१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

धनगढी । नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुनेछ । 
  

गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेसनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो । प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी