ताजा अपडेट »

सञ्चार क्षेत्रमा महिलाको भूमिका कमजोर

विहीबार, १८ असोज २०८०, १३ : ३२
62 Shares

नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८ सय ५८ ले बढी छ । संख्यात्मकरुपमा महिलाहरुको उपस्थिति बढी भए पनि गुणात्मक उपस्थिति भने सबै क्षेत्रमा निकै न्युन देखिन्छ । समाजको संरचना निर्माणमा राज्य तहले गरेका विभेद कार्य नीति र पुुरुषवादी सोचका कारण महिलाहरुको सहभागितामा कमजोर उपस्थिति रहेको हो । सञ्चार क्षेत्रमा पनि महिलाहरु पुरुषको तुलनामा निकै कमको उपस्थिति छ ।

राज्यको व्यवस्थापिका, कार्यपालिका न्यायपालिकामा महिलाहरुको उपस्थिति समावेशीताको कारणले न्युन प्रतिशतमा उपस्थिति छ । तर सञ्चार क्षेत्रमा महिलाहरुको उपस्थिति कमजोर मात्र होइन निकै न्युन रहेको छ । देशका सबै विषयहरु उजागर गर्ने सञ्चार जगद्मा महिलाहरुको भूमीका कमजोर हुँदा सम्पूर्ण महिलाहरुको आवाजहरु जसरी समुदायमा बुलन्द हुनुपर्ने हो हुन नसकेको देखिन्छ ।

महिलाहरुको विषयवस्तु, अधिकार, महिला संवेदनशीतलताका विषयवस्तुहरु सञ्चार माध्यममा जति आउनु पर्ने हो आएको छैनन् । नआउनको कारण महिलाहरुको गोप्यनियता र संवेदनशीलताहरु पुरुषहरुले नबुझ्नका कारण हो । आधा धर्ती ढाकेका सृष्टि कर्ता महिला बिनाको यो समाज कल्पना गर्न पनि कठिन छ । तर अवसरका क्षेत्रमा भने महिलाहरुलाई संधै कमजोर देखाउने गरेको छ । नेपालमा छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारितामा महिलाहरुले कम अवसर पाउनु राज्यको नीतिगत कानुननै विभेदकारी भएको भन्न सकिन्छ । सञ्चार माध्यम सञ्चालन गर्ने निजी क्षेत्रका लगानी कर्ताले महिलाहरुका लागि कम अवसर दिएको गुनासाहरु रहे पनि सरकारी सञ्चार माध्यमहरुमा पनि महिलाहरु अवसरबाट बन्चित हुनु दुर्भाग्य हो ।

सञ्चारले मानिसलाई सूचना र जनचेतनाको पहुँचसम्म पु¥याउने गरेको छ । महिलाहरु सूचना र सञ्चारको क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरे पनि बस्ति—बस्ति र दुरजराजसम्म महिलाका विषय वस्तुका साथै मानव अधिकारका विषयहरु सञ्चार माध्यमबाट पु¥याउने थिए । तर महिलाहरुको सञ्चार क्षेत्रमा भएको नगन्य उपस्थितिले पुरुषवादी सोच नेपालको सञ्चार माध्यममा हावी भएको छ । यसको अन्त्य हुन जरुरी छ । यसका लागि नेपालमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्याममा समावेसीताका आधारमा महिलाको उपस्थित हुनु जरुरी छ । यसका लागि सञ्चार नीतिमा लिपिबद्ध हुनु पर्दछ ।

नेपालको मिडियामा महिलाको सहभागिता
नेपालको संविधान २०७२ ले समावेशीकरणलाई संस्थागत गरेको छ । नेपालको सबै निकायमा सबै समुदाय र लिङ्गको आधारमा पहुच पुग्ने कानुन निर्माण गरेको छ । महिलाको सहभागितालाई ३३ प्रतिशत सहभागिता हुनुपर्ने भनेको छ । तर सञ्चार क्षेत्रमा महिलाको संख्या निकै कम देखिन्छन् । पत्रकारिताम महिला प्रवेश नै कम छ । प्रवेश गरिसकेका महिलाहरु पनि पेशामा टिकी रहनु निकै गाह्रो देखिन्छ ।

