ताजा अपडेट »

साफ यू-१९ फुटबल : पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

विहीबार, ०४ असोज २०८०, २० : ५०
105 Shares
विहीबार, ०४ असोज २०८०
105 Shares

बुटवल । साफ यू–१९ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो।

पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने पाकिस्तानले गोल गरेको हो। पाकिस्तानका लागि अलि जफरले ७७ औं मिनेटमा गोल गरेका हुन्। जफरको गोल नै जितका लागि निर्णायक हुन पुगेको हो।

यो प्रतियोगिता बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।