२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । गायक तथा संगितकार नारायण रायमाझीले निर्देशन गरेको पछिल्लो चलचित्र परदेशी २ को ट्रेलर सार्वजनिक भएको छ।

Advertisement

शुक्रबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएको ट्रेलरमा विदेशमा रहेका नेपाली विद्यार्थी तथा गाउँघरमा रहेका आमाबुवाको कथा संगै भारतिय गोर्खा पल्टनमा सेवारत रहेका नेपाली यूवाको बहादुरी लाई पनि देखाइएको छ।

राजेश वंशल र निर्देशक रायमाझीको संयूक्त लगानी रहेको यो फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो चलचित्र बाट प्रसिद्ध लोकगायक प्रकाश सपूतले नायकका रुपमा चलचित्रमा डेब्यू गरेका छन।

यस चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन भने चलचित्रलाई मानकृष्ण महर्जनले छायांकन तथा दीर्घ खड्काले सम्पादन गरेका हुन। चलचित्र निर्देशक नारायण रायमाझीको तेश्रो चलचित्र हो । यस अघि उनले गोर्खा पल्टन तथा परदेशी जस्ता सुपरहिट चलचित्र निर्देशन गरेका थिए । यो चलचित्र बडा दशैंको अवसर पारेर यहि असोज २६ गतेदेखि देशभर प्रदर्शन हुदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै