ताजा अपडेट »

अर्घाखाँचीको महेन्द्र विद्यावोध माविमा विद्यार्थीले गरे तालाबन्दी

बुधबार, २४ असोज २०८०, १३ : ४७
32 Shares

अर्घाखाँची।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले आज ताला लगाई दिएका छ्न ।

उक्त विद्यालयमा अङ्ग्रेजी शिक्षक उत्तम भट्टराईलाई छत्रदेव गाउँपालिकाले शिक्षक मिलानको क्रमममा छत्रदेव गाउँपालिका वार्ड ४ मा रहेको शारदा माध्यमिक विद्यालयमा र शिक्षिका राधा पान्डेको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ अर्बुण आधारभूत विद्यालयमा सरुवा गरेकोले विद्यार्थीले तालाबन्दी गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पिताम्बर खनालले बताए। विद्यार्थीहरुले नाराबाजी गर्दै छत्रदेब गाउँपालिका गएर गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन।

सम्पूर्ण अभिभावक तथा बुद्धिजिविहरु संग छलफल गरि गरिएको निर्णय विद्यार्थीले नमानेकोले पुनः छलफल गरिने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।