति इतिहासमा कैयौं पटक रक्तपातपुर्ण संघर्ष हुने गरेको छ । दोश्रो विश्व युद्ध भन्दा पहिला यो भुमि बिट्टेनको अधिनमा रहँदै आएको थियो ।

जर्मन तानाशाह हिटलरको शासन कालमा उनले यहुदीहरु माथि गरेको पाशबिक दमन सहन नसकी त्यहाँबाट भागेर आएका लाखौं मानिसहरुलाई तत्कालीन बिट्टेन शासनले शरण दिन थाल्यो । हिटलर जर्मनी मात्रै होइन, जर्मनी र त्यस आसपासका अरु पनि कैयौं मुलुकहरुबाट हिटलर दमन सहन नसके पछि ब्रिट्टेन शासनको अधिनमा रहने गरि मानिसहरु शरणार्थीको रुपमा आएर बसोबास गर्दै गए र उनीहरुको जन घनत्व पनि बढदै गयो र त्यहाँका वास्तविक भुमि पुत्रहरु क्रमशः अल्पमतमा पर्दै गहिरहेका थिय ।

दोश्रो विश्व युद्धमा भाग लिएर हारेर, थाकेर, निराश भएर बिट्टेन अमेरिकी छाता मुनि ओेत लाग्न पुगे पछि उक्त भुमि प्रकारान्तरले अघोषित रुपमा संयुक राज्य अमेरिकाको अधिनमा गएको थियो । पहिले ब्रिट्टेन र पछि अमेरिकाको राजनैतिक मात्रै होइन, सैनिक हस्तक्षेप गरेको त्यहाँका वास्तविक भुमी पुत्रहरुलाई पटक्कै मन परेको थिएन । किनकि दोश्रो विश्व युद्धको अन्त्य सँगै दुनियाँ भरी नै स्वतन्त्राकोलहर चलेको थियो । ठिक यही परिस्थितिमा उनीहरु पनि दाशत्वका सिक्रीहरु चुडाँलेर हमेशाका लागि स्वतन्त्राको ताजा शास फेर्न चाहान्थे । त्यसको नेतृत्व पिपुल्स लिबरेशन अग्रनाइजेशनका अध्यक्ष यासेर अराफातले गरिरहेका थिए ।

प्यालेस्टाइन राज्यका महानायक यासेर अराफातलाई बिस्तारवादी इजरायली प्रतिक्रियावादीहरुले कैयौं पटक त्यहाँबाट लखेट्ने मात्रै होइन उनलाई हत्यासम्म गर्ने षड्यन्त्र समेत गर्दै आएका थिए । दुनियाँका ११० भन्दा बढी देशहरुले त्यो देशलाई मान्यता प्रदान गरेर स्वतन्त्र राज्यको ग्यारेन्टी गरेको भएता पनि बिस्तारबादी इजरायलले त्यो कुरालाई कहिल्यै स्विकार गरेन् । १४ मे सन् १९४८ संयुक्त राष्ट संघको रोहबरमा प्यालेस्टाइनको भुमिमा इजरायली राज्यको घोषणा भए पछि तत्कालीन संयुक्त राज्य अमेरिकाले एउटा बिज्ञप्ति निकाल्यो र भन्यो –‘अमेरिका उक्त कार्यको सराहना गर्दछ र सो घोषणालाई जोडदार मान्यता प्रदान गर्दछ ।’

सन १९४८ मा इजरायली राज्यको घोषणा हुँदा संयुक्त राष्ट संघको प्रस्ताबनामा ५६ प्रतिशत भुमिको बिपरित ६० प्रतिशत भुमि कब्जा गर्न पुगेको थियो भने इजरायलले सन १९६६ ताका भएको युद्धमा सिरिया,गोलान, हाइटस ईजिप्ट (गाजा क्षेत्र) जोर्डन (सिनाइदीप ), पूर्वि जेरुसेलम आदि क्षेत्र गरि ६८ हजार बर्ग किलोमिटर क्षेत्र एक किसिमले संयुक्त राष्ट्र संघको प्रस्ताव बिपरित पाँच गुणा बढी भुमि माथि कब्जा गरेको थियो । इजरायलले यस अबधिमा प्यालेस्टाइन सँग मात्रै होइन अमेरिकाको आडमा १९६७ मा लेबनन, इजिप्ट र सिरिया जस्ता मुलुकहरुसँग युद्ध गरिसकेको छ ।

सन् १९६६ मा भएको अरब इजरायल युद्धलाई पनि संयुक्त राज्य अमेरिकाले खुलेरै सहयोग गर्दै आएको थियो । विशेष गरि शीतयुद्ध कालमा अमेरिकाले मध्य पुर्बमा शोभियत संघको प्रभाव बढन नदिन र शोभियत युनियनका प्रभाव क्षेत्रहरुमा हस्तक्षेपका लागि इजरायल र अरब देश हरुलाई उपयोग गर्दै आइरहेको थियो । क्याम्प डेभिड सम्झौता पछि संयुक्त राज्य अमेरिकाले साउदी अरब र सिमर जस्ता मुलुकहरुलाई अरब देशबाट अलग बनाउन सफल भयो ।

साढे सात दशक लामो प्यालेस्टाइन राज्यको मुक्ति संघर्षको गौरबशाली इतिहास बोकेका÷प्रतीक बनेका प्यालेस्टाइन राज्यका राष्ट्रपति यासेर अराफातको सन् २००४ मा निधन भएसँगै इजरायलको प्यालेस्टाइनी नागरिकहरु माथि हुने शोषण, दमनका बिरुद्धको संघर्ष गर्ने शक्ति केही हदसम्म क्षिण र कमजोर भएको थियो ।

अन्तिम विकल्प युद्ध नै थियो त ?
इजरायल र प्यालेस्टाइन बीचको बिबाद माथि पहिला नै भनियो कुनै नयाँ राजनैतिक बिबाद होइन । त्यहाँको समस्या समाधानको निम्ति बहुचर्चित क्याम्प डेभिड सम्झौता माथि टेकेर कैयौं पटक समस्याको निरुपण गर्नका निम्ति ओपचारिक र अनोपचारिकका अलावा वान टु वान पनि भेटघाट र छलफलको पनि लामो इतिहास रही आएको छ ।

यस सन्दर्भमा १९४८ मा संयुक्त राष्ट संघको मध्यस्थतामा दुई देशको राजनैतिक बिभाजन र दुबै देशलाई मान्यता दिने कुरा, समस्या समाधानका लागि गरिएको पहिलो महत्त्वपूर्ण प्रयत्न थियो भने दुबै देश बीचको राजनैतिक सिमा बिबाद, बिभाजन पछि कुनै एक देश छान्न बा रोज्न पाउने नागरिक हकको सुनिश्चितताका अलबा ती दुबै देशका रहेका नागरिकहरुले आफ्नो आस्थाको आधारमा धर्म रोज्न पाउने कुरा को सुनिश्चितता जस्ता सवालमा त्यसरी बिभाजन भएका देशहरुले अन्तर्राष्ट्रिय कानुनको अक्षरस पालना र कुनै पक्षले भए गरेका सम्झौता उलङ्घन बारे आचारसंहिता जारी गर्ने जस्ता कुरा हरु क्याम्प डेभिड सम्झौतामा समेटिएका थिए ।

त्यसका लागि प्यालेस्टाइन को तर्फबाट पिएलओ का नेता यासेर अराफातले अत्यन्तै सन्तुलित र परिपक्व ढङ्गले संयाजन गर्दै आइरहेको भए पनि इजरायलले उनको त्यस प्रकारको शालिनतालाई सधै कमजोरीको रुपमा नै बुझ्यो र उसले आफ्नो बिस्तारवादी निति लाई निरन्तरता दिँदै आइरहेको थियो । सन् २००४ मा पिएलओ का नेता फ्रान्सको पेरिसमा निधन भए सँगै त्यो पार्टीको दोश्रो बरियतामा रहेका नेता तथा सैन्य चिफ डा. इस्लाम हानियाले पिएलओ परित्याग गरि २००७ मा नयाँ परिस्थितिमा नयाँ पार्टीको गठन र घोषणा गरे ।

जसको नाम राखे–इश्लामिक रजिष्टेन्स मुभमेन्ट (हमास) यो संगठनको जन्म सन् १९८७ मा भएको थयो र यसले सन् २००७ को आम निर्वाचनमा भाग लिएको र लोकप्रिय मत हासिल गरेको थियो । इजरायलको जेरुसेलम र विशेष गरी गाजा क्षेत्र यो संगठनको आधार इलाका मानिन्छ । डा. मोहमद अकबाल पिएलओको दोश्रो बरियताको नेता र सैन्य चिफ रहेकै समयमा उनले हमेशा सशस्त्र संघर्षको माध्यमबाट आफ्नो भुमि फिर्ता लिने राजनैतिक लाइनको प्रतिनिधित्व गर्दथे भने त्यो पार्टीको संस्थापक नेता यासेर अराफात एकातिर सिनियर र अर्कोतिर उनको पार्टीमा बहुमत हुने कारणले पनि उनको राजनीति लाइन पारित हुन सक्ने अबस्था नभएकोले पनि उनको योजना लागू हुन सकेको थिएन ।

उनी त्यो भन्दा पहिले सन १९२८ मा गठन भएको मुस्लिम ब्रदर्श हुडमा सामान्य सदस्य थिए । पछि आएर उनी पिएलओमा जोडिएका थिए । पिएलओका संस्थापक अध्यक्ष यासेर अराफातको निधन, इजरायलको बढदो दमन, सन २००७ मा इजरायल द्रारा लेबनानका बिद्रोही नेता हिजबुल्ला लाई मार्ने षड्यन्त्र बिफल हुनु, इराकका राष्टपति सद्धाम हुसेनको गिरफ्तारी र त्यस पछि अमेरिकाद्धारा दिइएको फाँसी, ८५ प्रतिशत मुस्लिम भएको देश प्यालेस्टाइनका प्रधानमन्त्रीको अप्रत्यक्ष सहयोग हुनु, २०१८ मा संयुक्त राज्य अमेरिकाका राष्टपति डोनाल्ड ट्रम्पद्वारा इजरायल–प्यालेस्टाइनको बीचमा ती दुबै देशमा रहेका सबै धर्मावलम्बी (यहुदी, क्रिश्चियन र मुस्लिम) हरुको आस्थाको सम्मानको शुनिश्चितताका लागि प्रस्तुत गरिएको अब्राहम एकोड (सम्झौता) मा इजरायल सहमत नहुनु, अरब लिगका २२ देश र ओआइसीका ५१ देशको समर्थन प्रत्यक्ष/अप्रत्यक्ष समर्थन हुनु, इजरायलमा रहेका १८ प्रतिशत मुस्लिम समुदायलाई सिर्फ १६ किलोमिटर मात्रै भुगोल रहेको गाजा क्षेत्र भित्र कैद गर्नु र इजरायलका नागरिक सरह व्यवहार नगर्नु , प्यालेस्टाइनको सहमति बिनानै उसको भुमिमा अबैध बस्ती बसाल्ने र काँढे तारबार लगाउने जस्ता गतिविधि हुनु र अर्कोतिर इजरायल सँग यस बिषयको गम्भीरतालाई बुझाउने भरपर्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय नहुनु, अरब देशका एकजना जानकार अब्दुल करिम गद्दीका अनुसार–इजरायल स्वयम् आन्तरिक र वाह्य अन्तरविरोधलाई बुझ्ने र समस्यालाई समयमा हल गर्ने जस्ता कुराहरुबाट चुक्नु, सामान्यतया अरब विशेषत इजरायल–प्यालेस्टाइन बिचको राजनितिक समस्यालाई विश्व र स्वयम अरब देशका प्रथम र दोस्रो पुस्ता नेतृत्वदायि भुमिकामा नरहनु र नेतृत्वमा रहेको तेस्रो पुस्ताले समस्या समाधानका निम्ति कुनै चासो, सरोकार र रुचीका अलावा इच्छाशक्ति नदेखाउनु सायद यी नै ति ऐतिहासिक कारणहरु थिए, जसले इजरायल–प्यालेस्टाइन युद्धलाई अनिवार्य बनाइ दिएको देखिन्छ ।

भनिन्छ–इतिहास राम्रो नराम्रो ,सकारात्मक नकारात्मक जे सुकै भए पनि आफैले कुनै पनि घटनाक्रमको भारी बोकेर जन्मिएको हुँदैन, जब मानिसले बिषय बस्तु प्रबेश गराउँछ, त्यसले परिणाम दिन पनि सुरु गर्दछ भन्ने कुरा सामन्य ज्ञानले पनि जान्ने कुरा हो । ढिलो चाँडोेको कुरा मात्रै हो । यो कुरा, राजनीति ,समाज, अर्थतन्त्र, सांस्कृति, प्रकृति जीवन र जगतका प्रायःजसो सबै क्षेत्रमा लागू हुन्छ । मेरो बिचारमा इजरायल–प्यालेस्टाइन युद्धको अन्तर्यमा रहेको चुरो र गुदी कुरा पनि यही हो । जहाँ दमन हुन्छ ,त्यहाँ बिद्रोह अनिवार्य सर्त हो । मानिस लाई सबैभन्दा मन पर्ने कुरा स्बतन्त्रता हो भने बिल्कुलै मन नपर्ने कुरा होः कुनै पनि प्रकारको दाशत्व।-(लेखक: वैकल्पिक राजनितिक पुर्नगठन अभियान नेपालका केन्द्रिय कार्यदलका सदस्य हुन्।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।