ताजा अपडेट »

तिलोत्तमामा सिफारिस पत्र देखाई स्वास्थ उपचारको नाममा घर-घरमा गई आर्थिक सहयोग उठाउन नपाइने !

मंगलबार, ०९ असोज २०८०, २० : ५०
14 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयका सिफारिस पत्रहरु देखाई घर-घरमा गई आर्थिक सहयोग उठाउने कार्य नगर्न अनुरोध गरेको छ ।

नगर प्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ति जारी गरी स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयका सिफारिस पत्रहरु देखाई / नदेखाई विभिन्न स्वास्थ्य ससस्याहरु (मृगौला पीडित, क्यान्सर लगायत विभिन्न रोगहरु) लागेको भनि देखाएर टोल, बस्तीहरु, घर-घरमा गई आर्थिक सहयोग उठाउने, रसिद काट्ने लगायतका क्रियाकलापहरु गर्ने गरेको, आर्थिक सहयोगको लागि दवाव समेत दिने गरेको पाईएको तथा कतिपय यस्ता व्यक्तिहरुवाट चोरी लगायतका घटनाहरु बढे भन्दै नगरपालिका क्षेत्र भित्र यस्ता कार्यनगर्न तथा नगराउनुहुन अनुरोध गरेको हो ।

'यस नगरपालिका क्षेत्र भित्र विभिन्न जिल्लाका व्यक्ति/ समुहहरुले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयका सिफारिस पत्रहरु देखाई / नदेखाई विभिन्न स्वास्थ्य ससस्याहरु (मृगौला पीडित, क्यान्सर लगायत विभिन्न रोगहरु) लागेको भनि देखाएर टोल, बस्तीहरु, घर-घरमा गई आर्थिक सहयोग उठाउने, रसिद काट्ने लगायतका क्रियाकलापहरु गर्ने गरेको, आर्थिक सहयोगको लागि दवाव समेत दिने गरेको पाईएको तथा कतिपय यस्ता व्यक्तिहरुवाट चोरी लगायतका घटनाहरु बढेको भनि यस नगरपालिकामा गुनासो समेत प्राप्त भएकोले यस्ता कार्यहरु यस नगरपालिका क्षेत्र भित्र नगर्न तथा नगराउनुहुन सम्बन्धित सरोकारवालाहरुलाई यसै सूचना मार्फत जानकारी गराईन्छ । यस सुचनालाई वेवास्ता गरि विभिन्न बाहानामा आर्थिक सहयोग उठाउने कार्य गरेको पाइएमा नियमानुसार कारवाहीको लागि सम्बन्धित निकायमा पठाइने व्यहोरा समेत जानकारी गराईन्छ। '- सूचनामा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।