१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । नेकपा एमाले लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतीमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार।विहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै एउटा पद नहुँदै केही नविग्रीने बताउँदै नेताहरुलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे । 

Advertisement

‘मेरो अन्तिम निश्कर्ष चुनावमा भरसक नजानुस । लुम्बिनीले नमुना देखाउँछ भनेर पहिल नम्बरमा राखेका हौं ।’-अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिदैन । नेतृत्वले पार्टी हित विपरित केही पनि सोच्दैन। तपाईहरु एकतावद्ध भएर जानैपर्छ । तपाईहरु पार्टीलाई के असर पर्छ भनेर सोचेर जानू पर्छ ।’ अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी ईन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्यालाई निर्देशन गर्दै ओलीले भने,-‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस, मनाउनुस ।’ प्रतिनिधिहरुलाई समेत ईन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।

अध्यक्ष ओलीले पार्टी भित्र आम रुपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौं भने मात्रै अवसरहरु प्राप्त हुन्छन् । हामी सफल हुन्छौं ।’-ओलीले भने । 
नेकपा एमाले अन्य पार्टी जस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकतावद्ध र सुदृढ हुनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता