२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । बुटवलको कालिका पथ पछिल्लो समय होटल रेष्टुरेन्ट देखि पब–क्लबसम्मको हब भइरहेको छ। मिलनचोकदेखि भित्र तिनकुने चोक पुग्नासाथ कालिकापथमै फोर सिजन्स क्याफे बिहानै देखि जो त्यहाँ चिया, कफि , फ्रेस जुस् साथै ब्रेकफास्ट खानेहरुको चहलपहल धेरै नै हुन्छ ।

Advertisement

फोर सिजन्स कसैका लागि क्याफे, कसैका लागि पुस्तकालय त कसैका लागि ल्यापटपमा काम गर्ने ठाउँ भएको छ । ग्राहकको रूचि अनुसार खण्डहरू विभाजित छन्। क्याफे क्षेत्रमा चिया, कफि सँगै परिकार खाँदै साथीहरूसँग बस्न गफ गर्न, ल्यापटप (मोबाइलमा काम गर्न हरेक टेवलमा पावर सकेटको सुबिधा छ । जहाँ धुम्रमान निषेधित छ, धुम्रपानका लागि छुट्टै स्मोकिङ्ग जोन तोकिएको छ। यसको अलवा बर्थ डे, मिटिङ् हलको पनि ब्यवस्था छ।

यो क्याफे २ वर्ष अगाडि २५ वर्षीय सागर गिरीले खोलेका हुन । सहरी क्षेत्रमा पठन संस्कृति विकासमा मद्दत पु¥याउने उद्देश्यले यो क्याफे संचालनमा उनी बताउँछन् । ‘२ वर्ष अघि भदौ १६ गतेदेखि यो क्याफे संचालनमा आएको थियो । अहिले संचालनमा आएको २ वर्ष पुरा भएको छ ।’–उनले भने ‘सहरी क्षेत्रमा पठन संस्कृति विकासमा मद्दत पु¥याउने उद्देश्यले यो क्याफे संचालनमा ल्याएको हुँ ।’ उनले दोस्रो बार्षिकोत्सब बुटवलमा रहेको अबिनाश अनाथ आस्रमका बालबालिकाहरु सँग मनाएका छन्। सामान्य अनौपचारिक कार्यकमका बिच आस्रमका बालबालिकालाइ बिभिन्न पाठ्यपुस्तक, शैक्षिक सामग्रि, खेलकुद सामग्रि प्रदान गरि उनिहरु सँगै केक काटेर मनाए।

क्याफेका प्रारम्भिक दिनमा सागरले आफैंले पढेका किताबहरू घरबाट ल्याएर राख्ने गरेको उनी बताउँछन् । अहिले भने पाठकहरूको सुझावअनुसार कुनै किताबहरु किन्ने गरेको तर धेरै जसो किताब पाठकहरु आफैले आदान प्रदान गरेर पढ्ने गरेको बताए । कोरोनाकाल अगाडि काठमाडौंमा ट्राभल एजेन्सिमा जागिर गरिरहेका सागर, कोरोनाकै कारण जबलेस भए, कोरोना कालले सबैभन्दा छिटो प्रभावित र सबैभन्दा लामो समय सम्म प्रभाबित भयो नेपालको पर्यटन क्षेत्र, जसले गर्दा उनले गरिरहेको कामबाट निस्किनु पर्यो ।

त्यसपछि उनलाई काठमाडौं बस्न मन लागेन र आगामि कर्मथलो रोजे बुटवल, नयाँ ठाउँ, नयाँ ब्यावसायमा हात हालेका सागरलाइ यो चुनौति थियो नै त्यस माथि उनलाई नयाँ ब्यावसायमा लागेको २ महिनामै कोरोनाको दोस्रो लहर आयो र लकडाउन जारि भयो देशैभर, जसले गर्दा उनको क्याफे ४/५ महिना पुर्ण रुपमा बन्द गर्न पर्यो। उनलाइ ठुलो नोक्सानि बेहोर्नु पर्यो। त्सस पछि पनि स्थति सहज खासै बन्न सकेन, कालिकापथको सडक निर्माणको ढिला सुस्तिले धुवाँ धुलोले गर्दा चाहे अनुरुप ब्यापार गर्न गार्हो भयो।

त्यसमाथि बुटवल जस्तो ठाउँमा यस्तो नयाँ शैलिको क्याफेको अभ्यास साँच्चिकै निकै चुनौतपुर्ण थियो। तर पनि उनले यसलाइ निरन्तरता दिइरहे । यहाँको बातावरण शान्त एबं मनोरम छ । बसेर ल्यापटपमा कुनै काम गर्न वा आनन्दले बसेर किताब पढ्न सकिन्छ । एसिको हावा खाँदै मधुर धुनमा सुमधुर गितहरु सुन्दै बस्न पाइन्छ ।

क्याफेको प्रवेशद्वारबाट भित्र हेर्दा क्याफे अत्यन्तै आकर्षक देखिन्छ , भित्तामा सजाइएका आकर्षक क्यान्भासदेखि भित्तामा टाँसिएका रमाइला कोट्स अरुले पहिलो चोटि आउने जो कोहिलाई रमाइलो लाग्छ । सानो पुस्तकालय जस्तो देखिने किताबहरुले सजिएको र्याक छ । सँगै राखिएको दैनिक फरक फरक राखिने स्पेशल मेनु लेखिएको भित्ते पाटि, जहाँ हेरेर जो कोहिले आफ्नो रुचि अनुसारको खाजा अथवा चिया, कफि अर्डर गरेर आफुलाइ मन परेको पुस्तक रोजेर पढ्न सकिन्छ । नजिकै एउटा ब्रान्डेड कफी मेसिन राखिएको छ, जुन मेसिन बाट एस्प्रेस्सो, क्यापसिनो, अमेरिकानो, लाटे जस्ता कफिका परिकार बनाएर बारिष्टाले सर्भ गरिरहेका हुन्छन।

यहाँ प्राय गरि युवाहरु, विद्यार्थीहरु र विवाहित जोडी चिया कफि खान जान्छन् । क्याफेमा दैनिक १०० को संख्यामा ग्राहक आउने गरेको क्याफेका अपरेशन म्यानेजर अशोक खरालले बताए। कफि कल्चर, पुस्तक र पढाइएको फेन्सी बनाउनको लागि आफुले फोर सिजन्स क्याफे संचालनमा ल्याएको संचालक सागर बनाउँछन् ।

‘कफि कल्चर, पुस्तक र पढाइलाई फेन्सी बनाउन चाहन्छौं। पछिल्लो युवा पुस्तामा मोबाइलको बढ्दो प्रयोगले गर्दा खासै किताब, पत्रपत्रिका, उपन्यासमा रुचि हराउँदै गएकोले गर्दा हामि सक्दो युवा पुस्तामा पठन सँस्कृतिको बिकास गराउन चाहान्छौँ’ उनले भने ‘हामिले कफि कल्चर , पठन संस्कृतिको बिकास र युवाहरुमा केहि इनोभेटिभ आइडिया सेयरिङ गर्ने, नयाँ साथिहरु बनाउने, स्टार्टअपका बारेमा सोँच, व्यावसायिक अवधारणा गराउने, कुनै जब भ्याकेन्सिका जानकारि आदानप्रदान साथै युवाहरु माझ मानसिक स्वास्थ्यका कुराकानि खुलेर आदान प्रदान गर्ने र युवाहरु बिच सामाजिकिकरण गर्ने ठाउँ बनोस् भन्ने सोँचले यो खेलेको हुँ ।’

यो क्याफेको मुख्य आकर्षण भनेको नै कफि किताव र बिभिन्न स्वादिष्ट परिकार हुन् । कोल्ड कफि, बोबा टि, जुसि मस्म, चिकन प्लाटर, कर्नडग, किमा नुडल्सका लागि यो क्याफे धेरै फेमस छ। नेपालि इन्डियन देखि चाइनिज क्युजिनहरु सम्मको स्वादिस्ट परिकारहरु पाइन्छ।

यो क्याफेले रोजगारीमा कलिला कलेज पढ्ने युवा युवतिलाइ बिशेष प्राथमिकता दिएको छ जसले काम सँगै पढाइ पनि सँगै लैरहेकाछन्। ६ जना कर्मचारीलाइ रोजगारि दिइरहेको यस क्याफेमा लगभग सबै २०/२२ उमेरका छन्। सागरको यो व्याबसाय सँगै ट्रिपगाइड नेपाल नामकट्राभल एजेन्सि, एवरोड एजुकेशन कन्सल्टेन्सी पनि सन्चालानमा छन्। ट्राभल कम्पनि दुइ बर्षदेखि सन्चालनमा छ। यसका साथै उनी इम्पेरियो एजुकेशनका प्रबन्धक निर्देशक पनि हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै