ताजा अपडेट »

३५ औं झरना कप फुटबल : लिस्नुलाई हराउँदै भूपू सैनिक जवाई अघिल्लो चरणमा

आइतबार, १४ असोज २०८०, १९ : ०३
12 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा  भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ ।

जवाईले लिस्नु युवा क्लब कोटिहवालाई ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा-६ कुञ्जलापुरस्थित खेल मैदानमा भएको खेलमा जवाईका सरद दर्लामीले ११ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरी ३१ मिनेटमा अर्का खेलाडी सरद क्षेत्रीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा पुजन भण्डारीले थप गोल गरेका थिए । निस्नुका तर्फबाट खेलको ४२ मिनेटमा सिजन थापा र दोस्रो हाफको २९ मिनेटमा आमोस पुनले गरि २ गोल गरे पनस जितका लागि प्रयाप्त भएन ।

उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सोमबार दिउँसो ३ बजे हुने तेस्रो खेलमा फर्साटिकर एफसी र कपिलवस्तु-११ बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए ।

विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक  मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ ।

प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाँइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा-११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी-११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।