१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी भित्र गुट राजनीतिलाई क्षमा नहुने बताएकी छन् । लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई क्षमा गर्न नसकिने बताइन । अधिवेशनको क्रममा दुई समूह बनाएर लागेका नव निर्वाचित अध्यक्ष राधाकृष्ण कंडेल र हरि रिजालको समूहलाई स्थायी गुट नराखी मिलेर अघि बढ्न निर्देशन गरेकी हुन् ।

Advertisement

एमाले लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आयोजित सपथग्रहण तथा बधाई कार्यक्रममा बोल्दै अर्यालले भनिन् -‘अधिवेशनका समयमा हामीले जे टिम निर्माण गर्यौ, यो अधिवेशनमा बनाइएको टिम सदाको स्थायी गुट नबनोस । स्थायी गुट बन्यो भने क्षम्य हुँदैन, पार्टीले हेरेर बस्दैन ।’ अधिवेशनको समयमा पार्टी नेतृत्वलाई जोडेर जुन समूह निर्माण गरिएको भएपनि ती सबै कुराहरू अब भूत बन्नु पर्ने उल्लेख गरिन् । लुम्बिनी प्रदेश अधिवेशनमा प्रजातान्त्रिक र सहमतीय विधि प्रयोग गरिएको उनले बताइन । ‘अधिवेशनमा ठूलो संख्यामा निर्विरोध भयो, ठिक्कको मात्रामा निर्वाचन भयो ।’-अरयाललेभनिन्, ‘त्यसैले हामी दुबै विधिबाट आएका छौं, अधिवेशन सफल पारेका छौं ।’

अधिवेशन सफलतापूर्वक सम्पन्न भएको दाबी गर्दै अर्यालले चुनावमा निर्वाचित तथा पराजित नेता कार्यकर्ताहरुलाई निष्कृय नहुन, कुण्ठा नबोक्न र जिम्मेवारी पूर्वक काम गर्न निर्देशन गरिन् । निर्वाचनको परिणामसँग जोडेर अन्टार-सन्टा हुनेगरी पार्टिलाई घाटा पर्ने गतिविधि नगर्न उनले कडा निर्देशन दिईन् ।

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई विभिन्न क्षेत्रले गम्भिरतापूर्वक नियालीरहेको बताउँदै उनले सम्पन्न भएसँगै सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरिन् ।  अन्य प्रदेशहरुमा समेत अधिवेशनको तयारी बीच लुम्बिनीले सकारात्मक सन्देश दिन सफल भएको उनले बताइन ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने