१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । भारतीय रियालिटी शो इन्डियन आईडल–१३ औं संस्करणका प्रसिद्ध कलाकार रितो रिवाले शुक्रबार एक सांगितिक
कार्यक्रमका लागि बुटवल आउँदैछन् । बुटवल ९ कालिका पथस्थित प्लान–बि क्लवको आयोजनामा हुने लाईभ कन्सर्टमा प्रस्तुती दिन ईन्डियन आईडलका चर्चित कलाकार रीतो ८ जना सहयोगी कलाकारसहित बुटवल आउने भएका हुन ।

Advertisement

करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवको स्टेजमा साँझ ८ बजेदेखि राती १ बजेसम्म संचालन हुने सांगितिक कार्यक्रममा ईडिन्यन आईडलका उत्कृष्ट प्रस्तुतकर्ता रितोले प्रस्तुती दिने कार्यक्रम छ । संगित र सांगितिक प्रस्तुतीमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजक प्लान–बि क्लवका संचालक कमल रानाले बताएका छन् । रीवाले करिब डेढ दर्जन गीत गाउने बताइएको छ ।

भारतीय ग्राहकहरुलाई आकर्षित गर्ने र यसक्षेत्रको पर्यटन प्रवर्द्धन गरि आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले भारतबाट उच्च तहको कलाकार बोलाईएको संचालक रानाले बताए । ‘हाम्रो मुख्य उद्देश्य यसक्षेत्रको ब्यापार ब्यबसायलाई गुल्जार बनाउन पर्यटन प्रबर्द्धनमार्फत आर्थिक बिकास गर्ने हो, मुख्यतयाः धनाढ्य वर्गका भारतीय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरि मनोरन्जन गराउने हो ।’-रानाले भने ।

रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः प्रवेश शुल्क ५ सय रहेको प्लान–बि क्लवमा आगामी शुक्रबारका लागि रु १००० र १५०० सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष शुरेशकुमार श्रेष्ठले बताए । ‘प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको उचित प्रबन्ध मिलाएका छौं । हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ र स्थानीय पालीका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भैरहेको छ ।’-अध्यक्ष श्रेष्ठले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण