१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् ।

Advertisement

नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंशामा रमाएर बसेको आरोप पनि लगाएका छन । उनका अनुसार प्रधानमन्त्रीले तिर्थाटन जान छाडेर देश बिकासका लागि साेच्नु पर्दथ्याे । 

‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पुर्ब प्रधानमन्त्रीसमेत रहेका भट्टराईले, ‘नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने ?’ 

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसंग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको उनको भनाई छ । ‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुॅदै गर्थ्यो  ।’

सबैले लेखेर राखौं भन्दै उनले भनेका छन, ‘सयौं बर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण  (दुइ अंकको आर्थिक वृद्धिदर–दुइ दशक निरन्तर) को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।’

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने