२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि सम्पन्न मतदानको गणना जारी रहेको छ । मध्यरातसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।  कूल १००५ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए ।

Advertisement

भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको थियो।

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी-बाँके, पूर्ण बुढामगर-रोल्पा र हिरा एसी-गुल्मी हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न