नेपाल पत्रकार महासंघको लगभग १३ हजार ५ सय सदस्य मध्य २ हजार ४ सयको हाराहारीमा महिला पत्रकारको संख्या छ । यसरी हेर्दा १८ प्रतिशत को हाराहारीमा नेपाल पत्रकार महासंघको सदस्य रहेको महिलाहरु मध्य क्रियाशीलको संख्या त्यो भन्दा धेरै कम रहेको पाइन्छ । सबै क्षेत्रमा ३३ प्रतिशत को राज्यले ग्यारेन्टी गर्दा सञ्चार क्षेत्रमा १८प्रतिशत हुनुको कारण खोज्न जरुरी छ । सञ्चार क्षेत्रमा पनि महिलाहरुको संख्यामा ३३ प्रतिशत पुराउनका लागि समाज तथा राज्य र सञ्चार गृहहरुको भुमिका सकारात्मक हुन आवश्यक छ ।

यसका लागि राज्यले सञ्चार नीतिमै किटान गर्नुपर्छ ।महिलालाई पत्रकारितामा टिकाइ राख्नको लागि दक्ष, वृद्धि विकास, खोज पत्रिकारिता, सम्पादकीय भूमीका र सञ्चार क्षेत्र महिला मैत्री वातावरण बनाउन आवश्यक छ । लैङ्गिक उत्तरदायिक मिडिया नीतिको निर्माण गरि महिलाहरुलाई मूलधारका सञ्चार माध्यममा सहभागितामा अहिलेको आवश्यकता देखिन्छ । त्यसैले महिलाको सञ्चारक्षेत्रमा देखिएको कम सहभागितालाई बृद्धि गर्नका लागि अभियानका रुपमा सरकार र नेपाल पत्रकार महासंघले भुमिका खेल्नु जायज हुने छ ।

मिडिया क्षेत्रमा महिलाको संघर्ष
नेपालको ऐतिहासलाई फर्केर हेर्दा सञ्चारको विकास र विस्तार त्यति पुरानो छैन । नेपालमा पहिलो पटक प्रकाशन भएको “सुधा सागर” साहित्य पत्रिकाबाट नेपालको सञ्चार र पत्रकारिताको सुरुवात भएको हो । सुधा सागर साहित्य पत्रिका वि.सं. १९५५ साउन महिनामा प्रकाशन भएको थियो । त्यस पछि राणा प्रधानमन्त्री देव शम्शेरले वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु गरेका थिए । यसरी नेपालमा पत्रकारिता सुरु भएको देखिन्छ । राजनीतिक रुपमा परम्परागत सञ्चार प्रणालीबाट सुरु भएको पत्रकारिता राणाकाल, प्रजातन्त्रकाल पञ्चायतकाल, बहुदलीय, संसदीयकाल, राजाको प्रत्यक्ष शासनकाल र हालको गणतन्त्रकालसम्म आइपुग्दा विभिन्न आरोह अवरोहहरु पार गरेको छ ।

सबै अवस्थामा महिला पत्रकारहरुले काम गरे पनि गुणात्मक रुपमा फड्को मार्न सकेको देखिदैन । नेपाली पत्रकारिताको ऐतिहासमा महिला पत्रकारको जन्म २००८ सालमा महिला मासिकबाट सुरु भएको हो । महिला माथि हुने दमन र हिंसाको विरुद्ध कलम चल्ने सो प्रकाशन पश्चात महिला पत्रकारहरु सञ्चार क्षेत्रमा काम गर्न थालेको देखिन्छ । पत्रकारिता आफैमा चुनौतिपूर्ण पेशा हो । यो पेशामा लागेका महिला पत्रकारका लागि विभिन्न चुनौतिहरु देखिने गरेको छ । समाचार सङ्कलनको क्रममा कार्य क्षेत्रमा खटिदा र सञ्चार गृह भित्रै चुनौतिहरुको सामाना गर्न परिरहेको छ ।

यस कारण महिला पत्रकारका लागि सञ्चार क्षेत्रमा काम गर्दा आर्थिक, भौतिक र सामाजिक असुरक्षा सामाना गर्नुपर्ने बाध्यता छ । “महिला पत्रकार माथि अनलाइन हिंसाको अवस्था” सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८.५ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा धेरै हिंसा भएको जनाएको छ । त्यसैले पनि महिला पत्रकारको चुनौतिको बारेमा प्रष्ट पार्छ । संधै चुलो र चौकोमा सीमित हुनुपर्ने महिलाहरु पत्रकार बनेर कार्य क्षेत्रमा दौडिन पनि निकै कठिन छ । महिलाहरुका लागि व्यक्तिगत तथा सामाजिक सुरक्षा र घर व्यवहार समेत व्यवस्थापन गर्न पर्ने चुनौतिले संधै सताइ रहने गरेको छ ।

विवाह, बच्चा, घर परिवारप्रतिको दायित्व महिला पत्रकारको चुनौतिका विषय हुन् । घर परिवार तथा बालबच्चा व्यवस्थापन गर्न नसक्दा धेरै जसो महिला पत्रकारहरु पेशाबाट पलायन भएका छन् । यस कारण महिला मिडिया क्षेत्रमा टिकी राख्न निकै संघर्ष गरि राख्न परेको छ । नेपालको सञ्चार नीति समेत महिला मैत्री नहुदा महिलाका लागि सञ्चार गृह कम सम्भावना भएको क्षेत्रको रुपमा परिभाषित हुने गरेको छ ।

कार्य क्षेत्रमा विभेद
महिलालाई आमसञ्चार माध्यम र पत्रकारिता क्षेत्रमा काम गर्न पुरुषलाई भन्दा कठिन छ । महिला मैत्री, सामाजिक संरचना र सञ्चार गृह नहुँदा पत्रकारिता क्षेत्रमा महिलाहरुको गुणात्मक विकास हुन नसकेको देखिन्छ । व्यवसाय रुपमा महिला पत्रकारहरुलाई अगाडि बढ्न विविध खालका चुनौतिहरुको सामाना गर्नुपर्ने बाध्यता हुनु पनि महिला पत्रकारका लागि कठिन बनेको छ । पुरुषलाई समाजमा पत्रकारिता गर्न जति सजिलो छ ।

त्यसको तुलनामा महिलाहरुको लागि क्षमता र दक्षता माथि संङ्कका गर्ने कार्य क्षेत्रमा जाँदा चारित्रिक रुपमा अनेक टिका टिप्णी गर्ने, आत्मबल कमजोर बनाउने खालका व्यवहार भोग्न पर्ने र कार्य क्षेत्रमा जिम्मेवार दिँदा समेत विभेद हुने गरेको छ । महिला पत्रकारहरुले कार्य क्षेत्रमा खटिदा नकारात्मक पारिवारिक दृष्टिकोण बनाउने भएकोले विभिन्न विभेदहरुको सामाना गर्नु परेको छ । सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा थुप्रै विभेद भोग्दै पत्रकार भएर स्थापित हुन ठूलो युद्ध जित्नु सरह भएको छ । यसका लागि सामाजिक विभेदको निर्मुल र महिला पत्रकारको पेशालाई सुरक्षित बनाउन सबै सरोकार निकायले एक मनले साथ दिन जरुरी छ । कार्यक्षेत्रमा खटिदा पनि महिला र पुरुष पत्रकार बिच समान दृष्टिकोणले व्यवहार हुनु पर्दछ ।

महिला सम्पादकको अभाव
नेपालका ठूला मिडियामा कही कतै महिलाहरुले सम्पादकीय भूमीका पाएका छैनन् । जनसंख्याको हिसाबले नेपालमा महिलाहरुको संख्या धेरै छन् । शैक्षिक योग्यता र क्षमताको हिसाबले पनि अवसर पाउदा पुरुषले भन्दा उत्कृष्ट काम गरेर नेपाली महिलाले देखाएका छन् । तर पुरुषवादी सोच भएका नेपालका सञ्चार गृहहरुले महिलालाई सम्पादक राख्न रुचाउदैनन् । नेपाल केही नगन्य रुपमा महिलाहरु सम्पादकको भूमिकामा रहेका छन् । कित उनीहरुले आफै प्रकाशक भएर सम्पादक भएका छन् कित ठूलो संघर्ष गरेर मात्रै सम्पादकीय भूमीका पुगेका छन् । दुर्भाग्य यो छ की महिला सम्बन्धी निस्कने पत्रिकामा समेत महिलालाई सम्पादक दिएको छैन ।

नेपालमा सम्पादक हुनलाई योग्यता, क्षमता, अनुभव भएका मानिसलाई मात्र सम्पादकका जिम्मेवार दिइने गरेको छ । त्यस्तो मापदण्ड पुगेका र जिम्मेवारी बोध गर्न सक्ने महिलाहरु प्रशस्त भए पनि सम्पादकीय जिम्मेवारीबाट बन्चित हुन परेको छ । महिलाहरुले पनि नेतृत्वमा बसेर काम गर्न सक्ने मानसिकताको विकास गराउन आवश्यक छ । सम्पादकको पदमा बसेर महिलाहरुले जिम्मेवारी लिन सक्दैनन् । भन्ने भ्रम चिर्न महिला स्वयम्ले आफ्नो योग्यता र क्षमताको विकास गर्न आवश्यक छ । महिलालाई नेतृत्व दिनमा समेत सञ्चार गृहहरु सकारात्मक हुनु अहिलेका माग हो ।

निष्कर्ष
नेपालमा पत्रकारिता क्षेत्रमा पनि पुरुषवादी सोचका कारण महिलाहरु पछि परेका छन् । नेपाली पत्रकारिताले एक सताप्दी पार गरि सक्दा पनि महिला पत्रकारहरुको गुणात्मक विकास सुस्त गतिमा हुनु समाजिक रुपान्तरणको खराब पक्ष हो । पुरुष प्रधान समाज र पितृसत्तात्मक सोचका कारण पनि महिला पत्रकारको समाजमा उपस्थित न्युन भएको आरोप लाग्ने गरेको छ । यद्यपी मिडिया क्षेत्रमा महिलाहरुको सहभागिता जबरजस्त रुपमा बढ्दै जानु पनि सकरात्मक सङ्केतको रुपमा लिन सकिन्छ ।

महिलाहरु इन्जत र अस्मिता, पारिवारिक जिम्मेवारी, चुनौतिको रुपमा रहे पनि पत्रकारिता क्षेत्रमा उत्साहजनक उपस्थिति रहेको छ । यसलाई बढाउदै लैजान आवश्यक देखिन्छ । नेपालको संविधानले ३३ प्रतिशत सबै क्षेत्रमा महिलाको सहभागिको सुनिस्चिता गरेका कारण सञ्चार क्षेत्रमा यो लागु हुन आवश्यक छ । सधै सम्मान सहभागिता र समावेशीताको ओकालत गर्ने सञ्चार माध्यमले ३३ प्रतिशत महिलाको सहभागिलालाई सुनिचिश्तता गर्न सञ्चार नीति निर्माण गर्न आवश्यकता छ । भौतिक र पेशागत सुरक्षा सञ्चार क्षेत्रमा महिलाका लागि अति जरुरी छ ।

सञ्चार सम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व भएमा महिला सहभागिता र पत्रकारितामा महिलाले भोेगेको समस्या समाधान हुन सक्दछ । त्यसैले यस क्षेत्रमा समान व्यवहार, उचित पारिश्रमिक र महिला मैत्री वातावरण आवश्यक छ । महिलालाई पत्रकारितामा टिकाइ राख्नको लागि दक्ष बनाउनका साथै, उत्पे्ररणा प्रदान गर्ने, पुरस्कृत गर्ने कार्यक्रमहरु नीतिगत रुपमा गर्नु पर्दछ । नेपालमा सञ्चारक्षेत्रमा आफ्नो भविष्य देखेका सयौं महिलाहरुलाई सञ्चार गृहहरुले अवसर प्रदान गर्न आवश्यकता छ । महिलाको दक्षता तथा योग्यताको विकासका लागि राज्यले पहल गर्नु पर्दछ । महिलाहरु स्वयम् पनि यस्ता अधिकारका लागि परिश्रम गर्दै जिम्मेवार बन्न जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।