१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

तिनाउ । नेकपा एमाले तिनाउ गाउँ कमिटी, पाल्पाले आफ्ना नयाँ सदस्यहरुका बीच परिचय र प्रशिक्षण कार्यक्रम मंगलवार दोभानमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका सदस्य दलबहादुर गुरुङले पार्टीको नीति, विचार, सिद्धान्त तथा कार्यक्रमका साथै २०७९ मा विभिन्न पार्टीले स्थानीय निर्वाचनमा प्राप्त तथ्यांकको विश्लेषण समेत प्रस्तुत गरेका थिए ।

तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले नेपालभित्र रहेका सबै पार्टीका नीति,विचार,सिद्धान्त र एमालेका बीचमा रहेका भिन्नताका बारेमा नयाँ सदस्यहरुलाई प्रष्ट पारेका थिए । नेकपा एमालेप्रति जनताको विश्वास बढिरहेको बताउँदै कार्यकर्तामुखी एमाले नै पार्टी विशेषता रहेको उनले उल्लेख गरे । कार्यक्रममा नेकपा एमाले,पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नयाँ सदस्यहरुका जिम्मेवारी र भूमिकाका बारेमा जानकारी गराउँदै नेकपा एमाले तिनाउ गाउँ कमिटीले राखेको कार्यक्रमप्रति धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले प्रमुख अतिथिका रुपमा नयाँ सदस्यहरुलाई पार्टी सदस्यता प्रमाणपत्र वितरण गरेका थिए ।

गाउँ कमिटीकी उपाध्यक्ष सावित्रा रानाको स्वागत,ऐमानसिह चिदीको सञ्चालन र पार्टी गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता