ताजा अपडेट »

‘परदेशी २’को टिम बुटवलमा, असोज २६ गते प्रर्दशनमा आउने

मंगलबार, ०९ असोज २०८०, १७ : २७
47 Shares

बुटवल । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ ले यतिबेला प्रचारप्रसारलाई तीव्रता बनाएको छ । यसैक्रममा निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम चलचित्रको प्रचारको क्रममा मंगलबार बुटवलमा आएका छन् ।

मंगलबार बुटवल आएका उनीहरुले विभिन्न स्कुलमा गएर चलचित्रको प्रचार गर्नुका साथै बुटवलमा पत्रकार समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक नारायण रायमाझिले चलचित्रले नेपाली समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए । त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएका कारण एकदमै उत्साहित रहेको बताए ।

चलचित्रमा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो अहिले पनि त्यही उत्साह रहेको उनले बताए । अभिनेत्री केकीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको बताइन् ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि।बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।