२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । एमालेका स्थायी कमिटि सदस्य, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितीमा मंगलबार रातीसम्म भएको छलफलपछि कृष्ण प्रसाद जैशीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । 

Advertisement

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार सहमति मै नेतृत्व चयन हुँदा पार्टी पंक्तिमा मतभेद नरहने र आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउन सहयोग पुग्ने छ ।  ‘सर्वसम्मत नेतृत्व चयनले देशभर राम्रो सन्देश जाने छ,’ थापाले भने, ‘कार्यकर्तामा मनमुटाव पनि हुँदैन, त्यसैले हाम्रो जोडबल सहमतिमै नेतृत्व चयन हुनु पर्छ भन्नेमा हो ।’

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार उपाध्यक्षमा बाजुराका काली बहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उप सचिव खुला पुरुष तर्फ नेपालु चौधरी, महिला उप सचिवमा कलशा महरासर्वसम्मत चयन भएका छन् । दुवै जनाले मंगलबार बिहान भने उम्मेदवारी दिएका थिएनन् । एमालेले प्रदेश कमिटि सदस्यहरु पनि सर्वसम्मत चयन गरेको जनाइएको छ । 

सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्ष सहित सवै पदाधिकारीमा उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचन बहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । एमाले प्रदेश कमिटिको उपाध्यक्षका लागि  हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए ।

यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेश कुमार खाति, रतन रतनराज रेग्मी र जीवन कुमार बम रहेका थिए ।

यस्तै उप सचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा महिला तर्फ भागरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने, उपसचिव खुल्ला (पुरुष)तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए । 

आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्ने अवस्था नदेखिए पछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका थिए तर मंगलबार राती सहमति हुन पुग्यो ।

अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभए पछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर उनी दाङ फर्किएका हुन् ।

यद्यपी केही उम्मेदवार तथा प्रतिनिधिहरुले सहमती गर्न नमान्दा औपचारिक घोषणा हुन बाँकी नै रहेको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै