१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । श्री सत्य साई सेवा सङ्गठन नेपाल स्थापनाको स्वर्णजयन्तीका अवसरमा श्री सत्य साई केन्द्र बुटवलद्वारा आज शनिबार बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

बुटवल ५ स्थित श्री सत्य साई केन्द्र बुटवलकाे परिसर तथा बुटवल ७ दिपनगर अवस्थित साई बाटिकामा निम, कल्की, धुपि लगायतका एक सय बढी बिभिन्न प्रजाती फलफूल तथा बिरुवाहरु रोपिएका थिए । सत्य साई केन्द्र बुटवल अन्तर्गत संचालित बाल बिकाशमा अध्ययनरत रहेका बालबालिकाहरु लाई प्रकृतिसंग अन्तरघुलन गराउनुका साथै पर्यावरणलाई जोगाउन सचेतना जगाउने उद्देश्य राखेर बृक्षाराेपण कार्यक्रम गरिएको कार्यक्रम संयाेजक शिशिर श्रेष्ठले बताए ।

“भगवान् साई बाबाको सदिक्षा अनुरुप वातावरण संरक्षणका लागी वृक्षारोपण र सरसफाई निकै महत्व हुने हुदां यो जनचेतनामूलक कार्यक्रम समेत भएकोले हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सफल बनाउन लागी परेको छाै ।मानव कल्याणका लागि आवश्यक यस्ता कार्यक्रम हामीले निरन्तर जारी राख्नेछाै” श्रेष्ठले भने । उक्त बृक्षाराेपणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बुटवल तथा लुम्बिनी प्रदेश वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवलबाट विरुवाहरु उपलब्ध गराइएकाे थियो ।

साे कार्यक्रममा बुटवल सत्य साइ केन्द्रका उपाध्यक्ष मनाेहर श्रेष्ठ , युवा परिचालन संयाेजक रचना श्रेष्ठ, शिक्षा संयाेजक गणेश राजभण्डारी, बाल बिकासका बिध्यार्थी, साई युथ परिवार तथा साई केन्द्रका भक्तजनहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता