ताजा अपडेट »

टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित)

आइतबार, ०७ असोज २०८०, १४ : ०३
59 Shares

बुटवल । टिकटक स्टार ‘मुन’ अर्थात् मोनिकाको सम्झानामा बनाईएको गीत सार्वजनिक भएको छ । उक्त गीतमा मुनलाई ट्रीब्युट दिदैँ आयुष (भिन्ना)को शब्द र मिजम सिंह कुँवर र आयुष थापाको सङ्गीतमा जुजु क्रियसन स्टुडियोका निर्देशक शुशिल श्रेष्ठको पहलमा सत्य घटनामा आधारित यो गीत तयार पारि युटुवमा आज गरिएको छ । जसलाई मदन घलेले बिट दिएका हुन् ।

भिडियोमा मुनसँग खिचिएका उनका पुराना भिडिहरुको सहायता लिएर साथी भाईहरुको प्रेम वियोगको कथा दर्शाउन खोजिएको छ । बोराको निर्देशनमा उक्त भिडियोमा मिजम सिंह कुँवर र आयुष (भिन्नांं) ले अभिनय गरेका छन् भने मिजम सिंह कुँवरले निर्माण गरेको उक्त गीतको भिडियोलाई सुच्छेन लामिछाने र गौरव रन्जितकारले छाँयाकन गरेका हुन् । भिडियोमा सुजता मगरलाई कास्ट गरिएको छ । सो भिडियो मिजम सिंह कुँवरकै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको हो ।

https://youtu.be/HujfpGRuU_I?si=vS2RFXbKkggQDsM5
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।