१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

सबै भन्दा सरल प्रश्न जीवन के हो? कहिले कल्पना गर्नुभएको छ ? केलाई जीवन भन्ने ? यी प्रश्न हेर्दा जति सरल छ त्यसको उत्तर खोज्न थाल्नुभयो भने त्यतिकै गाह्रो छ। म कुनै विज्ञ त होइन तथापी आफ्नो अनुभव र ज्ञानका आधारमा जीवनलाई परिभाषा गर्ने कुचेष्टा गरेको छु।

Advertisement

तपाई विद्यालयमा पढ्दै गर्दा होमवर्क नगरेको दिन शिक्षकले कपी चेक गर्नुभएन भने तपाईलाई लाग्छ जीवन त यही हो, कार्यालयमा निरन्तर कार्यालय जाँदै गर्दा अकस्मात भोली विदाको खबर पढ्दा तपाईलाई लाग्छ जीवन त यही हो, विदेशमा पशिना बगाउने युवालाई विदेशबाट स्वदेश घर फर्कँने निधो भएपछि लाग्छ जीवन त यही हो, अप्रेशन गरेको डाक्टरलाई विरामीले जब सफल अप्रेशन पश्चात धन्यावाद भन्छ तव डाक्टरलाई लाग्छ जीवन त यहि हो, गृहणीले खाना दिएपछि श्रीमानले खानाको तारिफ गर्दा उनलाई लाग्छ जीवन यही हो, श्रीमानलाई दुःख पर्दा नडराउनु तपाईको साथमा म छु नी भनी श्रीमतीले भन्दा श्रीमानलाई लाग्छ जीवन यही हो। यसरी हेर्दा जीवनको परिभाषा समय, परिस्थिति, जीवन पद्धती, दैनिकी तथा सम्बन्धका आधारमा फरक फरक हुन्छ।

सबैको लागि जीवनको साझा परिभाषा के हुन सक्छ भने, जीवन त खुशी हो, जीवन त एक मुठी स्वास हो, जीवन हामीले अनुभव गर्ने सबै क्षण हो, जीवन जिउने कला पनि हो। तपाईले कसैबाट सुन्नुभएको छ कुनै नराम्रो घटनालाई कुनै पनि व्यक्तिले सम्झना चाहन्न, किनकी जब हामीले नचाहेको घटना घट्छ अथवा नराम्रो कार्य हुन्छ त्यो बेलामा हामीलाई मेरो त जीवन नै छैन जस्तो लाग्छ। त्यसैले जीवन राम्रो घटनाहरुको सम्झना हो। जन्म, मृत्यु त जीवनको एउटा पाटो मात्रै हो तर बाँच्नु मात्रै जीउनु होइन र बाँच्नुलाई मात्रै जीवन भनिँदैन। जीवन त जीउने आधार भएको हुनपर्छ।

जीवनलाई परिभाषा गर्न त्यति सहज पनि छैन जति यो शब्द सरल छ। मेरो लागि जीवनको अर्थले भन्दा यसको भोगाईले महत्व राख्दछ। जीवन जिउनको लागि जीवनलाई सहज बनाइनुपर्दछ। जति हामी जटिल तवरबाट सोच्छौँ साँच्चीकै जीवन त्यस्तै बन्दो रहेछ। प्रशिद्ध साहित्यकार डेभि जे। स्वार्जले आफ्नो पुस्तक The magic of Thinking big भन्ने पुस्तकमा लेख्छन् “हाम्रो सोँचले कर्मलाई निर्धारण गर्दछ र सोँचले नै हाम्रो भाग्यलाई डोह्राउँछ” यसबाट के बुझ्न सकिन्छ भने जीवनलाई हामीले जुन रुपमा लिन्छौँ जीवन त्यस्तै बनिदिन्छ। सानो सानो कुरामा खुशी मनाउन सक्ने मानिस, सानो सानो उपलब्धिमा सेलिब्रेशन गर्नसक्ने मानिस सधै खुशी नै हुन्छ। त्यसैले हामी पनि जीवन जिउने तरिका बदल्न सक्नुपर्दछ। जीवनको परिभाषा मात्रै जटिल हो तर जीवन जटिल विषय होइन भन्ने बुझ्नुपर्दछ।

त्यसो भए साँच्ची जीवन के हो त?
जीवन जीवन नै हो। बाँच्ने आधार हो। जीउने कला हो। भोग्ने भोगाई हो। गर्ने काम हो। थाल्ने प्रयास हो। दोहोरिरहने सपना हो। जीवनलाई यति धेरै तिरबाट परिभाषा गर्न सकिन्छ। जीवन छ त सबै थोक छ यदी जीवन नै छैन त केही पनि छैन त्यसैले जीवन पुरा ब्रह्माण्ड हो। त्यसैले त भनिन्छ जीवन छ र त सबैथोक छ यदि जीवननै नरहे ?

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप