ताजा अपडेट »

संंविधान दिवसमा भुँई मान्छेहरुको त्यो विलौनाः सुन्ला सरकार ?

विहीबार, ०४ असोज २०८०, १६ : ३१
40 Shares

गुल्मी । बुधबार बिहान गुल्मीको सदरमुकाम तम्घासमा संविधान दिवस मनाउन बजारमा सुकिलामुकिला मानिसहरुको चहलपहल बढ्दै थियो । त्यत्तिकैमा ग्लोबल आवाजकर्मी प्रेम सुनारलाई एउटा फोन आयो । तपाईंको नाम र के कामले भनेर सोध्न नपाउँदै भक्कानिदैँ आफ्ना पीडा सुनाउन थाले ती मान्छे ।

भन्दै थिए मेरो घर गुल्मीको धुर्कोट गाउँपालिका २ पिपल्धारा हो । मेरो नाम लक्ष्मण मुखिया हो । मेरो उमेर ४३ वर्षको भयो। मेरो घरमा कोहि छैन्न । म बिरामी परेको गत पाँच वर्ष देखि बुटवलकै सडकमा बिताउँदै आएको छु । धेरै जसो भोकै हुन्छु । पिपलधारातिर घर हुनेहरुले दया जागेर कहिले काहीँ दिन्छ्न र खाने गर्छु । मुटु र मृगयौला रोगी भएका कारण मैले काम गरेर खान सक्दिन । उपचार गर्ने खर्च नभए पछि केही उपाय लाग्थ्यो कि भनेर मैले तपाईंलाई आज फेरि फोन गरेको हु ।

उनले आँशु झार्दैै भने म मर्छु सर, बचाई दिने भए बचाई दिनुस । उनी सङ्गै धुर्कोट गाउँपालोका १ नयाँगाउँका ३९ वर्षीय भिम बहादुर कुवर पनि मृगौला फेल भई उपचार गर्न नसकी गत दुई वर्षदेखि बुटवल कै सडकमा बिताउँदै आएको पीडा सुनाउँछ्न।

यी त प्रतिनिधि पात्र मात्र हुन् । दिनमा यस्ता खाले बिरामी र उपचार गर्न नसकेर जीवनको हार गुहार माग्ने हामी एउटै मिडियालाई चार पाँच जनाको फोन आउँछ कोहि आँसु झार्दै अफिसमै आउँछन् । यी भुइँ मान्छे त्यसमा पनि बिरामी पर्दा उपचारका लागि आर्थिक अभाव हुनेहरु मध्येका धेरै डिप्रेशनको सिकार भएर आफै ज्यान हालेका घटना पनि बढ्दै छ्न् । चरम आर्थिक अभावको पीडा खेप्न नसकेर छोरा बिस सेवन गराएर मार्दै आफू पनि सँगै आत्मा हत्या गर्ने बाबु र आमाहरु पनि यसै देशमा छ्न् । गरिबी आभावले निम्ताउने यस्ता खाले घटनाले विकाराल छ अबस्था तर देश चलाउनेहरु यो अवस्था सामान्य ठानिरहेको महशुस हुन्छ ।

करोडौ अरबौका मठमन्दिरलाई बजेट छुट्टाउने , शिलान्यास र उद्घाटनमा रमाउने नेताहरुले यी भुई मान्छेहरुलाई अहिलेको यो विकराल अवस्थाबाट मुक्त गराउन नसके संविधान दिवस केवल तीनै हुने खाने वर्गकै लागि कर्मकाण्डी दिवस हुनेछ । अन्यथा यो देशको हरेक वर्ग समुदाय र लिंगका लागि यो दिवसले छुन सक्दैन ।

संविधानको ठेलीमा त छ गाँसबास, कपास , शिक्षा स्वास्थ्य रोजगारको ग्यारेण्टी तर व्यवहारमा ती सब कुराबाट बन्चित छ्न् भुइँ मान्छेहरु मध्येका कयौँ । त्यसैले त गणतान्त्रिक नेपालको संविधान जारी भएको ८ वर्ष वित्दा पनि ती भुई मान्छेहरुलाई संविधान कुन चरीको हो ? भन्ने अबस्था छ । गत पाँच वर्षदेखि बुटवलको सडकमा बसेर गरिवीको बिस्कुन सुकाई रहेका र उपचार गर्ने खर्च नभएर तडपिरहेका नयाँगाउँका कुँवर र पिपलधाराका जिसी सबैसंग जिवन माग्दै भन्छन् जे जति सक्नु हुन्छ सहयोग गरे हामीलाई बचाई दिनुस् ।

हामीले धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलसंग उनिहरुको बारे ध्यानकृष्ट गराउँदा उनीहरु पालिकामा बोलाउँदा नआउने फोन मात्रै गर्ने गरेर पालिकाबाट हुने र प्रदेशबाट हुने सेहयोग पाप्त गर्न नसकेको बताए । हामीले विभिन्न प्रकारका दिर्घरोगी , मेरुदण्ड गुमेका घाईतेहरुलाई पालिकाबाट सहयोग उपलब्ध गराउँदै आएका छौं । हाम्रो सिफारिसमा प्रदेश सरकारले पनि दुई लाखसम्म दिन्छ । यसर्थ उनीहरुलाई बुटवलबाट यहाँ आउन भन्नुहोस पोखरेलले भने ‘यदि आउनै सक्देनन भने पनि डकुमेण्ट पठाउन भन्नुस हामी अबश्य सहयोग गर्ने छौं । पालिका र प्रदेशबाट भन्दा पनि यस्तो वर्गका मानिसहरुको संंघिय सरकारले निशुल्क उपचारको ग्यारेण्टी लिनु पर्ने माथ उठेको वर्षऔँ भयो तर सुनुवाई हुन सकेन । यसपालीको सरकारले सुन्छ कि वा चाल उहि पुरानै सरकारको हो ? भनेर नागरिक समाजका अगुवाहरुले सवाल उठाउँदै आएका छन ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार