ताजा अपडेट »

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो

विहीबार, ११ असोज २०८०, १४ : १०
64 Shares
विहीबार, ११ असोज २०८०
64 Shares

काठमाडौं। सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । 

बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेकाले सबै सचेत हुनुपर्ने पनि निष्कर्ष निकालेको छ । 

देशमा धार्मिक र र साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी अराजकता फैलिन लागेकाले बेलैमा गम्भीर भएर समाधान गर्नुपर्नेमा बैडकले जोड दिएको उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।