५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

गुल्मी। प्रविधिको विकास सँगै शहरदेखि गाउँसम्म अनलाइन मार्फत उपभोग्य सामग्री र औषधीहरु किनमेल हुने क्रम बढेको छ । यो सँगै ब्ल्याकमेल गर्दै ठग्ने र बदनाम गराउने क्रम पनि बढेको छ । यसैको पछिल्लो उदाहरणका पात्र बनेको बताउँछन् गुल्मीको सत्यवती गाउँपालिका–१ का वडा अध्यक्ष अर्जुन कनौजे ।

Advertisement

आफुले तरकारी खेती गर्दा विषादी छर्ने क्रममा आफ्नो यौन शक्ति ह्रास भएकोले आफु उपचार गर्न सुनौली गएको र डाक्टर बनेका एक जना भारतीय नागरिकले २० हजार बराबरको यौनशत्ति बढाउने यार्सागुम्बा भनिएको औषधी खरिद गरेर आएको कनौजेको भनाइ छ । त्यसपछि भिडियोकल मार्फत उक्त औषधीको प्रभावकारीता भए / नभएको परीक्षण गर्छु भन्दै गोप्य अंग देखाउन लगाएको र आफुले विश्वासमा परी देखाएको उनले बताए ।

त्यही भिडियो पछि निज भारतीय नागरिकले सोही वडाको वडा सदस्यको म्यासेन्जरमा पठाई ब्ल्याकमेल गर्दै थप पैसा ठग्ने चेतावनी दिएको कनौजेले भावुक हुँदै भने । त्यही भिडियो स्थानीयले पनि सामाजिक सञ्जालमा भाइरल बनाएपछि आफु तनावग्रस्त बनेको र साइबर क्राइम विरुद्धको कारवाहीका लागि आफु इलाका प्रहरी कार्यालय रीडि पुगेर निवेदन दर्ता गराएको कनौजेले बताए ।

त्यस प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अनिल थापाले पनि आफु ठगिएको र बदनाम गर्ने नियतले उक्त गोप्य भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल गराइएको विषयमा भिडियो हटाइदिने र ठगी गर्ने गीरोहलाई खोज तलास गरी कारवाहीको दायरामा ल्याइ पाउँ भनी वडा अध्यक्ष कनौजेले उजुरी दिएको बताए ।

गाउँपालिका प्रमुख टिकाराम पाण्डेले वडा अध्यक्ष कनौजेको यौन शक्तिमा कमी आई अनलाइन मार्फत उपचार गर्दा गोप्य अंग देखाएको र त्यसैलाई भिडियो गरी सामाजिक सञ्जाल मार्फत ब्ल्याकमेल गरेको आफुले जानकारी पाएको बताए । पाण्डेले अनलाइन मार्फत किनमेलबाट यस्ता घटना हुने भएकोले यस्ता कुराहरुबाट बच्न सबैसंग अनुरोध गरे ।

जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले ठगी विरुद्ध उजुरी परेको र अनुसन्धान भइरहेको बताए । वडा अध्यक्ष जस्तो मान्छे यस्ता कुरामा सचेत भई गोप्य अंगजस्तो कुरा भिडियो देखाउन नहुने र यौन शक्ति बढाउने हुँदा उनको प्रतिष्ठा घट्न पुगेको स्थानीयको भनाई छ ।

हामीलाई प्राप्त उक्त भिडियोमा वडा अध्यक्ष कनौजे सर्बत्र नाङ्गै छ्न् । कपडाको नाममा उनको शरिरमा जनै मात्र देखिन्छ । उता केही दिन अघि आत्महत्या गरेका मुसिकोट नगरपालिका १ का वडा अध्यक्ष मोहन घिमिरेले पनि त्यस रात वडा अध्यक्षको न्यूतम नैतिकता गुमाउदा ज्यान हालेको स्थानिय स्तरमा चर्चा गरिए पनि प्रहरीले त्यस घटनाको सत्यतथ्य बाहिर ल्याएको छैन । सार्वजनिक ओहोदामा रह्रेका ब्यक्तिहरुको जुन सुकै घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्ने सर्वसाधारण सम्मको भनाई छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