१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

Advertisement

यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४०प्रतिशत (१ अर्ब २३ करोड २० हजार रुपैयाँ) को आधारमा १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । 

सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरिएको थियो ।

उक्त सेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम सेयर बाँडफाँट भइसकेको छ । 

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता पनि बाँडफाँट गरिसकेको छ । अब स्थानीयले नकिनेको सेयरसमेत थप गरेर सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यस आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज २८ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं ९ मा रहेको छ । कम्पनीको कारखाना स्थल भने दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको छ । 

यो उत्पादनमूलक उद्योग हो । यसले २०६९ सालदे जेठ २८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यसको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस उद्योगको क्लिंकर २ लाख १३ हजार ३५७ मे.ट. ओपीसी सिमेन्ट १ लाख ७२ हजार ७२ मेट्रिक.टन, पीपीसी ५ लाख ४९ हजार ४८० मे.ट. र पीएससी ४९ हजार ९२४ मे.ट उत्पादन क्षमता रहेको छ । 

सोनापुर मिनरल्सको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६०प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत हुनेछ । आईपीओ निष्कासनपश्चात कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ जम्मा हुनेछ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म सोनापुर मिनरल्सले ५४ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०८१–८२ मा ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ र आव २०८२–८३ मा ७२ करोड ४२ लाख १९ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य