भैरहवा । पश्चिम तराईमा सन्तानको दिर्घायुको कामना सहित मनाईने पर्व तिनछठ्ठी आज मनाईदैँ छ । भैरहवा सहित यस आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवार लगायतमा ब्रतालु महिलाहरुले यो पर्व मनाई रहेका छन् ।
श्री कृष्ण जन्माष्टिमीको अघिल्लो दिन मनाईने यो पर्व विशेषतः कुशको पूजा गरि सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दहि, तिन्नीको चामल लगायत राखी महिलाहरु सामूहिक रुपमा नजिकै रहेका स्थानहरुमा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दहि, तिन्नीको चामल, महुवाको पल लगायतकै टिका लगाई प्रसाद खान दिन्छन ।
दिउँसोमा सामूहिक रुपमै बसेर बिभिन्न कथाहरु श्रवण गर्ने र तिन्नीको चामल ले पकाएको भात खाने गरेका छन् ।
प्रतिक्रिया