१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

सिरहा । पछिल्लो समय सिरहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ। आन्तरिक राजश्व बिभागले निरन्तर रुपमा ठूलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानियले बताएका छन ।

Advertisement

जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौ स्थानमा प्रहरी विट र त्यसमार्फत सयाैं प्रहरी परिचालित छन् तर सीमाक्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भएपनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेकाे छैन ।

पछिल्लो एकसातामामात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरु बरामद गरेकाे छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि केहि समानहरु पक्राउ गरिरहेकाे स्राेतकाे दाबी छ । साेही दवावका कारण आज मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका- १८ तारापट्टीबाट भन्सार छलि लुकाई छिपाई राखेको करिव ८० लाख बराबरको ७८ पोका कपडा बरामद गरेको छ। बरामद कपडा आजै राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ। 

पछिल्लाे एकसाताको अवधिमा सिरहाबाट राजस्व अनुसन्धान कार्यालय ईटहरीले १३ गते ४० लाख बराबरको कपडा, १५ गते भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक र ३२ लाख बराबरको कपडा नियन्त्रणमा लिएको थियो। त्यसैगरी टोलीले १४ गते आइतबार बिहान पनि सिरहा नगरपालिका- १५ बाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।

यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो। राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड भन्दा बढीको तस्करी (भन्सार छलेर) गरि ल्याएको कपडा बरामद गरिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए।

 
पछिल्लो केहि दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिरहामा सुरक्षा निकाय र प्रशासनको मिलेमत्तोमै तस्करी फस्टाएको पुष्टि भएकाे स्थानीय बताउँछन्। तस्करीको सामान खुल्याम रुपमा नेपाल भित्रिनुले पनि भन्सार कार्यालयका कर्मचारी, प्रहरी र प्रशासनको सेटिङ्ग मै तस्करी हुनेगरेको स्थानियहरुकाे तर्क छ ।

राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यताका तस्करहरु सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए। उनले भने, ‘सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले त्यहीँका तस्करहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ। हामी पनि निरन्तर रुपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौं यसमा सवैपक्षको सहयोग आवश्यक छ।’

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी