ताजा अपडेट »

मुगुको गाउँमै पुग्यो बर्थिङ सेन्टर

शुक्रबार, ०५ असोज २०८०, १२ : ५१
44 Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा गाउँका बुद्धु बुढा उमेर अहिले ६० नाघिन् । विगतमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका लागि जति संघर्ष, सास्ती खेपिन् उनले अहिले पनि अवस्था उस्तै थियाे । विगतका ति दिनहरुलाई फर्केर हेर्दा  गुजारेकाे कष्टकर क्षण सम्झिदा उनको मन भक्कानिन्छ । 

सिटामोल पाउन पनि मुस्किल पर्ने मुगाली जनता सधैँ रोग र भोकले पीडित बनिरहे । तर, देशमा संघीयता  कार्यान्वनयनसँगै  जिल्लामा सञ्चालित संघ संस्थाले गर्दा पछिल्लो समय मुगुका नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न थालेका छन् । 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ , ११ , र १४ वडामा बर्थिङ सेन्टर सञ्चालन भएकाले यहाँका मानिस हर्षित देखिन्छन् । अकालमा शिशु  र आमाकाे मृत्यु हुने अवस्थालाई बर्थिङ सेन्टरले अन्त्य गर्न सहयाेग गर्ने अपेक्षा स्थानीयले गरेका छन् । 

मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत रोवा प्रसूति गृह निर्माण भएपछि अब ११ नं वडाका नागरिकहरुले सहजै रुपमा सुविधा युक्त संरचनामा सुत्केरी गर्न पाउने भएका छन् । 

कोईका , गुर्ड नेवर्स जापानको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा जम्मा ६३ लाख ६६ हजार ६ सय ७२ रुपैयाको लागतमा रोवा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर निर्माण भएको एमसिएच प्रोजेक्ट कार्यक्रमका राजेस उपाध्यायले बताए । 

उनका अनुसार रोवा गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि अब यहाँका नागरिकहरुले सहजै सेवा पाउने बताए ।  छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्या मल्लका अनुसार विशेष गरेर दूर्गम गाउँका महिलाहरुले गाउँ घरमा यस्ता स्वास्थ्य संस्थाहरु नहुँदा अकालमै आमा र बच्चाको ज्यान गुमाउनु परेको थियो । 

अब यस्तो समस्यालाई मध्येनजर गर्दे गाउँमै बर्थिङ सेन्टर बने पनि मृत्युको मुखबाट बच्ने नगर उपप्रमुख मल्लले बताइन् । अब यो बर्थिङ सेन्टरको व्यवस्थापन स्वास्थ्य सेवा चुस्त दुरुस्त बनाउन र यहाँका नागरिकहरुको स्वास्थ्य क्षेत्र आँच आउन नदिन नगरपालिकाले सहयोग गर्ने बचन दिइन् । 
            
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।