१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । राष्ट्रिय फुटसल टोलीका कप्तान मणी कुमार लामा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी बाट खेल्ने भएका छन् । एनएसएल अक्सनमा बुटवलले उनलाई किन्न सफल भएको हो ।

नेपाल राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरिसकेका मणी ए ग्रेडमा थिए । उनलाई बुटवलले न्यूनतम १ लाख ५० हजारमा अनुबन्ध गर्न सफल भएको हो । मणकिा लागि बुटवल बाहेक अरु कुनै टिमले बोली लगाएनन् । उनले गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबका लागि खेलेका थिए र ३ गोल गरेका थिए।

मणीले राष्ट्रिय फुटबल टोलीलाई एक औपचारिक खेल खेलेका छन्। उनले काठमाडौंमा गत मार्चमा लाओस विरुद्ध खेल्दै डेब्यु गरेका थिए । त्यसपछि भने उनले राष्ट्रिय टोलीबाट कुनै औपचारिक खेल खेलेका छैनन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध