ताजा अपडेट »

९ मंसिरमा नर्सिङ लाइसेन्सको परीक्षा

विहीबार, १८ असोज २०८०, १७ : २३
54 Shares

काठमाडौं। नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा  परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ ।

परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ । यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ हजार १०० रुपैयाँ रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।