ताजा अपडेट »

‘पशुपति प्रसाद २– भष्मे डन’ कात्तिक ४ बाट, ट्रेलर सार्वजनिक (भिडियोसहित)

मंगलबार, २३ असोज २०८०, १५ : ५८
166 Shares
मंगलबार, २३ असोज २०८०
166 Shares

काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको मुख्य पात्र ‘भष्मे डन’को जीवनमा आइपर्ने विभिन्न घटनाक्रम समेटेको छ । फिल्मका सबै प्रमुख कलाकारले स्थान पाउको ट्रेलरमा भष्मे डनले आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा समेत देखाएको छ । ट्रेलर हेर्दा पशुपति क्षेत्रमा कब्जा जमाएर बसेको भष्मे डनलाई सौगात मल्लको पात्रको चरित्रसँग चुनौतीको रुपमा आएको अनुमान गर्न सकिन्छ । ट्रेलरले फिल्म प्रति दर्शकमा रहेको कौतुहल्तामा झन् बढवा दिएको छ ।

अगामी कार्तिक ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि फिलममा विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत फिल्ममा छ ।

https://youtu.be/J3tXwmZXQNk?si=7Am-lN8RjBowaQTf
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।