ताजा अपडेट »

साफ यू–१९ च्याम्पियनसिप फुटबल : नेपालले आज मालदिभ्ससँग खेल्दै

सोमबार, ०८ असोज २०८०, ०७ : ५२
24 Shares

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रङ्गशालामा सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १(० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । बराबरी या हारले पनि नेपाली टोली समूह चरणबाटै बाहिरिनेछ । उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ । शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समीकरण बनेको हो ।

नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ । समूह बी मा बङ्गलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।