ताजा अपडेट »

नेपालगञ्जमा सामाजिक सञ्जालको दुरुपयोगले 'द्वन्द'को डर, सद्भावका लागि र्याली

मंगलबार, १६ असोज २०८०, १३ : ३७
36 Shares
मंगलबार, १६ असोज २०८०
36 Shares

बुटवल । सामाजिक सञ्जालको दुरुपयोग गर्दा बाँकेको नेपालगन्जमा सामाजिक सद्भाव भड्किने स्थितीको सिर्जना भएको छ । जातीय द्वन्द सिर्जना हुनेगरी एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेकै आधारमा विगत केहीदिन यता नेपालगञ्ज अशान्त हुँदै आएको छ ।

नेपालगञ्जमा जातीय द्वन्द तथा सामाजिक सद्भावलाई कायम राख्नका लागि मँगलबार विहान विभिन्न धर्म गुरुहरुको उपस्थितीमा सद्भाव र्याली निकालिएको छ । ब्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्दै सामाजिक सदभावमाथि प्रहार गरेको भन्दै आज बिहानै सदभाव र्याली निकालिएको हो । शान्ति र सदभावको परिचय बोकेको नेपालगन्जको सदभाव कायम राख्न सदभाव र्याली निकालिएको र्यालीमा सहभागीहरुले बताएका छन् ।

स्थानीय बिपी चोकबाट निकालिएको सदभाव र्याली धम्बोझी चोक पुगेर समापन गरिएको छ । र्याली समापन कार्यक्रमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका महन्त हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना जब्बार लगायतले नेपालगन्जले बनाएको सदभावको शहरको पहिचानलाई जोगाएर राख्न नगरबासीलाई आह्वान गरे । र्यालीमा स्थानीय राजनीतिक दलका नेताहरु, उद्योगी ब्यवसायी, बिभिन्न धर्मका धर्मगुरुहरु लगायत सर्वसाधारणको उपस्थिती रहेको थियो ।

सद्भाव र्यालीपछि पनि निस्कियो धार्मिक र्याली

सद्भाव र्यालीपछि पनि हिन्दु धर्मालम्बीहरुको नाममा एक समूहले मँगलबार विहान अर्को र्यालीको आयोजना गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि सेतु वि.क. चोकसम्म र्याली गर्दै उनीहरुले ‘गौहत्या बन्द गर, गौहत्या गर्नेलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए । उक्त घटनासँगै स्थिती तनावपूर्ण हुने देखेपछि जिल्ला प्रशासन कार्यालयले करफ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्‍याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरिएको कार्यालयले जानकारी दिएको छ ।

गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्‍याली आयोजना गरेका थिए । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद सार्वजनिक भएपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।